FLASH NEWS
  • Loading...

अन्नपूर्ण प्रथम आरोहणकाे ७५ वर्ष पुरा, हिरक महोत्सव मनाईदै

अन्नपूर्ण प्रथम आरोहणकाे ७५ वर्ष पुरा, हिरक महोत्सव मनाईदै

आठ हजार मिटर माथिका हिमालमा पहिलो पटक मानव पाईला परेको अन्नपूर्ण प्रथम (८०९१ मी) आरोहण भएको ७५ बर्ष पुरा भएको अवसरमा ‘अन्नपूर्ण हिरक महोत्सव’ मनाईने भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पुरा भएको अवसरमा आगामी जेठ १६–२२ गतेसम्म स्थानीय अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन वोर्ड, पर्वतारोहण संघ, एक्याप र स्थानीय पर्यटन ब्यवस्थापन समितिको आयोजनामा अन्नपूर्ण आरोहण हिरक महोत्सव गरिन लागेको हो ।
सन् १९५० जुन ३ मा फान्सेली प्रर्वतारोही मौरिस हार्गोज नेतृत्वमा लुईस लचेन र दुई जना नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । उनीहरुले म्याग्दीको दानाहुँदै मुस्ताङको घाँसाबाट पूर्व निलगिरी साउथ हिमालको फेदीबाट म्याग्दीको नारच्याङ गाउँको सिरनमा पर्ने हुमखोला, भुस्केटमेलाको परम्परागत भेडा गोठालो मार्ग पछ्याउँदै अन्नपूर्ण प्रथम हिमाल पुगेका थिए । अन्नपूर्ण प्रथम हिमालको पश्चिमोत्तर मोहडाबाट मात्र ७५ बर्षदेखी अन्नपूर्ण हिमाल प्रथम हिमाल आरोहण हुँदै आएको छ ।
हिरक जयन्तीको असवरमा अन्नपूर्ण प्रथम हिमालको उत्तरी मोहडामा रहेको बेस क्याम्पमा पहिलो आरोहीहरु मौरिस हार्गोज, लुईस लचेनल र नेपाली सहयोगी सोनामवाङ्चुक शेर्पाको शालिक प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्ने कार्यक्रम छ । शालिक अनावरणसँगै प्रथम अन्नपूर्ण आरोही मौरिस हर्जोगको परिवारले हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गर्दा प्रयोग गरेका उपकरणहरु अर्न्तराष्ट्रिय पर्वतिय संग्राहलय पोखरामा रहनेगरी हस्तान्त्रण गर्दैछ ।
त्यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङदेखी वेसक्यााम्पसम्म पदयात्रा, मौरिस हर्जोगको सम्मानमा ‘मौरिस हर्जोग पदमार्ग’ उद्घाटन, वेसक्याम्प–नारच्याङसम्म म्याराथुन दौड प्रतियोगिता र स्थानीय कलासंस्कृति प्रर्दशनी गरिन लागेको ‘अन्नपूर्ण प्रथम हिरक महोत्सव’ मुल समारोहका संयोजक तथा अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए ।
अन्नपूर्ण प्रथम हिमालको उत्तरीमोहडामा पर्ने वेसक्याम्पमा अनावरण गरिएका तामा र पित्तल मिश्रित ४० किलोग्राम तौल भएका अर्धकदको शालिकहरु भने अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङबासीले चन्दा उठाई बनाएको अन्नपूर्ण प्रथम हिमालको आरोहण मार्ग पहिचान र प्रर्वद्धनमा जुटेका अभियन्ता तेजबहादुर गुरुङले बताए ।
अन्नपूर्ण प्रथम हिमालको नर्थ वेस क्याम्प निलगिरी साउथको पनि साझा वेस क्याम्प हो । अन्नपूर्ण नर्थ वेस क्याम्पमा पञ्चकुण्ड हिमताल छ । सोही तालबाट बग्ने मिस्त्रीखोलामा निर्माणाधिन जलविधुत आयोजनाले हुमखोलासम्म मोटरबाटो पुर्‍याएपछि परम्परागत गोठाला बाटोको आरोहण मार्ग अहिले भने छोटो र सहज भएको छ ।
‘पर्यटन र पर्यटकको अभिलेख राख्ने पर्यटन विभागले त्रुटीपूर्ण आधारमा अन्नपूर्ण प्रथम हिमाल अन्यत्र तोकेको कारण ८ हजार मिटर अग्ला पर्वतारोहण इतिहाँसमा जेठो हिमाल अन्नपूर्ण प्रथम हिमाल अवस्थित स्थानीय तहले पर्वतारोहण रोयल्टीबाट बन्चित भएका छौं’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष एवं हिरक महोत्सव आयोजक समितिका संयोजक पुनले भने, ‘हामीले पर्यटन रोयल्टीमा दावी मात्र गरेका हैनौं । पर्वतारोहणको इतिहाँस बोकेको मौरिस हर्जोग पदमार्गको पहिचान र प्रर्यटन विभागमा रहेको त्रुटीपूर्ण अभिलेख सच्याउन चाहेका हौं । राज्यले सही सूचना दिनु पर्छ । अहिले गलत भैरहेको छ ।’
पोखराबाट ७६ किलोमिटर गाडीमा बेनी र बेनी–जोमसोम सडकको २४ माथी नारच्याङ वेंशी (१३३० मी) पुगिन्छ । नारच्याङबाट हुमखोला दोभान (२८८३ मी) सम्म दुई घन्टामा गाडीमा जान सकिन्छ । हुमखोलासम्म त्यहाँ निर्माणाधिन निलगिरी पहिलो र दोस्रो जलविधुत आयोजनाले कच्ची ट्रयाक खोलेका हुन । हाईडोले पदमार्गमा ट्रयाक खोलेको कारण नारच्याङ–हुमखोला २२ किमीमा पदमार्ग नासिएको छ । तातोपानी वा नारच्याङमा वास बसेर विहान गाडीमा जाँदा छोटेपा भन्ने स्थानमा सानो टि हाउस छ । यहीं खाना खाई गाडीमा १५ मिनेट माथी हुमखोलासम्म पुग्न सकिन्छ ।
हुमखोलाबाट अहिलेको पदयात्रा सुरु हुन्छ । ४ घन्टा हिंडेपछि भुस्केटमेला (३६५९मी) पुग्न सकिन्छ । भुस्केटमेला पुग्न नसक्ने यात्रुले विच–विचमा बनेका आश्रय घरमा पनि वास बस्न सक्छन । पदमार्ग हराउने र असजिलो छैन । तर केही स्थानमा झोलुङ्गे जीर्ण छन, बाढीले पदमार्ग विगारेको छ । हरेक एक घन्टाको विचमा आश्रय घर थप्नु पर्ने देखिन्छ । भुस्केटमेलाबाट अर्को दिन ४–५ घन्टामा वेस क्याम्प सजिलै पुग्न सकिन्छ ।
अन्नपूर्ण हिमश्रखलाका अन्नपूर्ण साउथ प्रथम, दोस्रो, तेस्रो, चौथो र सहित निलगिरी साउथ, तिलिचो पीक, बराह शिखरसमेत १४ वटा हिमाल पर्छन । अन्नपूर्ण साउथ र प्रथम चुचुरो म्याग्दीमा र दोस्रो, तेस्रो र चौंथो चुचुरो भने कास्किमा पर्छ । माछापुच्छ्रे हिमालको पूर्वमा पर्ने अन्नपूर्ण हिमालाको तेस्रो र चौंथो चुचुरोको फेदीलाई अन्नपूर्ण वेस क्याम्पको रुपमा बढी चर्चित छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल