FLASH NEWS
  • Loading...

म्याग्दीमा दर्जनबढी खानी, ओखरवोटकाे तामाखानी अन्वेषण हुँदै

  • पुनहिल डट कम
  • १० महिना अघि
  • ६९६ पटक पढिएको
म्याग्दीमा दर्जनबढी खानी, ओखरवोटकाे तामाखानी अन्वेषण हुँदै

म्याग्दीको मालिका गाउँपालिका, ३ र ४ सीमावर्ती पाखोपमा पर्ने लामो समयदेखी वन्द ओखरबोट तामाखानी पुनःसंञ्चालन गर्न खानी अन्वेशषण सुरु गरिएको छ ।
मालिका गाउँपालिका, ३ रुमका वडाध्यक्ष मोतिप्रसाद वुढाथोकीका अनुसार तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एम//स दोङयी मिनरल्स प्रालिका भूगर्भविद्हरु सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन ।
रैथाने ज्ञान र सीपको आधारमा उत्खनन गरिएको तर हाल लामो समयदेखी वन्द रहेको ओखरबोट तामाखानीमा तामाको भण्डारण र उत्खनन संभावना सम्बन्धी प्रारम्भीक अध्ययन गर्न भुगर्वविद् रोनित पौडेल नेतृत्व टोलीले ओखरबोट तामाखानीको वातावरणीय परीक्षणको जुटेको छ ।
देशमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योग संञ्चालन गर्न खानीहरुको महत्व हुन्छ । तर म्याग्दीमा रहेका थुप्रै खनिजरत्न, खनिज पदार्थ समेत बहुमुल्य पदार्थका प्रयोगहीन भै अलपत्र छन ।
खानी तथा भुगर्भ विभागका अनुसार म्याग्दीमा सुन, तामा, फलाम, क्वार्ज, कप्रक, चुनढुङ्गा, खरिढुङ्गा, स्लेटढुङ्गा, मार्वल र तातोपानीमा मुहानहरु (हटस्पीङ) पाईन्छन । जिल्लमा बढी पाईने खनिज पदार्थमा तामा प्रमुख हो ।
स्थानिय खनेलहरुले रैथाने प्रविधीबाट उत्खनन गरिएको मालिका गाउँपालिका, ४ (साविक ओखरबोट–८) खटेनडाँडा स्थित तामाखानी मुख्य हो । स्थानिय दीर्घनारायण भट्टचन र दीलिप शेरचनले ०१८ सालदेखी नै ओखरवोटको तामाखानी संञ्चालन गरेपनि आधुनिक प्रविधीको अभावमा ०४६ सालदेखी तामाखानी बन्द छ ।
‘उपयुक्त प्रविधी अभावमा जोखिममोल्न सकेनौं र खानी बन्द गर्‍यौं । खानी उत्खनन गर्ने परम्परागत शीप युवा पुस्तामा हस्तान्त्रण गराउन खानी विभागमा पुनः खानी उत्खनन गर्ने अनुमति नपाएपछि अलपत्र छ’ पूर्वखानी संञ्चालक दीलिप शेरचनले सुनाए,– ‘खानीसम्म मोटरबाटो र विजुली पुगेकोले पुनःउत्खनन गर्ने र आफ्नो शिप र ज्ञान हस्तान्त्रण गर्ने धोको छ ।’
खटेनडाँडाको भिरमा कम्तीमा २५ वटाभन्दा बढी तामा निकाल्ने गरिएको सुरुङ्गहरु छन् । ओखरबोट धौलागिरी गाउँपालिका, १ गुर्जा, ५ मच्छिम, रघुगंगा गाउँपालिका, ६ ठाडाखानी, ८ चौरको झिंखानी समेत २१ ठाउँमा तामाखानी भएपनि सवै बन्द छन । विभिन्न स्थानका खानीहरु संञ्चालन हुन नसक्दा खानी उत्खननमा पोख्त स्थानिय ‘खनेल’हरुको शिप पुस्तान्त्रण हुन नसक्दा लोप हुने अवस्थामा छ ।
स्थानीय सरकारको रुपमा रहेको गाउँपालिका निर्वाचनपछि स्थानीय पालिकाले खटेनडाँडाको तामाखानी पुनः संञ्चालन गर्न प्रयास थालेसँगै ओखरबोटको तामाखानी उत्खनन अघि परिमाण र संभावना सम्बन्धी अन्वेषण थालिएको मालिका गाउँपालिका प्रमुख बेगप्रसाद गर्वुजाले बताए ।
तामा खानी मात्र होईन, धौलागिरी गाउँपालिका, ९ मल्कवाङ्ग र रघुगंगा गाउँपालिका, ८ मंगले क्षेत्रमा फलामखानी पनि रहेका छन । तामाखानी तथा फलामखानी पत्ता लगाउने र उत्खनन गर्ने विज्ञ छन्त्याल जातिलाई मानिन्छ । छन्त्यालहरु आफूलाई खानी खन्ने जातिको रुपमा गर्व गर्ने गरेका छन । जहाँ छन्त्याल जातिको बसोबास छ त्यहीं नै फलाम र तामाखानी रहेको पाईन्छ । छन्त्याल वस्ती रहेका गाउँको पछाडी ‘खानी’ जोडिएको हुन्छ ।
त्यसैगरी धवलागिरी गाउँपालिका, १ गुर्जा र सोही गापा, ४ मुदीको विचमा पर्ने गुर्जाडाँडाको र रघुगंगा गाउँपालिका, ६ कोटगाउँको आर्या सामुदायीक वन भित्रको पहाडमा पनी क्वार्ज किस्टलको खानी छ ।
डिभिजन वन कार्यालय म्याग्दीको अभिलेख अनुसार केही बर्ष अघि धवलागिरी गाउँपालिका, १ गुर्जाडाँडाबाट उत्खनन गरी काठमाण्डौ लैजान लागेको एक हजार ३ सय १ हजार ३ सय ८ टन क्वार्ज क्रिस्टल वन कार्यालयले पक्राउ गरेको थियो । कतिपय मान्छेहरुले यहाँ भेटिने ‘सेतो टल्कने ढुङ्गा’ झिकेर झोलामा हाली लैजाने गरेको स्थानीयले बताउँछन ।
धवलागिरी गाउँपालिका, ४ मुदीका आसमान गुरुङले ०६६ फागुन ११ गते सोही गापा, १ गुर्जाडाँडबाट खानी तथा भुगर्भ विभागबाट क्वार्ज ढुङ्गा खोजतलास गर्न अनुमति लिएर उत्खनन गरी परिक्षणकालागी लैजानखोज्दा वन कार्यालयले पक्राउ गरी ‘गैहृकानुनी रुपमा वनपैदावर (सेतोढुङ्गा) ओसार–पसार मुद्धा’ दर्ता गरेको थियो ।
जिल्ला अदालत म्याग्दीले ०६७ फागुन ३ गते ‘खानी तथा भुगर्भ विभागबाट क्वार्ज ढुङ्गा खोजतलास गर्न अनुमति लिएको र ‘औधोगित स्तरको क्वार्ज ढुङ्गा’ खोजतलास कार्यको शिलशिलामा झिकिएका खजिन पदार्थको खनिज पदार्थको प्रकृति, परिणाम, महात्व र प्रस्तावित परिक्षण वा विश्लेषण गर्न वा गराउनको निमित्त विदेशसमेत लैजान पाईने कानुनी ब्यवस्था भएकोले बरामद भएको क्वर्ज ढुङ्गाको राजश्व असुलीगरी छोड्न आदेश गरेको थियो ।
‘म्याग्दीमा क्वार्ज, तामा समेतका धेरै खनिज पदार्थहरु पाईन्छन । तामाका त पहिला स्थानीयले उत्खनन गर्ने गरेकै खानीहरु छन । केही बर्ष अघिसम्म खानी तथा भुगर्भ विभागबाट स्वीकृती लिएर जिल्लामा सुन, तामा समेतका खनिज पदार्थ अन्वेशण गर्न धेरै आउँले अहिले अन्वेशण गर्ने समेत घटेका छन’ डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले भने, ‘कोटगाउँको पहाडबाट केही बाहिरका मान्छेहरु आएर क्वार्ज क्रिस्टल खनेर झोलामा लैजाने गरेको वन उपभोक्ता समितिले सूचना दिएका छन ।’
राहुघाट र कालीगण्डकी नदीमा प्लेसर गोल्ड भनिने बालुवामा पाईने सुनका टुक्रा पाईने गरेको छ । बालुवामा सुनका टुक्रा भेटिनुलाई नदीका उद्गम क्षेत्रमा सुनखानी हुन सक्ने बलियो आधार हो । केही वर्ष अघि एक चिनियाँ कम्पनीले घाँसा क्षेत्रमा कालीगण्डकी नदी क्षेत्रमा सुनखानी अन्वेषण गरेको थियो । तर सो अध्ययन के भयो स्थानीयले थाहा पाउन सकेनन । त्यस्तै, खानी तथा भुगर्भ विभागले वेभसाईटबाट बेनी नगरपालिका १ रत्नेचौर र पर्वत नाङलीवाङ क्षेत्रमा सुनखानी उत्खनन गर्न खानी विभागबाट क्यायुन प्रा.लीले अनुमति लिएपनि अन्वेषण् भए नभएको खुलेन ।
गैहृखनिज फदार्थ (ल्यलझतबििष्अ ष्लभचब)ि अर्न्तगतको खरीढुङ्गा अर्को महत्वपूर्ण हो । जिल्लाको रघुगंगा गाउँपालिका, २ भगवतीमा खरीढुङ्गाको खानी छ । यहाँको खरीढुङ्गा खानी संञ्चालन गर्न गौतम खनीज उद्योग भरतपुर, ४ चितवन (एएसडिसी एसिया प्रालि त्रिपुरेश्वर, काठमाण्डौ)ले उत्खनन गर्न खोज्दा वन विभागको स्वीकृति नभएको भन्दै अख्तियारमा मुद्धा परेपछि उत्खनन रोकिएको पुनः संञ्चालनमा आउन सकेन ।
खनिजपदार्थ मात्र होईन खनिजरत्न पत्थरहरु पनि प्रसस्त पाईन्छन । धौलागिरी गाउँपालिका, ५ मच्छिममा अप्रकको पहाड नै पाईन्छ । गुर्जा हिमालमुनी घुर्मखोला नजिक चम्किलो र टल्कने पत्थर (क्वार्ज) को पहाड छ ।
डाईमन्सन ढुङ्गाहरु पनि जिल्लामा छन । अन्नपूर्ण गाउँपालिका ५ शिख र ६ घारको दगुर्नेपानी क्षेत्रमा मार्वल पाईन्छ । मालिका गाउँपालिका, ३ रुममा स्लेट ढुङ्गेखानी छ । स्लेट ढुङ्गा जिल्लाका अन्य दर्जनबढी क्षेत्रमा छन ।
जिल्लामा पाईने मध्य उर्जाखनिज (ागभ िःष्लभचब)ि अर्न्तगत तातोपानीका मुलहरु मुख्य हुन । म्याग्दीखोलाको मुदी र सिङा, राहुघाट खोलाको दग्नाम र कालीगण्डकी नदीको तिप्ल्याङ, रातोपानी, तातोपानी र नारच्याङमा यस्ता उर्जाखनिजहरु पाईन्छन । सिङास्थित तातोपानीको मुलबाट विरेनुनको गन्ध आउँछ । नारच्याङ छेउको तातोपानी नुनिलो छ । यहाँको तातोपानीको मुहान वरपर भित्ता तथा कालीगण्डकी नदी वगरमा सेताम्मै नुनिलो पदार्थ टाँसिएको हुन्छ । वैज्ञानिक खोज तथा अन्वेषण नभएपनि यहाँ विरेनुन र नुन खानीको संभावनालाई प्रचुरता दिएका छन । स्थानियले परम्परागत देखी सघन विश्वाससाथ तातोपानीका मुलहरुलाई विभिन्न रोग उपचार गर्ने प्राकृतिक अस्पतालको रुपमा उपयोग गर्दै आएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र