FLASH NEWS
  • Loading...

म्याग्दीको टोड्केमा रिसोर्ट सञ्चालन

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५१६ पटक पढिएको
म्याग्दीको टोड्केमा रिसोर्ट सञ्चालन

समुद्र सतहबाट दुई हजार तीन सय मिटर उचाईमा अवस्थित रमणीय गन्तब्य टोड्के धुरीमा सुविधा सम्पन्न रिसोर्ट संञ्चालनमा आएको छ ।

टोड्के हिल रिसोर्ट प्रालिले ३ करोड लागतमा सभा हल सहितको सुविधा सम्पन्न रिसोर्ट संञ्चालनमा ल्याएको हो । रिसोर्टको स्थानीय जेष्ठ नागरिक ९० वर्षिय कमी गर्वुजाले रिभनकाटी उद्घाटन गरे । शनिवारदेखी औपचारिक संञ्चालनमा आएको रिसोर्ट सुविस्तासहित ३० र एडजस्टगरी ४५ जना, टेन्टमा २५ जनासमेत एक सय पाहुना राख्न मिल्ने क्षमताको हो ।

‘पर्यटन पूर्वाधारको सुन्य अवस्थामा रहेको टोड्केको सुन्दर भविश्य देखेपछि स्वदेश तथा विदेशमा आर्जन गरेको सीप र पुँजीलाई उपयोग गरी रिसोर्ट संञ्चालनमा ल्याएका हौं’ टोड्के हिल रिसोर्ट प्रालिका सचिव भीम शेरचनले भने, ‘आन्तरिक पर्यटकलाई लक्षित गरिएको टोड्के रिसोर्ट शहरिया काममा ब्यक्त भै मानसिक तथा सारिरिक थकानबाट रिलिफ लिने गज्जव थलो हो ।’

धौलागिरी एवं अन्नपूर्ण हिमश्रृखला दृष्यावलोकन गर्ने सकिने सदरमुकामबाट सवैभन्दा नजिकको गन्तब्य टोड्के भर्जिन हिल हो । नेपाल सरकारले दुई बर्ष अघि मात्र टोड्केलाई पर्यटकीय गन्तब्य घोषणा गरेको थियो । आँखैमा टाँसिने धौलागिरी–अन्नपूर्ण हिमश्रृखलाका १६ हिम चुचुराको राम्रो अवलोकन गर्न सकिन्छ । हिमाल दृष्यावलोकन गर्न बाहेक टोड्के धुरीबाट कालीगण्डकी, म्याग्दी र रघुगंगा नदी किनाराका फाँट, जिल्लाका ४५ वटा मध्य ३६ वडाको भुभाग देख्न सकिन्छ ।

टोड्के कुहुँको पूर्णगाउँ, वाखेत र झिं गाउँहुँदै पुग्न सकिन्छ । सवै वस्तीबाट कच्ची मोटरबाटो जोडिएको छ । बेनीबाट जीप वा निजी सवारी साधनबाट दुई घन्टामा पुग्न सकिने पर्यटकिय गन्तब्य टोड्केमा साईकलिङ्ग गर्न रुची राख्नेकालागी सदरमुकामबाट अथुङ्गे, तोरीपानी, पात्लेखेत, वाखेतहुँदै टोड्के उक्लेर एकरात बास बस्ने र पूर्णगाउँ, कुहुँ, ताराखेत, तातोपानीहुँदै झरेर बेनी फर्कने उपयुक्त छ । टोड्के हिल धौलागिरी सेन्चुरी पदमार्गको प्रवेश मार्गमा अवस्थित छ ।

‘टोड्के हिल सदरमुकाम बेनी नजिकको दुरी, छोटो समयमा यात्रागरी मनोरम दृश्यपान तथा यात्रा गर्न चाहने पर्यटकलागी उपयुक्त गन्तब्य हो’ टोड्के पर्यटन विकास समितिका अध्यक्ष बाबुराम आचार्यले भने, ‘करोडौ लगानीमा संञ्चालनमा आएको रिसोर्टबाट स्थानीय कृषकले प्रसस्त लाभ लिन सक्छन ।’

नजिकका वाखेत, झिं र पुर्णगाउँमा घरबास गर्न पनि सकिन्छ । घरबासकालागी तालिम प्राप्त स्थानियवासीले पर्यटकको खाना तथा आवासकालागी रैथाने अर्गानिक खाद्यान्नको परिकारले स्वागत गर्ने गरेका छन ।

घरबास भन्दा छुट्टै चउरमा टेन्ट राखेर बस्न रुचाउने पर्यटकालगाी पनि स्थानीयले ब्यवस्था गर्ने गरेका छन । दाउरा प्रश्स्त पाईने भएकोले ‘क्याम्प फायर’ रुचाउने पर्यटककालागी टोड्के थप उपयुक्त छ । लोकल कुखुरा वा खशीलाई क्याम्प फायरमा पोल्दै कोदोको रैथाने तीनपानीमा रुचि राख्नेकालागी टेन्ट सहित बस्न सकिन्छ ।

जिल्लाको पर्यटन विकासको ठोस योजना र कार्यक्रम नबनाएपनि स्थानीय सरकारका प्रमुत तथा प्रतिनिधी र जिल्लामा रहेका राजनैतिक दलले रिसोर्ट संञ्चालनपछि म्याग्दीमा अव पर्यटकको ओईरो लाग्ने सपना बाँडे । जिल्ला समवन्यय समितिका अध्यक्ष देवेन्द्रबहादुर केसी, बेनी नगरप्रमुख हरीकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिका प्रमुख भवबहादुर भण्डारी, मंगला गापा उपप्रमुख सृजना केसी, राजनैतिक दलबाट वीरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष वेलबहादुर कटुवाल र पत्रकार तारानाथ शर्माले रिसोर्टको सफलताको कामना सहित सपना बाँडेका थिए ।

‘बेनीबााट एक घन्टा बाईकमा उक्लेपछि टोड्के पुगिन्छ । साँझ आयो सूर्यास्तको दृश्य विहान सूर्योदयको दृश्य देख्न सकिन्छ । आँखैमा टाँसिने हिमाल सहितको यस्तो भ्यू अन्यत्र पाईन्न’ जिल्ला समवन्य समितिका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले भने, ‘शहरिया कोलाहल मुक्त सुलभ मुल्य र सहज यात्राबाट टोड्के हिल उपयुक्त छ । पर्यटन क्षेत्रमा लगानी र पर्यटक भित्राउन स्थानीय सरकारले पनि पूर्वाधार, नितीनियम समेत कृषी समेतका क्षेत्रमा सहयोग गर्नु आवश्यक छ ।’

टोड्केमा मृग, घोरल, बाँदर, चितुवा, कालिज, फत्रास लगाएतका वन्यजन्तु एवं पंक्षिहरु अवलोकन गर्न पाईन्छ । टोड्के पुग्ने पदमार्गमा पर्ने तारीपानीमा टिमुरको ब्यवसायीक खेती हेर्न सकिन्छ । टोड्केमा हिन्दुहरुको पवित्र तिर्थस्थल प्युठानको स्वर्गद्वारीको शाखा आश्रम छ । हिन्दुधर्मका विद्वानहरुले टोड्केमा बसी ध्यानतपश्या र अध्ययनगरी ज्ञान प्राप्त गर्न टोड्केमा आश्रम निर्माण गरेका हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल