- Loading...
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण
- घनश्याम खड्का
- १ महिना अघि
- २८५ पटक पढिएको

अन्नपूर्ण प्रथम (८०९१ मी) आधार शिविरमा पहिलो पटक आरोहण गर्ने फ्रान्सेली तथा नेपाली पर्वतारोहीहरुको शालिक अनावरण गरिएको छ ।
संसारका आठ हजार मिटर माथिका हिमालमा पहिलो पटक मानव पाईला परेको ३ जुनमा ७५ बर्ष पुरा भएको अवसरमा अन्नपूर्ण प्रथम हिमालको वेस क्याम्पमा स्थापित प्रथम आरोहीहरु मौरिस हर्जोग, लुईस लचेनल र अन्नपूर्ण प्रथम आरोहण गर्ने पहिलो नेपाली सोनाम वाङ्देल शेर्पाको अर्धकदको शालिकको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधीको रुपमा प्रतिनिधी उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्वुजा, हिरक जयन्ती मुल अायाेजक स्थानीय गाउँपालिका अध्यक्ष भारतकुमार पुन, फ्रान्सेली राजदुत भर्जिनी कोर्तेवाल, नेपाल उद्योग वाणिज्य महाँसघका अध्यक्ष चन्द्र ढकाल र स्थानीय अभियन्ता तेजबहादुर गुरुङसमेत अनावरण गरेका थिए ।
शालिकको प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्ने कार्यक्रम रहेपनि खराव मौषमको कारण हेलिकोप्टर वेस क्याम्प पुग्न नसकेपछि प्रम ओली हिमाल अवस्थित नारच्याङ गाउँमा आयोजित अन्नपूर्ण हिरक महोत्सव समारोहमा पुगी प्रथम आरोही मौरिस हर्जोगको सम्मानमा प्रर्वद्धन गरिएको ‘मौरिस हर्जोग’ पदमार्गको उद्घाटन गरी फर्केका थिए ।
आधार शिविरमा स्थापित बाबुको शालिक अनावरण गर्न भनी गएका प्रथम आरोही मौसिस हर्जोगका छोरा म्याथिस हर्जोग (ःबतजष्बक ज्भचशयन)र नाती इथन हर्जोगपनि हिमपात र खराव मौषमको कारण वेस क्याम्पसम्म उक्लन नसकेपछि २ सय मिटर तल पञ्चकुण्ड तालबाट फर्केका थिए । बाबुको शालिकमा पुष्पगुच्छा चढाउन नपाएपनि म्याथिसले अन्नपूर्ण प्रथम हिमालबाट झर्ने हिमनदीबाट बनेको पञ्चकुण्ड तालमा शास्त्रिय संगितसहित ‘ॐ अन्नपूर्णय नमः’ बाबुको आत्मशान्तीको कामना गरेका थिए ।
‘खराव मौषमको कारण प्रधानमन्त्री वेस क्याम्पमा पुगेर संसारका ८ हजार मिटर भन्दा अग्ला हिमालहरु मध्य पहिलो पटक अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने आरोहीहरुको शालिक अनावरण गर्न सक्नु भएन तर नारच्याङ गाउँमा आयोजित हिरक महोत्सवको मुल समारोहमा पुगेर मौरिस हर्जोग’ पदमार्ग उद्घाटन गर्नु भएको छ’ अन्नपूर्ण प्रथम हिमाल पुग्ने पदमार्ग पहिचान र प्रर्वद्धन गर्न जुटेका अगुवा तेजबहादुर गुरुङले भने, ‘हिमपात र श्वास्थको कारण मौरिस हर्जोगका छोरा आफैले पनि वेसक्याम्प नजिकै पुगेर पनि शालिक अनावरण गर्न पाउनु भएन ।’
समुद्र सतहदेखी ४ हजार एक सय ९० मिटर उचाईमा अवस्थित अन्नपूर्ण प्रथम वेसक्याम्पमा अनावरण गरिएका तामा र पित्तल मिश्रित ४० किलोग्राम तौल भएका अर्धकदको शालिकहरु भने अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङबासीले चन्दा उठाई बनाएका हुन ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पुरा भएको अवसरमा जेठ १६–२२ गतेसम्म स्थानीय अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन वोर्ड, पर्वतारोहण संघ, एक्याप र स्थानीय पर्यटन ब्यवस्थापन समितिको आयोजनामा अन्नपूर्ण आरोहण हिरक महोत्सव कार्यक्रम भैरहेको छ ।
अन्नपूर्ण आरोहण हिरक महोत्सवलाइ सम्बोधन गर्न पुगेका प्रम ओलीले मौरिस हर्जोगको टोलीले ७५ बर्ष अघि अन्नपूर्ण हिमाल आरोहण गरेपछि नेपालको पर्वतारोहण संभावनाको ढोका खोलिदिएको उल्लेख गर्दै भने, ‘मौरिसले अन्नपूर्ण चढेर मात्र हैन उनले लेखेको ‘दी अन्नपूर्ण’ पुस्तकले नेपाल र नेपालका हिमाललाई विश्वमा चिनाउन योगदान गरेको छ ।’ प्रम ओलीले सोही अवसरमा फ्रान्सेली दुतावसले प्रकाशन गरेको हर्जोगद्धारा लिखित ‘दी अन्नपूर्ण’ पुस्तकको नेपाली संस्करण सार्वजनिक गरेका थिए ।
सन् १९५० जुन ३ मा फान्सेली प्रर्वतारोही मौरिस हार्गोज नेतृत्वमा लुईस लचेन र दुई जना नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । उनीहरुले म्याग्दीको दानाहुँदै मुस्ताङको घाँसाबाट पूर्व निलगिरी साउथ हिमालको फेदीबाट म्याग्दीको नारच्याङ गाउँको सिरनमा पर्ने हुमखोला, भुस्केटमेलाको परम्परागत भेडा गोठालो मार्ग पछ्याउँदै अन्नपूर्ण प्रथम हिमाल पुगेका थिए । अन्नपूर्ण प्रथम हिमालको पश्चिमोत्तर मोहडाबाट मात्र ७५ बर्षदेखी अन्नपूर्ण हिमाल प्रथम हिमाल आरोहण हुँदै आएको छ ।
प्रथम अन्नपूर्ण आरोही मौरिस हर्जोगका छोरासमेत परिवारले हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गर्दा प्रयोग गरेका उपकरणहरु अर्न्तराष्ट्रिय पर्वतिय संग्राहलय पोखरामा रहनेगरी आज हस्तान्त्रण गर्दैछ ।
‘अन्नपूर्ण प्रथम हिरक महोत्सव’ मुल समारोहका संयोजक तथा अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार हिरक महोत्सवको अवसरमा अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङदेखी वेसक्यााम्पसम्म पदयात्रा, मौरिस हर्जोगको सम्मानमा ‘मौरिस हर्जोग पदमार्ग’ उद्घाटन, वेसक्याम्प–नारच्याङसम्म म्याराथुन दौड प्रतियोगिता र स्थानीय कलासंस्कृति प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ ।
अन्नपूर्ण प्रथम हिमालको नर्थ वेस क्याम्प निलगिरी साउथको पनि साझा वेस क्याम्प हो । अन्नपूर्ण नर्थ वेस क्याम्पमा पञ्चकुण्ड हिमताल छ । सोही तालबाट बग्ने मिस्त्रीखोलामा निर्माणाधिन जलविधुत आयोजनाले हुमखोलासम्म मोटरबाटो पुर्याएपछि परम्परागत गोठाला बाटोको आरोहण मार्ग अहिले भने छोटो र सहज भएको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
