- Loading...
अर्धनिषेधित उपल्लो मुस्ताङको छुआमा पीकमा पहिलो सफल आरोहण

- घनश्याम खड्का
- १ महिना अघि
- १५१ पटक पढिएको
विदेशी पर्यटककालागी अर्धनिषेधित उपल्लो मुस्ताङको लोमन्थाङदेखी पश्चिममा पर्ने चीन सीमावर्ती छुआमा पीक तेस्रो (६२६८मी) को पहिलोपटक तीन जना दक्षिणकोरियाली समेत ८ जना पर्वतारोहीहरुले आरोहण गरेका छन ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमन्थाङ कार्यालयका अनुसार उनीहरुले नोभेम्बर २ (कात्तिक १६ गते) विहान २ बजे छुआमापीक तेस्रोको सफल आरोहण गरेका हुन ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ०८१ पुस २२ गते नेपाल राजपत्र भाग, ५ मा सूचना प्रकाशित गरी वाहृय पर्यटककालागी अर्धनिषेधित उपल्लो मुस्ताङका १५ वटा हिमचुचुराहरु नयाँ हिमाल आरोहण खुल्ला गरेको थियो ।
एक्याप लोमन्थाङले मुस्ताङमा पहिलो हिमाल आरोहण गरी फर्केका दक्षिण कोरियाली पर्वतारोहीहरु किम डोङजिन, नाम्योङङ निचुल र ५ जना नेपाली सहयोगीहरुलाई लोमन्थाङगमा खादा ओढाएर सम्पान गरेको थियो ।
उपल्लो मुस्ताङको नेपाल–चीन सीमावर्ती मुस्ताङ हिमश्रृखला अर्न्तगतका लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका सीमामा पर्ने पर्ने ज्याङ्लाटिन्पु पीक (६०६२ मी.), के क्याप रि पहिलो (६१८७ मी.), के क्याप रि दोस्रो (६०११ मी.), लोमन्थाङ गाउँपालिकामा पर्ने छुआमा पीक चौथो (६१७९ मी.), छुआमा पीक पहिलो (६३६६ मी.), छुआमा पीक दोस्रो (६३२५ मी.), छुआमा पीक तेस्रो (६२६८ मी.), चुङ्गेन चाङ्गमा (६२२९ मी.), घ्युन हिमाल दोस्रो (घ्युन हिमाल तेस्रो (६०२७ मी.), मनसयल पूर्व (६१८६ मीं), मुस्ताङ हिमाल (६१५० मी.) आरोहणकालागी नयाँ खुल्ला गरिएका हिमाल हुन ।
त्यसैगरी लोमन्थाङ गाउँपालिका, १ मा अवस्थित नेपाल–चीन सीमावर्ती दामोदरकुण्ड हिमश्रृखलामा पर्ने यारसाङ खाङ (५८९७ मी.) लुनाधार खाङ (५८०७ मी.) तथा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने धौलागिरी हिमश्रृखला अर्न्तगतको मुस्ताङ र डोल्पा जिल्लाको सीमावर्ती होङ्दे पश्चिम (६३३८ मी.) पनि नयाँ आरोहण खुल्ला गरिएका हिमाल हुन ।
मुस्ताङ हिमश्रृखला जोमसोम–लोमन्थाङ–कोरला सडक खण्डमा पर्ने घमी, चराङ, लोमन्थाङ, छोसेर, नेचुङ र कोरला नाकादेखी देखी पश्चिममा अवस्थित छ । कोरला नाकादेखी नजिकै पश्चिम तर्फ देखिने सवैभन्दा अग्लो हिमाल छुअामा हिमाल हो । यसको दक्षिण तर्फका चुचुरा अन्य हिमाल हुन । दामोदर हिमाल भने यी वस्तीबाट पूर्व तर्फ नेपाल–चीन सीमावर्ती क्षेत्रमा अवस्थित छ । दामोदर हिमाल निलगिरी हिमश्रृखलाको सवैभन्दा उत्तर तर्फको हिमाल हो । धौलागिरी हिमश्रृखलाको होङ्दे पश्चिम भने जोमसोम तथा कागवेनीबाट पश्चिम डोल्पा जाने बाटोमा अवस्थित छ ।
सरकारले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अर्न्तगत पर्ने चीनको स्वशासित क्षेत्र तिब्बत सीमावर्ती उपल्लो मुस्ताङका लोमन्थाङ, लोघेकरदामोदरकुण्ड गाउँपालिका र मध्य मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, ३ छुसाङ र ५ साङता क्षेत्रलाई सुरक्षा संवेदनशीलताको कारण देखाएर निषेधित क्षेत्र तोकेको छ । तर सन् १९९२ देखी नेपाली बाहेक पर्यटकबाहेक अध्यागमन विभागको अनुमति र १० दिनकालागी प्रतिब्यक्ति पाँच सय अमेरिकी डलर शुल्क तिरेर विषेश अनुमति लिएर डुल्न पाउने ब्यवस्था गरेको छ ।
विषेश अनुमति लिएर छोसेरदेखी माथी प्रवेश गर्ने पर्यटकले शुल्क बाहेक अनिवार्य नेपाली गाईड लैजानु पर्ने र लोमन्थाङको पनि छोसेर/नेचुङदेखी माथी जान नपाईने ब्यवस्था छ । १० दिनभन्दा बढी वस्ने प्रर्यटकले प्रतिदिन थप ५० अमेरिकी डलर शुल्क तिर्नु पर्छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























