- Loading...
कोरला अध्यागमन कार्यालय संञ्चालनमा, कोरला नाकाहुँदै कैलाश मानसरोवर यात्रा सुरु

- घनश्याम खड्का
- ४ हप्ता अघि
- १३९ पटक पढिएको
लोमन्थाङ गाउँपालिका, १ नेचुङमा पर्ने नेपाल–चीन विचको २४ नम्बरको सीमास्तम्भ रहेको फराकिलो पठार कोरला नाकामा स्थापित अध्यागमन कार्यालयबाट औपचारिक रुपमा सेवा सुरु भएको छ ।
कोरलामा अध्यागमन कार्यालय स्थापना भएको एक बर्षपछि शनिवार विहान सीमावर्ती लोमन्थाङ र लोघेकरदामोदरकुण्ड गाउँपालिका अध्यक्ष, उपाध्यक्षसमेत १३ जना नेपाली कोरला अध्यागमनबाट सामान्य पासपोर्टमा चिनियाँ भिसा लिएर ल्हासाहुँदै मानसरोवर यात्रामा निक्लेको हो ।
कोरला नाका तिब्बतको ढोङ्वासेनहुँदै सिगात्सेवाट आएको ‘चाईना नेसनल हाईवे २१९’ सँग जोडिएको छ । कोरला भन्सार कार्यालयको ०८१ कात्तिक १४ गते तत्कालिन गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेपनि सेवा सुचारु हुन सकेको थिएन ।
लोमन्थाङ गाउँपालिका अध्यक्ष टशीनर्वु गूरुङले कोरला भन्सार प्रयोगगरी ल्हासा र मानसरोवर पुग्ने पर्यटन मार्ग प्रर्वद्धन गर्ने, सांस्कृतिक सम्बन्ध स्थापित गर्ने, र आर्थिक सम्वृद्धिको नयाँ आयाम खोज्ने उद्देश्यले निजी खर्चमा ल्हासा–कैलास मानसरोवर यात्रामा निक्लेको बताए । नेपाली टोलीलाई यात्राकालागी चिनियाँ सहायक जिल्ला अधिकारीको समन्वय गरिरहेको पनि अध्यक्ष गुरुङले बताए ।
विदेशी पर्यटककालागी अर्धनिषेधित उपल्लो मुस्ताङको कोरना नाकामा नेपाली पर्यटकको भीड देखेपछि कैलाशमानसरोवर पुग्ने पर्यटन मार्ग संञ्चालन गराउन तिब्बती सरकारसमेत इच्छिुक रहेको देखिएको छ । अहिले विदेशी पर्यटकलाई उपल्लो मुस्ताङ घुम्न १५ दिनको ५ सय डलर शुल्क तोकिएको छ ।
कोरला नाकाबाट गत भदौ २२ गतेबाट औपचारिक रुपमा भन्सार पनि संञ्चालनमा आएको थियो । लोमन्थाङ गाउँपालिका, २ छोसेर स्थित नेचुङ भन्सार कार्यालयमा अटोमेटिक सिस्टम अफ कस्टम डाटा (आयुडा) प्रणाली जडान भएसँगै भन्सार सञ्चालन भएको दुई महिनामै ३ अर्व बढी राजश्व संकलन भएको छ ।
नेपाल–चीन विच ०७५ सालमा हस्ताक्षर भएको पारवहन तथा यातायात सम्झौताको प्रोक्टोकल अनुसार तीन सुख्खा बन्दरगाहसम्म आवत–जावत गर्ने मध्यको कोरला नाकामा पनि एक हो । चिनियाँ अध्यागमन कार्यालयको आमने–सामने निर्मित प्रिफ्याव प्रविधीको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना भएको हो । सीमापार चीनले भने सूचानाप्रविधी जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाईन, आवस, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेरन पाकिङ्ग र सुरक्षा पूर्वाधार खडा गरि सकेको छ ।
कोरोला नाकामा अहिले स्न १९८१ को नेपाल–चीनबीचको ब्यापार सम्झौता अनुसार सीमाबाट मुस्ताङका लोमन्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकावासीले सीमा वारपार गरी सामान किनवेच गर्दै आएका छन । नेपाली अध्यागमन स्थापना भएपछि सवै नेपालीले पास लिएर कोरला सीमा वारपार गर्न पाउने छन ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























