- Loading...
विकासकाे नयाँ शैली ः गोरेटोबाटा ‘पदमार्ग बन्दै’
- घनश्याम खड्का
- १ महिना अघि
- २३५ पटक पढिएको

नेपालको ग्रामिण भेगमा विकासको कथा गोरेटो बाटोबाट सुरु हुन्छ । पाईतला मात्र अट्ने साँघुरा, चिप्ला र जोखिमपूर्ण गोरेटोहरुले युगौंयुग नेपाली गाउँलेहरुलाई जोड्ने काम गरे । गोरेटाहरु केवल गाउँले हिंड्ने बाटो मात्र थिएनन, ति जीवनशैली, संस्कृति र इतिहाँस जोडिएका थिए ।
विस २०५० सालसम्मै पैदल सजिलोसँग हिंड्न मिल्ने गोरेटो वाटो राजनैतिक दलको चुनावी एजेण्डा हुन्थ्यो । अजिङ्गरभीर, नाउराभिर ०६४ सालसम्म प्रमुख राजनैतिक एजेण्डा थिए, भोट माग्ने । तर अहिले विकासको चित्र र भाष्य दुवै फेरिएको छ । घरदैलोसम्म बाहृै महिना मोटर चल्न सक्ने सडक प्राथमिकतामा परेको छ । गाउँ–गाउँमा पर्यावरण संरक्षणमा ख्यालै नराखी डोजरले पहाड भत्काएर बनाएको डोजरे सडक क्रान्तिले डाँडापाखा र भुगोललाई मात्र होईन सामाजिक संरचनालाई पनि भत्काई दिएको छ ।
मान्छेको हिंडाई सुविधाकालागी मात्र होईन गाईवस्तु वनजंगल लैजान, गोठ लैजान पनि यी गोरेटा उपयोगी थिए । तर गाउँवस्ती सम्म पुगेको ‘सडक क्रान्ति’ले स्थानीय जीवनमा पहुँच, सुविधा र ब्यापार थपेपनि ग्रामिण भेगका परम्परागत गोरेटा बाटाहरु भने नष्ट भए । जीवनलाई थप सजिलो र सुविस्ताकालागी दैलोसम्मै मोटर बाटो पुर्याउने चाहले गोरेटो न घोडेटो, चौतारी न कुवा, कुलो सवै नास्दाबढी विकासप्रेमी बने । तर फेरी विकासको नयाँ मोडेल चलेको छ । नाम फेर्ने ।
सडक पुगेपछि गोरेटो बाटोको आवश्यकता नै सकियो भन्ठानिएको थियो । त्यसो भएन । वरु घर/वस्ती–सडक जोड्न फेरी गोरेटो चाहिने भयो । त्यसैले खेतवारी, वनपाखा र बजार पुग्न पुरानै शैलीका गोरेटाहरु फेरी खन्न थालिएको छ । फरक यत्ति हो गोरेटाले नयाँ नाम पाएको छ, पदमार्ग । समयसँगै नासिएका परम्परामा खेतवारी, मेलापात, वनजंगल, विद्यालय, बजार जाने यी गोरेटाहरु धमाधम नाम फेर्दै पदमार्गमा रुपान्त्रण हुँदैछन ।
‘देशमा शासकीय स्वरुप र राजनैतिक नेतृत्व परिवर्तनसँगै छुट्टै देखिने होडबाजी चलेको छ । त्यसैले गोरेटो बाटो भन्दा नितीनिर्माता र योजना बाँड्नेहरुले बजेट नछुट्टाउने भएकोले पर्यटन क्षेत्रबाट नाम चोरेर योजनाहरुको पनी सुधारिएको नाम राख्ने चलन आएको हो’ विगत २४ बर्षदेखी साविक जिल्ला विकास समिति र हाल रघुगंगा गाउँपालिकामा सिनियर सवइन्जिनियरको रुपमा कार्यरत कमलबहादुर चोखालले भने, ‘शासकीय शैली र विकास शैली उस्तै छ, योजनाको नाम आधुनिक राख्ने नयाँ वोटलमा पुरानै रक्सी राख्ने आत्मरतीमा डुवेका छौं ।’
दशक अघिसम्म पदमार्ग भनेको पर्यटक हिंड्ने पदयात्रा मार्ग भन्ने वुझिन्थ्यो । निती निर्माता र योजनाविद्हरुले पनि सोही अनुसारका बजेट शिर्षक राखेर कार्यक्रम बनाउँथे । अहिले मान्छे मरेपछि शवको दाहृसंस्कार गर्न मसानघाट लैजाने र फर्कने बाटोको पनि नाम फेरिएर पदमार्ग बन्न थालेका छन । त्यसैको उदाहरण हुन्, म्याग्दीको रघुगंगा गाउँपालिका, २ कुनौटो र वैसरीमा बनेका ‘स्वर्ग जाने पदमार्ग’ । अझ ति पनि राजनैतिक दल अनुसार छुट्टाछुट्टै ।
