- Loading...
गलेश्वरधाममा वालाचर्तुदशी मेला तयारी पुरा

- घनश्याम खड्का
- २ महिना अघि
- १३१० पटक पढिएको
बेनी नगरपालिका, ३ गलेश्वरधाम स्थित गलेश्वरमन्दीरमा वालाचर्तुदशीको अवसरमा मंसिर ३ गते लाग्ने सतविज छर्ने मेलाको तयारी तिब्र पारिएको गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।
नेपालकै प्रसिद्ध तिर्थस्थलमध्यको एक म्याग्दीको गलेश्वरधाममा वालाचर्तुदशीको दिनमा हजारौं भक्तजनले हिन्दु धार्मिक विश्वास अनुसार सतविज छर्न जिल्लाबाहेक बाग्लुङ्ग, मुस्ताङ्ग, पर्वत, कास्कीपोखरा, तनहुंबाट समेत ठुलो संख्यामा भक्तजन आाउने गरेका छन ।
भक्तजनले गलेश्वर मन्दीरमा तामा, पित्तल लगाएत धातुका वसाह चढाउन बाजागाजा र भजनकिर्तनसहित अघिल्लो दिननै मन्दीर आईपुग्छन ।
मुक्तिद्वारको रुपमा परिचित कालीगण्डकी नदी किनाराका चार प्रमुख तीर्थस्थल मध्यको एक गलेश्वरमा बिहानै देखी कालीगण्डकी नदीमा नुहाएर सेलेस्मान्तक वन, गलेश्वर मन्दिर क्षेत्रमा सतबिज छर्ने चलन छ ।
स्कन्दपुराणमा सतीदेवीको मृत्यु पश्चात उनको मृत शरीर लिएर शिव कालीगण्डकी नदी किनारै किनार कैलाश पर्वंत तर्फ हिंडिरहेका बेलामा सतीदेवीको गलापतन भै त्यहाँ गलेश्वर महादेव उत्पन्न भएको उल्लेख छ ।
गलेश्वरधाम नेपालकै एक प्रसिद्ध तिर्थ मध्यको एक धाम हो । गलेश्वर मन्दीरको मुख्य आर्कषण ज्योर्तिलिङ्ग हो । उक्त शिव लिंङ्ग गरेको गलेश्वर मन्दीर एउटै विशाल ढुङ्गामाथी रहेको छ । गलेश्वर मन्दिर परिसर भित्रै चट्टान वीच लाम्चो आकार परेको एक जल कुण्ड छ । ढुङ्गाको विचमा स्वनिर्मित तलाउको पानी हिउँद/बर्खा एक नास रहनु नै हो ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य


































