- Loading...
पञ्चकुण्ड हिमतालमा जलवायु संकटको छायाँ

- घनश्याम खड्का
- ४ महिना अघि
- २३४ पटक पढिएको
उच्च पहाडका चुचुरोमा कहिल्यै नपग्लने जमेको हिउँ/वरफ हुन्छ । दुई पहाडको विचमा चुचुरोदेखी तलसम्मै हिउँ जम्मा भै वरफबनी लत्रेर बगेको हुन्छ । यसरी विस्तारै बगेको वरफको थुप्रोलाई हिमनदी (ग्लेसियर) भनिन्छ ।
हिमालमा हिमपहिरो (एभलान्च) भैरहन्छ । कहिलेकाहीं हिउँसँग पहाडै पनि भत्केर खस्छ । हिमालको फेदीमा हिउँ, माटो र ढुङ्गा मिसिएर बनेका वरफलाई पर्माफ्रस्ट भनिन्छ । हिमालय क्षेत्रका ४० प्रतिशत सतह यही प्रर्माफ्रस्टले बनेको हुन्छ ।
हिमनदी पग्लेर बाक्लो वरफमाथी बनेका पानीका पोखरीलाई प्रो–ग्लेसियल ताल भनिन्छ । प्रो–ग्लेसियल विस्तारहुँदै वा हिमनदीको टुप्पोमा प्रमाफ्रस्ट र हिमनदी पग्लेको पानी मोरिन (हिमनदीले बगाइ ल्याएको माटो जमेर बनेको भुभाग)ले छेकेर हिमताल बन्ने गर्छ । अन्नपूर्ण प्रथम हिमालको फेदीमा विकसित हिमताल त्यही प्रमाफ्रष्ट र हिमनदी पग्लेर बनेको हो ।
सतहमा जमेको हिउँ र हिमाल भत्केर खसेका हिउँँ/वरफमिश्रिएको ढुङ्गामाटो (प्रर्माफ्रष्ट) भन्दा धेरै तल सतहमा नदेखीने अर्को तह वरफ जमेर बसेको हुन्छ । सतहभित्र जमेर बसेको भुमिगत वरफलाई थर्मोकास्ट भन्ने गरिन्छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ मा पर्ने संसारको सातौं अग्लो अन्नपूर्ण प्रथम (८०९१मी.) हिमाल आरोहण मार्गमा पर्ने वेस क्याम्पमा एउटा सुन्दर निलो ताल अवस्थित छ । अन्नपूर्ण प्रथम हिमाल आरोहण मार्गको उत्तरी मोहडाबाट बग्ने अन्नपूर्ण ग्लेसियर (हिमनदी)को तल्लो भाग पग्लेर बग्ने झरना सोही तालको छेउमा खस्छ ।
अन्नपूर्ण प्रथम आरोहणकालागी मात्र हैन, वेस क्याम्पमा रहेको हिमताल बसन्त तथा शरद ऋतुमा घुम्न आउने आन्तरिक पर्यटकको प्रमुख आर्कषण र स्थानीय अन्नपूर्ण गाउँपालिकाको प्रमुख राजश्व स्रोत र स्थानीयकालागी राम्रो आम्दानीको माध्यम बनेको छ । पञ्चकुण्ड हिमताल र वेस क्याम्प पुग्ने पदमार्गमा पुग्ने पर्यटकको सुविधाकालागी होटल ब्यवसाय संञ्चालन गर्न बार्षिक ७७ हजारमा आय ठेक्का लगाएको छ । तर बर्षेनी फैलिँदै गएको अन्नपूर्ण हिमतालमा जलवायु संकटको छायाँ देखिन थालेको छ । मानवीय भविश्यकालागी चेतावनीको संकेत गरेको छ ।
‘भौगोलिक सीमामा अन्नपूर्ण प्रथम हिमाल हाम्रो वस्तीमा पर्ने भएपनि हामी गाउँलेहरु पहिलो पटक २०७३ जेठ अन्तिममा अन्नपूर्ण वेस क्याम्प पुग्दा त्यहाँ ५ वटा छुट्टाछुट्टै पोखरी थिए । हामीले पहिलो पटक ५ वटा पोखरी देखेकोले तालको नाम पञ्चकुण्ड राखेका हौं । पछिल्लो ९ बर्षमा पञ्चकुण्डका ५ वटा कुण्ड पग्लेर एउटै ठूलो ताल बनेको छ’ अन्नपूर्ण प्रथम हिमाल आरोहण मार्गको प्रर्वद्धमा जुटेका अभियन्ता तेजबहादुर गुरुङ भन्छन, ‘जलवायु परिवर्तन र तापक्रम वृद्धीले अन्नपूर्णको उत्तरी आधारशिविरको वातावरण संकटउन्मुख छ । तालका विच–विचका आईसल्याण्डहरु विलाएर नासिएको देख्दा चिन्ता लाग्छ ।’
एकिकृत पर्वतीय विकासकालागी अर्न्तराष्ट्र्रि केन्द्र (इसिमोड)की रिमोट सेन्सिङ तथा भू–सूचना विश्लेषक एवं क्रायोस्फियर र जल, जलवायु तथा वातावरणीय जोखिम विज्ञ फिनु श्रेष्ठका अनुसार विगत १२ बर्षको अवधिमा अन्नपूर्ण हिमताल (पञ्चकुण्ड ताल)को आकार ८ सय ४६ प्रतिशतले विस्तार भएको छ ।
इसिमोडमा रिमोट सेन्सिङ तथा भू–सूचना विश्लेषक श्रेष्ठले उपलब्ध गराएको स्याटलाईट तस्वीर विष्लेषण तथ्याङ्क अनुसार सन् २०१३ मा जम्मा ०.०४१ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण हिमताल सन् २०२५ सम्म बढेर ०.३८८ बर्ग किलोमिटर पुगेको छ । सन् २०१३ मा देखिएको तालको आकार सन् २०१५ मा तीन गुणाले बढेर ०.११५ बर्ग किमी पुगेको थियो । ताल सन् २०२१ सम्म अझै बढेर ०.२१६ बर्ग किमी पुगेको थियो । त्यसपछि चार बर्षमा ताल विस्तारको तिब्रता डरलाग्दो देखिन्छ । सन् २०२२ देखी २०२५ विचमा तालको क्षेत्रफल झण्डै दोब्बरले बढेर ०.२८८ बर्ग किलोमिटर पुगेको छ ।
जलवायुलाई असर पार्ने मानवीय क्रियाकलापको कारण सन् २०२२ मा पृथ्वीको सतहको औसत ताफक्रम औद्यौगिक त्रान्तिकालको दाँजोमा १.१५ डिग्री सेल्सियस बढेको थियो । यो वृद्धीले पृथ्वीमा तापक्रम बृद्धी, खडेरीका घट्ना बृद्धी । पानी पर्ने शैलीमा परिवर्तन समेत मानिस, वन्यजन्तु र प्राकृतिक प्रणालीमा असर देखिन थालेको छ ।

‘अन्नपूर्ण हिमतालको मोरिन बाँध तत्काल भत्केर हिमताल विष्फोटन बाढी (न्इीा) आउने जस्तो त देखिन्न तर अन्नपूर्ण हिमनदीको एक्टीभ लेयर टुटेको देखिन्छ भने डेव्रिज कभर्ड ग्लेसियर तिब्रगतिमा पग्लेको देखिन्छ । जलवायु परिवर्तनले हिमनदीमा अचानक ल्याएको यो डरलाग्दो संकेत भने हो’ क्रायोस्फियर र जल, जलवायु तथा वातावरणीय जोखिम विज्ञ फिनु श्रेष्ठ थप्छिन, ‘तालको अवस्था पत्ता लगाउन जियो राडडर (जिपिआर), सिस्मिक र विधुतिय इआरटी उपकरण मार्फत अध्ययन आवश्यक छ ।’

त्यस्तै, जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको विवरण अनुसार सन् २०२३ नेपालमा चार दशक यताकै सवैभन्दा तातो रेकर्ड भएको थियो । हिमताल संवेदनशील विषय भएकोले नियमित अनुगमन, जलप्रवाह मापन र तापक्रम रेकर्ड राख्न स्थानीय, प्रदेश र संघिय सरकारको ध्यान पुग्न आवश्यक छ । म्याग्दीमा सामुदायीक सहभागितामा पर्यापर्यटन संञ्चालन गरेका अनुभवी पर्यटनकर्मी चित्रबहादुर तिलिजा भन्छन, ‘हिमताल हेर्ने दृष्टिकोलाई सवैले बदल्न आवश्यक छ । यो केवल सौन्दर्य मात्र होईन, चेतावनी पनि हो ।’
