FLASH NEWS
  • Loading...

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण गरेका फान्सेली पर्वतारोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोगले आफ्नो ‘अन्नपूर्ण साँङ्गेतीक समुह’ सहित अन्नपूर्ण हिमाल जरोमा पुगेर स्वंर्गिय बुवाको स्मृतिमा ‘ॐ अन्नपूर्णाय नम ः ’ अध्यात्मिक संगित अर्पण गरेका छन ।
हिमपात र खराव मौषम र श्वास्थ्य अवस्थाको कारण आधार शिविरमा स्थापित बाबुको शालिकमा पुष्पगुच्छा चढाउन नपाएका मौसिस हर्जोगका छोरा म्याथियास हर्जोग करिव एक सय मिटर तल अन्नपूर्ण प्रथम हिमालबाट झर्ने हिमनदीबाट बनेको पञ्चकुण्ड तालमा बावुको अनुहार हेर्दै किनारामा शास्त्रिय संगितसहित ‘ॐ अन्नपूर्णय नमः’ गाएर बाबुको आत्मशान्तीको कामना गरेका थिए ।

अन्नपूर्ण हिमाल आरोहणपछि मौरिस हर्जोगमा आध्यात्मिक भावना जागृत भएको थियो । हर्जोगले घर फर्केपछि हिन्दु, बौद्ध र इसाई धार्मिक दर्शन गहिरो अध्ययन गर्दै योग र आध्यात्मिक यात्रामा लागेका थिए ।
हर्जोगले विना अक्सिजन, विना आधुनिक उपकरण अभावमै अन्नपूर्ण हिमालको आरोहणबाट दिब्य अनुभूति प्राप्त गरेको परिवारमा सुनाउने गरेको बावुको आत्म शान्तिकालागी अन्नपूर्ण हिमाल फेदीमा साँगेतिक कार्यक्रम गर्न पुगेका छोरा माथियास हर्जोगले उस बेला बावुले भनेको सम्झे, ‘शिखरमा पुगेपछि प्रेमको यस्तो अनुभुति गरें, जुन शब्दले बयान गर्न सकिँदैन । त्यो क्षणले मेरो जीवनको खालीपन भरिदियो ।’

अन्नपूर्ण आरोहणगरी फर्केपछि जन्मिएका छोरा माथियासलाई मौरिसले जीवनको उत्तरार्धमा भनेका थिए रे, ‘मानिसको जीवनमा अरु अन्नपूर्णहरु पनि छन । अनि हिमाल बाहिर मात्र होईन भित्र पनि चढ्नु पर्छ ।’ हिमाल चढ्नु चन्द्रमामा उक्लिनु सरह रहेको उस वेला बुबाको यही वाक्यबाट प्रेरित भएपछि माथियास पनि अध्यात्मीक संगतमा लागेका हुन । गलामा वोधिचित्तको माला पहिरिएका माथिएस ध्यान, योग र ॐ भक्ति संगितमा लीन छन ।

‘मलाई मेरा बुवाको स्मृति र उहाँका आध्यात्मिक अर्तिहरुका ताजा स्मरणले यहाँ (अन्नपूर्ण वेस क्याम्प)सम्म ल्याएको हो । अन्नपूर्णको फेदीको यो कन्चन जलले भरिएको तालमा बुबाको अनुहार हेर्न पाएँ’ नारच्याङदेखी वेसक्याम्पसम्मको दुई दिने पदयात्राभर फिस्स हाँस्ने तर हत्तपत्त नवोल्ने माथिएस हर्जोले थप खुल्न चाहेनन ।
संसारमा ८ हजार मिटर अग्ला हिमालहरु मध्य पहिलो पटक आरोहण भएको ‘जेठो हिमाल’ अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा मानव पाईला परेको ७५ औं वर्ष पुगेको अवसरमा आयोजित ’अन्नपूर्ण हिरक महोत्सव’ अवसर पारेर माथिएस हर्जोग, प्रेमिका तथा मौरिसका नाती नाती इथन हर्जोग सहित फान्सेली साँगेतिक समुह, पत्रकार र आरोहीहरुकाो टोली जेठ १९ गते अन्नपूर्ण आधार शिविर पुगेको हो ।

सन् १९५० जुन ३ तारिकमा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग र लुइस ल्याचेनलले अन्नपूर्ण प्रथम (८०९१ मी.) विना अक्सिजन आरोहण गरेका थिए । मौरिसको सन् २०१२ मा ९३ वर्षको उमेरमा मृत्यु भैसकेको छ । अन्नपूर्ण आरोहणगरी फर्केपछि १२ पटकसम्म हेलिकोप्टरमा अन्नपूर्ण हिमालमा आएका मौरिस पछिल्लो पटक सन् २०१० सालमा अन्नपूर्ण वेस क्याम्प पुगेपछि वेस क्याम्पबाट निक्लने खोला मिस्टीखोला पछ्याउँदै सवैभन्दा नजिकको वस्ती नारच्याङमा ओर्लेका थिए । उनै मौसिरको प्रेरणाबाट हालको मौरिस हर्जोग ट्रेल खोलिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%१%
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र