Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

वातावरणीय अध्ययनबिना सडकको ट्रयाक नखोल्न अख्तियारको निर्देशन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २१५ पटक पढिएको
वातावरणीय अध्ययनबिना सडकको ट्रयाक नखोल्न अख्तियारको निर्देशन

वातावरणीय अध्ययनबिना सडकको ट्रयाक खोल्ने र सो क्षेत्रको वातावरण विनास भइरहेको अवस्थामा पनि पुनः सोही सडक योजनामा बारम्बार बजेट निकासा गर्ने कार्य रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ ।

स्थानीय तहहरूमा व्यापक अनियमितता भइरहेको विषयमा उजुरीको संख्या बढेको भन्दै आयोगले ६१ बुँदे सुझाव जारी गर्दै सडकको ट्रयाक खोल्ने कार्यमा वजेट विनियोजन हुने र त्यसका कारण हरेक वर्ष बाढी पहिरो र भूक्षय भई खोलिएका ट्रयाक अस्तव्यस्त हुने भएकाले सो निर्देशन दिइएको हो ।

साथै विभिन्न उद्योग र कलकारखानाको पहुँचका लागि भनि कानूनी प्रक्रिया जस्तैः सहमति, सिफारिस र वातावरणीय प्रभावको अध्ययन बिना नै वनजंगल, खोलानालाजस्तो प्राकृतिक सम्पदाको दोहन मिलेमतोमा गर्ने गरेको समेत देखिएको आयोगले जनाएको छ ।

त्यसैले वन वातावरण तथा स्थानीय तह लगाएतका निकायको सिफारिस सहमतिसहित प्रारम्भिक वातावरणीय परीक्षण गरी सडककोे ट्रयाक खोल्ने, वातावरणीय प्रभावका आधारमा मात्र त्यस्ता सडकमा वजेट विनियोजन गर्ने व्यवस्था प्रदेश तथा स्थानीय तहका सरकारहरूले मिलाउनु पर्ने सुझाव आयोगको रहेको छ ।

प्रदेशअन्र्तगत पर्ने वन, उद्योग र पर्यटनसँग सम्बन्धी योजना तथा कार्यक्रमहरूका नाममा जथाभावी वजेट खर्च गर्ने देखिएकोले प्रचलित कानून प्रतिकूल नहुँने गरी वजेट विनियोजन र खर्च गर्नुपर्ने छ । अख्तियार दुरुपयोग अनुसनधान आयोग ऐन, २०४८ को दफा २८ अनुसार कार्यान्वयन गर्न/गराउन सो सुझाव दिइएको हो ।

प्रदेश र स्थानीय तहका बीचमा नदीजन्य पदार्थको उपयोग, राजश्व संकलनमा एकरुपता नभएको, उत्खन्न गर्ने अनुमति दिएको भन्दा बढी परिमाणमा दोहन गरिएको तथा अनुगमन मूल्याकंन र समन्वय फितलो रहको देखिएकाले प्रदेश सरकारले प्राकृतिक श्रोत साधनको उपयोग र राजश्व संकलन सम्बन्धी निर्देशिका कार्यविधि बनाई लागू गर्नुपर्ने आयोगको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल