FLASH NEWS
  • Loading...

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • ४२९ पटक पढिएको
फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

बेनी नगरपालिका, १ रत्नेचौरमा फोटो, भिडियो र टिकटक बनाउन आन्तरिक पर्यटकहरुको भीड लाग्न थालेको छ ।
अंग्रेजी अक्षर ‘भि’ आकारको रत्नेचौरमा कालोपत्रे सडक, फराकिलो फाँट र हिमालसँग एकसाथ देखिने मनमोहक दृष्यमा सेल्फि र टिकटक खिच्न आन्तरिक पर्यटकको घुईचो लाग्न थालेको हो । समुद्र सतहदेखी ७ सय ९२ मिटर उचाईमा अवस्थित रत्नेचौर जिल्लाको सवैभन्दा तल्लो क्षेत्रको, सवैभन्दा ठुलो र समथर हो ।

पृष्ठभुमीमा धौलागिरी हिमाल, दायाँवायाँ पहेंलपुर तोरीवारी चिरेर बनेको कालो पीच सडकमा सेल्फि खिच्दै गरेकी मुना कार्कीले भनिन, ‘सँधै बेनीको खाल्डोमा बसेको छेवैमा यति सुन्दर ठाउँ रहेछ ।’

मुना जस्ता तन्नेरी पुस्ता मात्र होईन, फेसवुक र टिकटकमा भिडियो अपलोड गर्न रुचाउनेहरु दैनिक कम्तीमा ५०–६० जनाबढी रत्नेचौर पुग्ने गर्छन ।
‘धानपाक्ने र तोरीफुल्ने सिजन अनुसार बेनी–बाग्लुङ सडकममा ओहोर–दोहोर गर्नेहरु रत्नेचौरको फाँट छिरेर फोटो, भिडियो खिच्ने र सामाजिक संञ्जालमा राख्ने, फोटो, भिडियोग्राफि गर्नेहरु धेरै आउने गरेका छन’ स्थानीय सुजन थापाले भने, ‘रत्नेचौरमा तन्नेरी पुस्ताको आर्कषण देखेपछि लाखौं खर्चेर रेष्टुरेन्ट खुल्न थालेका छन ।’
रत्नेचौर म्याग्दी र बाग्लुङका सदरमुकाम बेनी तथा बाग्लुङ्गबाट नजिक पर्ने भएकोले रत्नेचौरमा फोटो खिच्न प्रायः युवा पुस्ता मोटरसाईकल, स्कुटरमा चढेर पुग्छन । फाट्टफुट्ट निजी गाडीमा पनि आउँछन ।

समुद्र सतहदेखी ७ सय ९२ मिटर उचाईमा अवस्थित रत्नेचौर जिल्लाको सवैभन्दा तल्लो क्षेत्रको वस्ती जिल्लाको सवैभन्दा ठुलो र समथर हो । धान, मकै, गहुँ समेतका अन्नवाली राम्रो उत्पादन हुने भएकोले रत्नेचौरुलाई रत्नेचौरलाई अन्नभण्डार पनि भनिन्छ ।

विस १७५० तिर पर्वते राजा मलेवम मल्लले ज्यामरुककोट गौडा दरवारमा रहेका भर्तिवम मल्ललाई हत्या गरे । भर्तिवमको हत्या गरेपछि उनका सहयोगीहरु महत, बोगटी, रावल, थापा मगर, खत्री ज्यामरुककोटको पुछारमा रहेको वयरघारीमा बसेका हुन । यस क्षेत्रमा रत्नेचौरबाहेक महत, बोगटी र रावल थरका मान्छेहरुको बसोबास नभएकोले उनीहरु जुम्लाबाट आएका ठानिन्छ ।
रत्नेचौरका प्रायः वस्ती बोगटीथर, रावल थर, महतथर, खत्रीथर, थापाथर, भण्डारीथर, मगरथर, धिमालथर, घर्तीथर, पोखरीथर जस्ता जातिय थरको आधारमा बाँडिएर बसेका छन । विचमा भने खेती गरिन्छ । रत्नेचौरको उपल्लोचौरमा थापा मगरको मात्र वस्ती छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल