- Loading...
कुकुरको भरमा दरवार

- घनश्याम खड्का
- १ साल अघि
- ११३२ पटक पढिएको
माटोको शहर लोमन्थाङ्गको मुख्य आर्कषण मध्यएको एक हो, लोमन्थाङ दरवार । पाँच तले लोमन्थाङ दरवारलाई ०७२ सालको भुकम्पले क्षति पुर्याएकोले त्यसपछि प्रयोगहीन छ । र एतिहाँसिक तथा प्राचिन पुरातात्वीक महत्व राख्ने लोमन्थाङ दरवार भने एउटा भोटे कुकुरले रुघ्दै आएको छ ।

लोमन्थाङ दरवार प्रवेश गर्ने मुल गेटको दोस्रो तल्लामा ठूलो र ज्याङ्गो शरिर भएको कालो कुकुर छोडिएको छ । कुकुरलाई रेखवाल गर्ने ब्यक्तिले विहान र बेलुका खोले र दानापानी दिने गरेका छन ।
‘दरवारमा अहिले कोही पनि वस्दैन । यही कुकुरले सिङ्गो दरवारको रखवाली गर्छ’ स्थानीय छिमीढिकी गुरुङले भनिन, ‘मुख्य गेटमा चापी लगाएको छ । दोस्रो तल्लाको भर्याङ देखी वरण्डासम्म कुकुर खुल्ला छोडिन्छ । हेरालुले विहान बेलुका कुकरलाई स्याहर गर्ने गर्छन ।’
दरवारको भोगचलन गर्दै आएका जिग्मे सिङ्मे परवल विष्ट अहिले माटोको पर्खालले घेरिएको लोमन्थाङको खास वस्ती भन्दा बाहिर पर्यटन रिसोर्ट संञ्चालन गरी बसेका छन । अम पालले ईस्वी सम्बत १४४० मा लोमन्थाङ्ग दरवार निर्माण गरेको मानिन्छ ।
लोमन्थाङ उपत्यकाको प्रबेशद्धार संगै पूर्वमोहडा फर्काएर बनाईएको यस दरवारको छाना तिब्बती शैलीको मुण्डे छ । दरवारको छानाको वरपर तीन फिट अग्लो थप न्यग्यव (पर्खाल) लगाईएको छ । र पर्खालको माथिल्लो भागमा कालो र तल्लो भागमा कमेरो पोतिएको छ । न्य ग्यव बनाएर कालो पोत्नुलाई राजकीय चिन्ह मानिन्छ । राजदरवार र शासक (कुठाग्पा) हरुको घरमा मात्र न्य ग्यव बनाएर कालो रङ्ग पोत्ने चलन छ ।
सन् १९०३ मा जापानका भिक्षु ईकाई कावागुची पोखराबाट म्याग्दीको घोडेपानी–तातोपानीहुँदै तिब्बत पसेपछि मात्र लोमन्थाङमा पर्यटकको आँखा पर्न थालेको मानिन्छ ।
लोमन्थाङ क्षेत्रमा ऐतिहासिक महत्वका राजदरवारहरु छन् । यी राजदरवार मध्य लो मन्थाङ दरवार, चराङ दरवार र घमी दरवार महत्वपूर्ण छन् । त्यसो त अन्य गाउंहरुमा पनि राजदरवारहरु छन् । ति प्राय: भत्किएर नष्ट हुदै गएका छन् ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






