पर्वतारोहीका सहयोगीको रुपमा ३० वर्षअघि सन् १९९५ तिर मुस्ताङको लेतेहुँदै वेस क्याम्पमा पुगेका इन्द्रसिं शेरचनका अनुसार त्यसवेला हिमनदीको छेउमा आईसमाथी साना पोखरी थियो । अहिलेको ताल रहेको ठाउँमा पहिला सकृय हिमनदी थियो । त्यही ग्लेसियरहुँदै पर्वतारोहीहरु माथिल्लो वेस क्याम्प जान्थे । अन्नपूर्ण वेस क्याम्प क्षेत्रमा पर्यटकको खोज, उद्धार र सहयोगीको रुपमा सकृय शेरचन भन्छन, ‘हेर्दाहेर्दै हिमनदी पग्लेर ताल बन्यो, पर्वतारोहीहरु हिमाल चढ्न प्रयोग गर्ने मार्गमा परेका खर्पासहरु झनझन फाटेर खस्दै छन । केही वर्षमा हिमाल चढ्ने बाटो र ताल नासिन्छन की भन्ने डर लाग्छ ।’
उत्तरी अमेरिकाको निकोलस कलेजका वातावरण विज्ञानका प्रोफेसर मौउरी पेल्टोले लेखेको ‘नर्थ अन्नपूर्ण ग्लेसियर रिच्योल एण्ड लेक डेभलपमेन्ट’ लेखमा उल्लेख गरे अनुसार सन् १९८८ सम्म पञ्चकुण्ड हिमताल थिएन । त्यहाँ करिव १.५ किमी लामो सक्रिय हिमनदी थियो । र सन् २००१ देखी मात्र https://glacierchange.blog/2022/11/28/north-annapurna-glacier-nepal-retreat-and-lake-development/ प्रोग्लेसियरले हिमतालको आकार लिन थालेको हो ।
अहिले अन्नपूर्ण प्रथम र तिलिचोपीकबाट निरन्तर झर्ने हिमपहिरोलाई सोझै पञ्चकुण्ड तालमा बज्रिनबाट त्यहाँ थुप्रिएको ढुङ्गामाटोले छोपेको ग्लेसियर (पर्माफ्रष्ट)ले जोगाएको छ । पञ्चकुण्ड हिमतालबाट निक्लेको पानी मिस्रीखोला भै बग्छ ।
तर हालसम्म अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा रहेको यस हिमतालको विस्तृत भौगोलिक जोखिम मुल्याङ्कन भएको छैन । अन्नपूर्ण हिमनदी तिव्र खुम्चाइ, पर्माफ्रोष्टको छिटोछिटो पग्लनेक्रमले ताल क्षेत्र वरपरको थर्मोकाष्टको अवस्थाको ल्याण्डसट, सेन्टिनेल प्रयोगगरी अध्ययन मात्र हैन, तालको गहिराई, मोरिन बाँधको भौगोलिक अवस्थिती आदी पत्ता लगाउन जियो राडडर (जिपिआर), सिस्मिक र विधुतिय इआरटी उपकरण मार्फत अध्यन आवश्यक छ ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारत पुन भन्छन, ‘हिमताल बारे विस्तृत विस्तृत अध्ययन गर्ने कुनै प्रविधी, प्राविधिक ज्ञान, सीप र जनशक्ति पालिकासँग छैन । ताल वर्षेनी बढ्दै गएकोले यसको विस्तृत अध्ययन गराउन आवश्यक प्रयत्न गर्छौ ।’

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























