Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

गाईजात्रा विशेष कार्यक्रममा मनोजको नयाँ अवतार

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८३ पटक पढिएको
गाईजात्रा विशेष कार्यक्रममा मनोजको नयाँ अवतार

नेपाली राजनीतिका विभिन्न व्यक्तिको अलवा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिका समेत नक्कल गरिसकेका हास्यकलाकार मनोज गजुरेललाई आजबाट नयाँ अवतारमा देखिने भएका छन् ।
आजबाट सुरु हुने ‘गाईजात्रा विशेष कार्यक्रम’ मा उनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस अधानोम गेब्रेयेससको नक्कली भूमिकामा देख्न पाइने भएको हो ।

‘कोभिड–१९’को त्रास र पीडासँग जुझिरहेका विश्वभरका नेपाली भाषीलाई आशा र उत्साह जगाउने उद्देश्यले आज साउन १५ गतेदेखि ‘गाईजात्रा विशेष कार्यक्रम’ एपीवान टेलिभिजन र गजुरेल युट्युवबाट साँझको ८ देखि ९ बजेसम्म हेर्न सकिनेछ ।
उत्प्रेरणा र हौसलाको सांस्कृतिक पर्व गाईजात्राको अवसर पारेर ब्राण्डवर्थ प्रालिले कोरोना संक्रमण फैलावटको जोखिम न्यूनीकरणका लागि सरकारले अपनाएको मापदण्ड भित्र रहेर डिजिटल माध्यमबाट मनोरञ्जन प्रदान गर्न कार्यक्रम निर्माण गरेको ब्राण्डवर्थ प्रालिका प्रमुख कार्यकारी निर्देशक मोहन गजुरेल बताए ।
प्रत्येक नेपालीको घरघरसम्मै पुग्न कार्यक्रमले विश्व नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएको अवस्थामा आममानिसहरुमा देखिएको मनोसामाजिक असर न्यूनीकरणमा मद्यत पुर्याउने र मनोवैज्ञानिक थेरापीको काम गर्ने विश्वास निर्माण पक्षको छ ।

कार्यक्रममा कलाकार मनोज गजुरेललाई डब्लुएचओका प्रमुख टेड्रोसको अलवा  क्याप्नेटन पिके गजुरेललगायत धेरै भूमिकामा देख्न सकिनेछ । कार्यक्रममा कलाकारहरु यमन श्रेष्ठ, पशुपति शर्मा, चट्याङ मास्टर, अर्जुन पराजुली, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे, सिताराम कट्टेल, कुञ्जना घिमिरे र राजा राजेन्द्रको पनि प्रस्तुति रहनेछ ।

त्यसैगरी यो गाईजात्रा विशेष कार्यक्रममा सुरेन्द्र केसी, जोगिन्दर पानवाला, सुबोध गौतम, दिनेश काफ्ले, सुमन कार्की, दीपक आचार्य ‘काकु’, रवी डंगोल, पूर्ण थापा, बबिता बानियाँ ‘जेरी’, सुनिता गौतम ‘मुईया’, सन्देश लामिछाने ‘बट्टारे’, रुबिना अधिकारी, अर्जुन दहाल, भरतमणी पौडेल, टेक बहादुर कोईराला, रत्नावली शर्माको अलवा पहिलो कमेडी च्याम्पियनका हिमेश पन्त, दले दाई, खबपु, मेक्सम गौडेल, सुमन कार्की लगायतको प्रस्तुति रहनेछ । source-ratopati.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल