FLASH NEWS
  • Loading...

कालीगण्डकी सभ्यता र जैविक विविधता संरक्षमा प्रश्न

कालीगण्डकी सभ्यता र जैविक विविधता संरक्षमा प्रश्न

नेपाल–चीन सीमावर्ती लोमन्थाङ गाउँपालिकाको पश्चिममा पर्ने मुस्ताङ हिमश्रृखला अर्न्तगतका छुआमा पीक चुङ्गेन चाङ्गा र घ्युन हिमालको ग्लेसियरबाट निक्लने न्हेचुङ खोला नै कालीगण्डकी नदीको उद्गमस्थल हो ।
दामोदरकुण्डबाट आउने खोला घमी गाउँको पुछारको थामसुङ क्षेत्रमा मिसिएपछि खोला कालो हुन्छ अनि कालीखोला भनिन्छ । तल मुक्तिनाथबाट झर्ने झोङखोला कागवेनीमा मिसिएपछि कालीखोला अव कालीगण्डकी नदी नामबाट चिनिन्छ । कालीगण्डकी नदीको कुल लम्बाई ८ सय १४ किलोमिटर मध्य नेपालमा ६ सय ३० किमी बग्छ । बाँकी भारतमा बग्छ ।
नेपालको प्रमुख हिमनदीमध्य एक कालीगण्डकी नदी पनि एक हो । कालीगण्डकी नदी मात्र होईन यो धार्मिक, आर्थिक, साँस्कृतिक र पर्यटकीय सभ्यता पनि हो । कालीगण्डकी नदी सभ्यता हिन्दु र बौद्ध धर्मालम्बीहरुको साझा आस्था पनि हो ।
प्राचिन ‘रेशमी उपमार्ग’ र ‘साल्ट ट्रेड रुट’ को रुपमा परिचित कालीगण्डकी नदी भोट–तिव्बतको प्रमुख व्यापारीक मार्ग पनि हो । यही कालीगण्डकी मार्गबाट हुने प्राचिन साल्ट ट्रेड रुट पछ्याउँदै गण्डकी प्रदेशको लाईफ लाईन मानिएको ४ सय ३५ किमी लामो ‘गैडाकोट–कोरला कालीगण्डकी करिडोर सडक कोरोला नाकामा पुगेर तिब्बतको झोङ्वा काउन्ट्री हुँदै २० किमीपर सिगात्सेवाट आएको ‘चाईना नेसनल हाईवे २१९’ सँग जोडिन्छ ।
कालीगण्डकी नदीले गण्डकी प्रदेशको शिरदेखी पाउसम्मका मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासीसम्म बगेको छ । कुनै समय मुस्ताङ्गसमेत तिब्बती पठार ‘टेथिस’ सागर थियो । कालान्तरमा ज्वालामुखी वा अन्य कारणले सागर फुट्यो र यो उजाड मरुभूमिमा परिणत भयो । मुस्ताङ्गको उपल्लो थलोबाट उद्गम भै बग्ने कालीगण्डकी नदीमा पाईने शालग्राम भित्र भेटिने जिवावशेषले प्रागएतिहाँसिक सभ्यताको यही संकेत गर्दछ ।
कालीगण्डकी सभ्यता र हिन्दु आस्था
भगवानको पहाड ः दामोदर कुण्ड

कालीगण्डकी नदीको उद्गम थलो, बौद्ध धार्मिक सभ्यता मौलाएको भुमि उपल्लो मुस्ताङमा एक मात्र हिन्दु धार्मिक तिर्थस्थल हो, दामोदर कुण्ड । समुद्र सतहदेखी ४ हजार ७ सय ८८ मिटर उचाईमा अवस्थित दामोदर कुण्ड, दामोदर हिमालको फेदीमा छ । श्रावण, भाद्रमा कुशैकुशले ढाकिने उक्त रमणीय उपत्यकामा विभिन्न तालहरुको समुह रहेको छ । त्यसैलाई दामोदर कुण्ड भनिन्छ ।
शालीकग्राम र कालिगण्डकी
दामोदर कुण्डमा नै शालिकग्रामको उत्पत्ति स्थल हो । शालकग्राम एउटा कालो रंगको ढुङ्गा हो । हिन्दुधर्मालम्बीहरुले यस्लाई भगवान विष्णुको प्रतिकको रुपमा पुजा गर्ने गर्छन् । शालकग्राम ढुङ्गा नेपालको कालिण्डकी नदी क्षेत्रमा बाहेक कतै नपाईने हिन्दुधर्मालम्बीहरुको दावी छ ।
