- Loading...
हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
- घनश्याम खड्का
- १० महिना अघि
- ५१९ पटक पढिएको

पर्वतीय पदमार्गमा जानकालागी बाढीपहिरोको जोखिम न्यून, छोटो समयमा यात्रा गर्न र कम खर्चिलो छ, खोप्रा–खयरवराह लेक ।
अन्नपूर्ण र धौलागिरी हिमश्रृखलामा बादलुको घुम्टो उघ्रोको बेला देखिने सूर्योदय र सूर्यास्तको दृष्य, जंगल यात्रा, हिमाली ताल तलैया प्राकृतिक सुन्दरताको दृष्यावलोकन तथा जैविक विविधताको अध्ययनका उपयुक्त छ, यो पदमार्ग ।
जनैपूर्णिमाको अवसरमा गरिने हिमालफेदीका खयरवराह, प्यारीवराह, नागीवराह, ऋखारवराह, ढोरवराह समेतका सवै वराह/वराही मन्दीरहरुमा गरिने पुजा मनसुन पदयात्रकाले गज्जवको अवसर बनेका छन ।
पहाडी वस्तीभन्दा माथिल्लो र हिमाल मुनी फैलिएका घाँसे मैदानलाई लेकाली क्षेत्र भनिन्छ । हिमाली श्रृखलाको दक्षिणी भागमा पर्ने मनसुन (झरी)को मौषममा लेकाली बुकीपुलहरु असार–भदौसम्म उम्रने, बढ्ने, फर्क्रने र फुल्ने गछन । मनसुनी मौषममा फुल फुल्दा लेकाली क्षेक्र स्वर्गको टुत्रा झै अलौकिक सुन्दरता देखिन्छ । यो सिजन हिमालको काखमा जंगली फूलहरुको सौन्दर्यको मज्जा लिने उपयुक्त समय हो ।
हरियाली पहाड, तरेली परेका फाँटहरु, खेती किसानीमा ब्यस्त कृषकले घन्काउने लोकगीत, भ्यागुताको ट्वार ट्वार, बर्षे झरीमा पानीका थोपाको टप्प टप्प मधुर आवाजसँगै पर्यटकिय वस्ती छिचोल्दै लेकाली भू–भागमा पुगेपछि देखिने प्राकृतिक सुन्दरता आफैमा अलौकिक त छदै छ, मनसूनको बेला विभिन्न प्रजातिका जंगली फूलहरुले गर्दा त्यो सुन्दरता अझ निखारिएर प्रस्तुत हुन्छन ।
मनसुनी यात्राकोलागी उपयुक्त पदमार्ग गन्तब्य हो, खोप्रो–खयर पदमार्ग । खोप्राबाट अन्नपूर्ण, बराह र निलगिरी हिमाललाई नजिकैबाट देख्न सकिन्छ । धौलागिरी हिमालय रेञ्जको पानोरमा भ्यू पनि उस्तै नजिक र आकर्षक देखिन्छ । लेकाली फाँटमा परम्परादेखी खुल्ला रुपमा भिरन्तै शलीमा पालिएका भेडा, चौरी, गाईभैसी गोठहरु थप आर्कषणका विषय हुन ।
तल घोडेपानी, शिख, घार, खिवाङ्ग, दोवा, तातोपानी, दाना समेतका वस्तीको एरियल भ्यू देख्न सकिन्छ । खोप्राबाट अन्ध गल्छीको नजिकैबाट देख्न सकिन्छ । खोप्रामा परम्परागत याक तथा भेडा गोठहरु भेटिन्छन । फ्रि वाईफाई, लघुजलविधुत र अन्य सुविधा उपलब्ध छन । खोप्रामा अन्नपूर्ण चक्रिय पदमार्गका प्रख्यात गन्तब्य पुनहिल र घान्द्रुकबाट समेत जोडिएको छ ।
खोप्रामा लेकाली फुलहरु फुल्दा मनसुन ट्रेक अझ आकर्षक भएका छन । हिमाल मुनी फैलिएका लेकाली क्षेत्रमा बुकीपुल चित्ताकर्षक भै फुलेका छन । हरेक धर्म, संस्कृति र परम्पराहरुमा पनि यात्राको प्रचलन हुन्छ । धार्मिक आस्था जोडिएको अध्यात्मिक क्षेत्र पनि हो, खयर ताल यात्रा ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