‘हामी गाउँलेले खेतवारीमा जाने वाटो नै भन्छौं तर पालिकामा बजेट विनियोजन हुँदा पदमार्ग भनी किटान गरिएको हुन्छ । पहिल्यै देखी बाटोमा हिंड्ने गरेको आजभोली पदमार्गमा हिंड्दा ‘विकासे’ बाटो जस्तो, कतै कही नमिलेको झै लाग्छ’ अन्नपूर्ण गाउँपालिका, ६ घारका उपभोक्ता श्यामप्रसाद खड्काले भने, ‘घाँसदाउरा र खेतवारीमा जाने बाटोलाई पदमार्ग भन्दा अपनत्व नभए जस्तो, कतै अन्यत्र गएजस्तो महसुस हुन्छ । पुरानै नाममा मिठास र आत्मिएता थियो ।’
गोरेटो वाटोको नाम मात्र होईन, स्वरुप पनि फेरिएको छ । परम्परागत गोरेटो बाटोहरु साँघुरा, जोखिमयुक्त, चिप्ला र असहजिला थिए । नाम फेरिएपछिका पदमार्गहरु भने सकेसम्म ढलानयुक्त नभए चिटिक्क छपनी ढुङ्गा विच्छाएका सिंढी हुने गरेका छन । प्रकृतिमैत्री नभएपनि यी पदमार्ग निर्माणपछि निक्कै आर्कषक देखिएका छन । घनावस्ती भित्र त अझ ढल निकाससहित बाटा मर्मत गरिएका छन ।
स्थानीयको सम्पदा, पहिचान र सांस्कृतिक महत्व राख्ने गाउँघरमा यस्ता स–साना पदमार्ग बनाउन प्रधानमन्क्री रोजगार कार्यत्रम निक्कै प्रभावकारी देखिएको छ । चालु आर्थिक वर्ष जिल्लाका ६ वटा स्थानीय तहले संञ्चालन गर्ने करिव एक हजार योजनामध्य आधाबढी योजना यस्तै पदमार्ग निर्माण र मर्मत भैरहेका छन । यस्ता पदमार्गहरु सहरी क्षेत्रमा बढी आरसिसी गरिएका र अलि माथी ग्रामिण वस्तीमा भने ढुङ्गे छपनी राखेर सिंढी बनाउने गरिएको छ ।
सदरमुकाम रहेको बेनी नगरपालिकाले प्रधानमन्क्री रोजगार कार्यत्रम अर्न्तगत गत आर्थिक वर्षमा संञ्चालन गरेका १६ वटा योजनामध्य १२ वटा र चालु आर्थिक वर्ष २५ वटा योजना संञ्चालन रहेकोमा १० वटा योजना पदमार्ग निर्माणका छन । प्रधानमन्क्री रोजगार कार्यत्रमका मात्र हैन, संघिय, प्रदेश र स्थानीय तहका योजनाहरुमा पनि ग्रामिण बाटा मर्मत गर्न पदमार्ग शब्द दुरुपयोग हुने गरेको छ ।
‘सडकले पुस्तौं देखी मान्छे हिंड्दै आएको बाटो मासियो । त्यसैले वनपाखा, खेतवारी र घाँसदाउरा गर्न मात्र हैन गाडी चढ्न सडक पुग्ने अर्को बाटो चाहियो त्यसैले सानो बजेटमा स्थानीय जनश्रमदान मिलाएर पदमार्ग निर्माण अभियान नै चलेको छ’ अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दीवाकुमारी तिलिजाले भनिन, ‘प्रधानमन्क्री रोजगार कार्यत्रम सानो बजेटको तर जनतालाई खचक्क खड्केका साना योजना निर्माण गर्न रामवाण बनेको छ ।’
राज्य संञ्चालनका जिम्मेवारी लिएका निती निर्माता र विकासे कार्यकर्ताहरु घर/वस्ती–सडक जोड्ने परम्परागत गोरेटो बाटो बनाउन ‘ग्रामिण पदमार्ग सुधार’, ‘दीगो ट्रेल नेटवर्क’ आदी नाममा बजेट विनियोजन गर्छन । जिल्लाको अन्नपूर्ण गाउँपालिकाले त ‘घर–घरमा धारा, टोलटोलमा पदमार्ग’ अभियान नै चलाएको छ । वास्तवमा यी पदमार्ग न पूर्ण नयाँ हुन न यहाँ पर्यटककालागी बनाएका हुन । यी त परम्परागत गोरेटोका आधुनिक अवतार हुन ।
गोरेटो बाटोहरु नेपाली ग्रामिण जनजिवनका साँस्कृतिक तथा सामाजिक सम्पदा हुन । सामुदायीक सहभागितामा ढुङ्गेसिंढी भएका वातावरण मैक्री गोरेटाहरु संरक्षण आवश्यक छ । आरसिसि ढलानयुत्त सिंढी झट्ट देख्दा राम्रा झै लागेपनि यी वातावरणअनुकुलित छैनन । न परम्परागत ग्रामिण जीवनशैलीको झलक नै दिन सकेको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