कालिण्डकी नदीको उत्गमस्थल र त्यस नदीको वरपरको पहाडलाई हिन्दुहरु शालग्राम पर्वत भन्दछन् । गण्डकीमा पाईने यस ढुङ्गाको बाहिरी आवरणमा कुनै परिवर्तन नभई ढुङ्गाको भित्री भागमा चक्र पर्ने विशेषता भएको मानिन्छ । कालीगण्डकी नदीलाई चक्रनदीले पनि चिनिन्छ । कालिगण्डकी नदीबाहेक अन्यत्र शालग्राम नपाईनु विशेषता हो ।
हिन्दु–वौद्ध धर्मको साझmा तिर्थस्थल ः मुक्तिनाथ
मुस्ताङ्गमा अवस्थित मुत्तिनाथ मन्दीर बौद्ध तथा हिन्दुहरुको पवित्र तिर्थस्थल हो । पौराणिक श्रोतहरुको आधारमा मुक्तिनाथको प्राचिनता २,००० बर्षसम्म भएको मानिन्छ ।
थोरङला हिमालको फmेदीको ३ हजार ७ सय १० मिटर अग्लो स्थानमा अवस्थित मुक्तिनाथलाई हिन्दुहरुले मुत्ति क्षेत्र र बौद्धमार्गीले तिब्बती भाषामा छुमङ ग्यात्सा अर्थात ‘सय पानी’ भनेर पुज्ने गर्छन । हिन्दुका ५ प्रमुख धाममध्य मुक्तिनाथ एक हो भने बौद्धमार्गीका २४ तान्क्रीक स्थानमध्य मुत्तिनाथ एक हो । मन्दिर भित्र रहेको भगवान मुक्तिनाथको तामाको मुर्ति १६औं शताब्दीताक निर्माण भएको मानिन्छ ।
मुक्तिनाथको उत्पत्तिबारे एउटा रोचक प्रसङ्ग श्रीस्वस्थानी ब्रत कथामा पाइन्छ । कथा अनुसारसत्य युगमा वृन्दाको श्राप विष्णुलाई लागेको हुनाले हिन्दुहरु शालिग्राम, तुलसी, पिपलको बोट, कुशलाई विष्णुको अवतार मान्दछन् ।
‘संञ्चार, यातायातको विकास नहुँदै प्राचिनकालमै देविदेवताहरुको मुक्तिनाथ, दामोदरकुण्डको यात्रा गरेको हाम्रा धार्मिक ग्रन्थहरुमा उल्लेखित शालिग्राम, कुस, पिपल पाईने कुरा विज्ञानले पुष्टी गर्नुले कालीगण्डकी सभ्यताको महत्व बढेको छ’ लामो समय मुक्तिानाथ मन्दीरमा पुजारी बसेका सेवानिवृत सहप्रध्यापक नारायणदत्त सुवेदीले भने, ‘मान्छेहरुले यात्रा गर्नु पूर्व कालीगण्डकी नदी किनाराहुँदै माथीमाथी हिमालसम्म देविदेवता हिंडेका हुन । हामी र हाम्रो विकास देविदेवता हिँडेको मार्ग पछ्याउँदै छ ।’
कागवेनी
मुस्ताङको वारागुङमुक्तिक्षेत्र गाउँपालिकामा पर्ने कागवेनी हिन्दु धर्मालम्बीहरुकालागी प्रशिद्ध तिर्थस्थल मध्य एक हो । मुक्तिनाथबाट झर्ने कागखोला कालीगण्डीमा जोडिने स्थल कागवेनीमा पित्रृलाई पिण्ड चढाउँदा पृति उद्धार हुने मान्यता छ । घरमा भन्दा कालीगण्डकीमा सय गुणा र कागवेनीमा पुगी श्राद्धगर्दा हजार गुणाबढी मृतात्मालाई मोक्षप्राप्ती हुने जनविश्वास छ ।
धर्तिमुनी कालीगण्डकी
कालीगण्डकी नदीको कटानले बनाएको धौलागिरी र अन्नपुर्ण हिमश्रृखला विचको ६ हजार ९ सय ६७ मीटर गहिरो खोंच जस्लाई संसारकै गहिरो गल्छी ‘अन्धगल्छी’ मानिन्छ । धौलागिरी र अन्नपुर्ण हिमालको नाम बाट छोटकरीमा यो गल्छीलाई ‘अन्ध गल्छी’ नामाकरण गरिएको हो ।
यही गल्छी भित्र लुकेर बगेको छ, हिन्दुपवित्र कालीगण्डकी नदी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दाना काप्रे क्षेत्रमा कालीगण्डकी लुकेको छ । झट्ट तल नदी देख्न सकिन्न । त्यही गल्छी भएको ठाउँमा स्थानीय अन्नपूर्ण गाउँपालिकाले झोलुङ्गे पुल र रेलिङ्ग हालेर नदी हेर्न भ्यूटावर बनाएको छ ।


कालीगण्डकी र भूतापीय पानी
कालीगण्डकी नदी किनारामा अवस्थित भुरुङ तातोपानी अन्नपूर्ण र धवलागिरी पदयात्राको संगम स्थल तथा मुस्ताङ्ग प्रबेश गर्ने एक मात्र भूमार्गमा पर्छ ।
भुरुङ तातोपानी झोलुङगे तरेर कालीगण्डकी नदी पारी अर्कोर् पाउद्धार तातोपानी छ । त्यस्तै दुई किलोमिटर तल रातोपानीमा पनि तातोपानी छ । तीन वटै तातोपानीका मुहानहरु बेनी–जोमसोम सडक किनारामा अवस्थित छन । तातोपानीमा आनन्द लिने बाहृय तथा आन्तरिक पर्यटकले पोखरी भरिभराउ हुन्छन् । यही बाटोहुँदै सन् १९०३ मा जापानका भिक्षु ईकाई कावागुचीको तिब्बत यात्रोपछि पर्यटकको आवागमन शुरु भएको र टोनी हागनले ब्यवस्थित रुपमा पर्यटकलाई आकर्षित गरेका थिए । तर ति ताताेपानीकाे कुण्ड छेउबाट बग्ने कालीगण्डकी नदीमा जलविधुत अायाेजना निर्माणा प्रस्तावित छन । यी अायाेजनाले कालीगण्डकीकाे पानी सुरूङ्गबाट बगाइने भएकाेले नदी किनारामा जलसतह अनुसार फुट्ने ताताेपानीका मुहानकाे भविश्य अनिश्चित बनेकाे छ ।
गलेश्वरधाम
म्याग्दी सदरमुकामदेखी ३ किलोमिटर उत्तरमा अवस्थित गलेश्वर धाम नेपालकै एक प्रसिद्ध तिर्थस्थल मध्य एक हो । रहुगंगा र कृष्णगण्डकीको संगमस्थल गलेश्वर मन्दिरमा प्रत्येक वर्ष बालाचतुर्दशीका दिन ठुलो मेला लाग्ने गर्दछ ।
गलेश्वरधाममा धार्मिक महत्वको बोकेको एउटै विशाल शालिगग्रामको ढुङ्गामाथी रहेको छ । सोही ढुङ्गाको विच भागमा लाम्चो आकार परेको एक जल कुण्ड छ । तलाउमा बुढानीलकण्ठ भगवानको मुर्ति स्थापना गरिएको छ । ढुङ्गाको विचमा स्वनिर्मित तलाउको पानी हिउँद/बर्खा एक नास रहनु नै हो ।
राधाकृष्ण मन्दिर
गलेश्वर शिवालयकै परिसरभित्र अर्को महत्वपूर्ण मन्दीर छ, राधाकृष्णको । मन्दिर भित्र सुदामा, कृष्ण, राधा, सुदर्शन, रामनुजास्वामी षडगोवा स्वामी, शालिग्राम आदिका मुर्तिहरु राखिएका छन् । मन्दीरमा बैष्णवहरुले मुख्य पुजाअर्चना गर्ने गरेका छन ।
विरासत गुमाएको शहर– बेनीबजार
बजार पुग्ने जो कोहीले चर्चित यो गित गुन्नगुनाई हाल्छ– ‘बेनीको बजार, जतामायाँ उतै छ नजर, किरेमिरे जाले रुमाल’ । दुई नदीको निरन्तर कटानले त्रिकोणाकार रुपमा कुँदिएको बेनी बजार काली गण्डकी र म्याग्दी नदीको संगमस्थल हो ।
बेनी एक समयमा भारत–भोट व्यापार केन्द्र मात्र थिएन समृद्ध चौविसे राज्य पर्वतको राजधानी थियो । प्राचिन समयमा ‘साल्ट ट्रेड रुट’ को रुपमा परिचित बेनी भोट तिव्बतको सहायक व्यापारीक नाका मुस्ताङ्गबाट तिब्बति सामान र पाल्पा बाट भारतिय सामान ल्याई विनिमय गर्ने व्यापारिक केन्द्र रहेको इतिहाँसका अध्यता चन्द्रप्रकाश बानियाँले बताउँछन । गोर्खाली सेनाले वि. सं १८४३ असोज १४ गते पर्वतको राजधानी कब्जा गरे पछी बेनीको ‘राजधानी’ गुमेको थियो ।
‘मध्ययुगिन समयको राजधानी रहेको बेनीले आफ्नो विरासत समयक्रममा गुमायो । हामीले उही विरासत फर्कान सक्दैनौं तर त्यसताकाका सभ्यता र वस्तुहरुका संरक्षण गर्दै पर्यटन मार्फत आर्थिक उपार्जनमा जोढ्ने प्रयास थालेका छौं’ बेनी नगरपालिकाका प्रमुख सुरत केसीले भने, ‘गलेश्वर, बेनी शिवालय, वलमुक्तेश्वर, पुलाहश्रम, जगन्नाथ समेतका प्राचिन सम्पदा कालीगण्डकी सभ्यता भित्रका तीर्थस्थल हुन ।’
देवघाट ः विष्णु र शिवको भेट स्थल
बाग्मती प्रदेशको चितवन र गण्डकी प्रदेशको तनहुँ र नवलपुर जिल्लाको सीमास्थलमा पर्ने देवघाट गण्डकी प्रदेशको सवैभन्दा तल रहेको तीर्थस्थल तथा धार्मिक पर्यटकीय गन्तब्य हो । हिन्दु धार्मिक विश्वास अनुसार दामोदरकुण्डबाट आएको कालीगण्डकी नदी क्षेत्रलाई वैष्णव भूमि र गोसाईकुण्डबाट आएको त्रिसुली नदी क्षेत्रलाई शैवभूमि मानिन्छ । देशवघाट वैष्णव र शैव आस्था बोक्ने नदी सभ्यताको संगम स्थल मानिएको छ ।
एतिहाँसिक, धार्मिक, साँस्कृतिक एवं प्राकृकि सम्पदाले भरिपूर्ण देवघाट गण्डकी नदी सभ्यतामा अवस्थित प्रमुख चार तीर्थस्थलमध्य प्रमुख एक हो । कालीगण्डकी नदीमा त्रिसुली मिसिएपछि नारायणी नदीको रुपमा परिचय बनाऊँछ ।
माघेसंक्रान्ती, वैशाख संत्रानित, वालाचर्तुदशी, ग्रहण लाग्दा र साउनमहिनामा देवघाटमा स्नान गरी मोक्ष पाईने वलियो जनविश्वास छ । देवघाटमा दर्जनबढी मन्दीर, देवालय, आश्रम र बृद्धाश्रम छन । देवघाटमा संस्कृत विश्वविद्यालय मातहत कक्षा ६ देखी स्नाकोत्तर तहसम्मको अध्ययन/अध्यापन हुन्छ ।
जलपर्यटन
संसारको सर्वाधिक गहिरो गल्छीहुँदै बग्ने कालीगण्डकी नदीमा साहसिक जल पर्यटन क्याकिङ्ग र र्‍याफ्टीङ्ग हुने गरेको छ । अन्धगल्छी देखी तल स्याङ्जाको मिर्मीसम्म ६० किलोमिटर कालीगण्डकी नदीमा क्याकिङ्ग गर्ने गरिन्छ । बेनीदेखी तल भने र्‍याफ्टिङ्गबाट जलयात्रा हुने गरेको छ ।
सन् १९९१ देखी बेनीबाट कालीगण्की नदीमा ब्यवसायीक जलयात्राको शूरु भएको हो । नौकाविहार (र्‍याफ्टिङ्ग) ब्यवसायीका अनुसार जलपर्यटककालागी भिरालो पहाडबाट बुर्कुसी मार्दै झरेको कालीगण्डकी उपयोगी र रमाईलो नदी हो । कालीगण्डकी जलयात्राकालागी पहिलोदिन बेनीदेखी मोदीखोलासम्म, दोस्रो दिन पुर्तिघाट र तेस्रो दिन मिर्मीसम्म जलयात्रा गर्ने गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल