- Loading...
लोमान्थाङ गाउँपालिकाको बजेट ३२ करोड ६० लाख

- पुनहिल डट कम
- ९ महिना अघि
- ६०६ पटक पढिएको
कोरला नाका रहेको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले मंगलबार ३२ करोड ६० लाख बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको २० औ गाउँसभा अधिवेशनमा उपाध्यक्ष छिमी बिष्टले अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि चालुखर्चतर्फ ११ करोड ७४ लाख ६३ हजार अर्थात (३६.०२) प्रतिशत र पुँजिगत विकास खर्चतर्फ २० करोड ८५ लाख ८७ हजार अर्थात (६३.३७) प्रतिशत बजेट पेश गरेकी हुन ।
आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा गाउँपालिकाले १५ लाख २५ हजार राजश्व उठाउने अनुमान गरेको छ ।
गाउँपालिकाको बजेटमा संघीय तथा प्रादेशिक राजश्व बाँडफाँडबाट कुल ९ करोड १३ दाख २६ हजार छ । संघीय समानिकरण अनुदान ७ करोड ७ लाख र प्रदेश समानिकरण अनुदान ५८ लाख ८७ हजार रहेको उपाध्यक्ष बिष्टले बजेट वक्तव्य मार्फत जानकारी दिनुभयो ।
संघीय सशर्त अनुदान ६ करोड ७० लाख र प्रदेश सशर्त अनुदान २ लाख समावेश गरिएको छ । संघीय समपुरक अनुदान ९६ लाख र प्रदेश समपुरक अनुदान ६० लाख छ । यस्तै, सघीय विशेष अनुदान ६९ लाख र प्रदेश विशेष अनुदान ३९ लाख ९० हजार रहेको छ ।
आर्थिक विकासतर्फ २ करोड ६३ लाख, सामाजिक विकासतर्फ ४ करोड ३९ लाख ५५ हजार,पूर्वाधार विकासतर्फ ८ करोड १२ लाख ५० हजार,सुशासनतर्फ १ करोड २८ लाख ३ हजार बजेट विनियोजन गरेको छ । पालिकाले विपद् व्यवस्थापनतर्फ ४१ लाख बजेट छुट्याएको छ ।
आगामी आर्थिक वर्षका लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले नीति तथा कार्यक्रम पास गरेके छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























