FLASH NEWS
  • Loading...

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

सामाजिक अभियन्ता महाविर पुनले परिकल्पना गरे अनुसार स्थानीय समुदायीक सहभागितामा प्रर्वद्धन गरिएको ‘अन्नपूर्ण–धौलागिरी सामुदायीक पर्यापदमार्ग’ प्रि–मनसुन याममा रंगिन फुलहरुले रंगिन भएको हो ।

परम्परागत गोरेटो र गोठालो बाटो मर्मत, सुधार र ब्यवस्थित गरी संञ्चालन गरिएको पदमार्ग प्रकृति, संस्कृिित र सामुदायीक सहभागिता सहित दिगो पर्यटनको अभ्यास हेर्ने नमुना मार्ग हो । हिमालको काखमा अवस्थित पदमार्ग केवल हिमालको सौन्दर्य अवलोकन गर्ने र साँस्कृतिक सम्पदा वस्तीसँगै अर्न्तक्रिया गर्दै यात्रा गर्न पाईन्छ ।

तल्लो वस्ती क्षेत्रका पदमार्गमा हिंड्दै बाटैबाट एसेलु, काफल र चुत्रो टिप्दै खाँदै हिड्दा रोमान्ञ्चक महसुस हुन्छ । प्राकृतिक सौन्दर्य, साँस्कृतिक तथा जातिय वस्ती विविधताको एकसाथ आत्मअनुभूति गर्न सकिने पर्यापदमार्गको प्रमुख गन्तब्य महरेडाँडा (३३०० मी) वरपरको जंगल प्याजी, रातो, र गुलाफी रँगका गुराँसका फुल, पहँलै भएको नार्को फुल, सेताम्मे कोप्रे फुलले ढकमक्क ढाकेको छ । महरेडाँडाबाट ३६० डिग्रीमा फनक्क घुमेको धौलागिरीी, निलगिरी, अन्नपूर्ण र मनास्लु हिमश्रृखला अर्न्तगतका दर्जनबढी हिमालको दृश्यपान गर्न सकिन्छ । मौसम सफा रहेको बेला राती पोखरा उपत्यकाको रंगिन दृष्य उस्तै रोमान्चक देखिन्छ ।

भुईभरी सेता, पहेंला र अन्य रङ्गका भुईफुलको कार्पेटमा हिंड्दै छुट्टै अनुभुति हुन्छ । भर्खर उम्रदै गरेका जर्वुटो निगालाको झाडी, ढकायो, खिरौंला सागले ढपक्क ढाकेको पाखा र किल्टीङ किल्टीङ घाँडो बजाउँदै हरियो चौरमा चरिरहेका गाईभैसीको बथाने यात्रा थप रोचक बनाउँछ । भुईबाट ल्यापल्याप आउने जुकालाई जोगाउँदा जोगाउँदै हुने ‘रक्तदान’ले यात्रालाई अविस्मरणीय बनाउँछ ।

म्याग्दी सदरमुकाम बेनीबाट पूर्वोत्तर पर्वतको मल्लाज, बाँसखर्क, डाँडडाकटेरीहुँदै म्याग्दीको नागी, राम्चेआलडाँडा, महरे, फुवारी, भल्खरा, प्यारीवराहहुँदै अर्न्नपूर्ण सर्किटको उत्कृष्ट गन्तब्य पुनहिल जोडिँदा धेरै मगर, क्षत्री, ब्रामण र दलित समुदायको तरेली परेको वस्तीी, उस्तै साँस्कृतिक विविधता देख्न पाईन्छ ।

प्रि–मनुसुन सिजन वा मनसुन सिजनको पनि सुरुवाती दिनमा धेरै वर्षा भैनसकेको, बाढीपहिरोको जोखिम नबढ्दै विपद सुरक्षित समय पििन हो । हिमालमुनीका उच्च क्षेत्रको यात्रा वेंशी वा सहरबासीकालागी उर्खरमाउलो गर्मी छल्ने ‘हिलस्टेसन’ यात्रा रोमान्ञ्चक हुन सक्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र