- Loading...
तयारीविना अध्यागमन कार्यालय उद्घाटन, भोलीपल्टैबाट बन्द
- घनश्याम खड्का
- २ महिना अघि
- २०८ पटक पढिएको

मन्त्रीको शिलालेखमा नाम राख्ने हतारोहुँदा तयारी विना उद्घाटन गरिएको लोमन्थाङ गाउँपालिका, १ नेचुङ स्थित कोरला अध्यागमन कार्यालय भोलीपल्ट देखी नै बन्द गरिएको छ ।
कात्तिक १४ गते विहान गृहमन्त्री रमेश लेखक हेलिकोप्टरमा कोरला पुगेर अध्यागमन कार्यालय उद्घाटन गरेको भोलीपल्टदेखी तिहान विदासँगै बन्द गरिएको कोरला अध्यागमन कार्यालय त्यसपछि खुलेको छैन । अध्यागमन कार्यालयमा खटाईएका कर्मचारीहरु चिसो वढेकोले अव बैशाखबाट कार्यालय खोल्ने भन्दै घर फर्केका थिए ।
‘अहिले कोरला स्थित नेपाली भन्सार कार्यालय बन्द छ । मन्त्रीले उद्घाटनगरी हेलिकोप्टरमा फर्केपछि कर्मचारीहरुले पनि कार्यालयको ढोकामा चावी लगाएर अव वैशाखमा फर्किन्छौ भन्दै घर फर्केका हुन’ उपल्लो मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोप्पेल विष्टले भने, ‘उता (चिनियाँ) भन्सार जाडो/गर्मीको निहुँमा कहिल्यै वन्द हुँदैन, यता हाम्रो यस्तै हो ।’
समुद्र सतहदेखी ४ हजार ६ सय ५० मिटर उचाईमा अवस्थित कोरला नाका स्थित अध्यागमन कार्यालयमा सरकारले १ जना अध्यागमन अधिकृत, २ जना बरिष्ठ अध्यागमन सहायक, १ जना सहायक लेखापाल, २ जना सहायक कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगीसमेत ८ जनाको दरवन्दी कायम गरी कर्मचारी खटाएको थियो ।
कोरला स्थित अध्यागमन कार्यालय मात्र होईन नाकादेखी १२ किलोमिटर तल नेचुङमा शसस्त्र प्रहरीको विओपीसँगै रहेको भन्सार कार्यालय पनि अहिले बन्द छ । कोरला नाकास्थित नेपाली अध्यागमन/भन्सार कार्यालय बन्द गरिएपनि चिनियाँ अध्यागमन कार्यालय खुल्ला रहेकोले नेपाली ब्यापारी सीमापार तिब्बत पुगेर दैनिक उपभोग्य र केही ब्यापारकालागी सामान ल्याउने गरेका छन ।
‘माथी (कोरलानाका)मा अधिक चिसो छ । तलका कर्मचारीलाई माथी चिसोसँग एडजस्ट गर्न समस्या भएकोले अध्यागमन कार्यालय उद्घाटनमा आएका कर्मचारी फर्केका छन । अध्यागमन विभाग अहिले कर्मचारी ब्यवस्थापनमै लागेको वुझेको छु’ मुस्ताङका प्रमुख अधिकारी विष्णुप्रसाद भुषालले भने, ‘हिउँदका चिसो याममा तल लोमन्थाङ वस्ने र दिउँसो माथी कोरला गै काम गर्नेगरी साधनश्रोतसहित कर्मचारी पपठाउने कुरा छ । अर्न्तराष्ट्रिय नाका भएकोले बैशाखसम्मै त कसरी बन्द गर्न मिल्ला र ?’
कोरोला नाका ब्यवसायीक रुपमा खुल्ला भएसँगै उपल्लो मुस्ताङका लोमन्थाङ र लोघेकरदामोदर कुण्ड गाउँपालिकाका बासिन्दाले परिचय पत्रका आधारमा तिब्बत तर्फ ३० किलोमिटर परसम्मका बजारमा जान/आउन छुट पाउने ब्यवस्था अनुसार सीमापार गरी सामान ल्याउने गरेका हुन ।
त्यसैविच चीनले कोरला नाकाको औपचारिक खुल्ला भएको अवसरमा बार्षिकउत्सव मनाएको छ । कात्तिक २८ गते मुस्ताङ स्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी र जनप्रतिनिधीहरुलाई तिब्बतको झोम्बा काउन्ट्रीमा आमन्त्रणगरी वार्षिकोत्सव मनाएको थियो ।
गत वर्ष कात्तिक २८ गते कोरोला नाकाको चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र नेपालको गण्डकी प्रदेश अर्न्तगत मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उद्घाटन गरेका थिए ।
गण्डकी प्रदेशको नवलपरासीको गैंडाकोटबाट ४ सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक कोरोला नाकामा पुगेपछि तिब्बतको झोङ्वा काउन्ट्री हुँदै २० किमीपर सिगात्सेवाट आएको ‘चाईना नेसनल हाईवे २१९’ सँग जोडिन्छ । मुस्ताङको चीनको स्वसाशित तिब्बतसँग १८–३३ सम्म १६ वटा सीमास्तम्भले १३४.१६ किलोमिटर अर्न्तरष्ट्रिय सीमा जोडिएको छ ।
कोरोला नाकामा चीनियाँ अध्यागमनको आमने–सामने हुनेगरी भन्सार प्रयोजनका पूर्वाधार निर्माण गर्न एक हजार रोपनी जग्गा अधिग्रहण गरिएको भएपनि पूर्वाधार भने बनेका छैनन ।
नेपाल र चीनलाई सडक सम्पर्कले जोड्ने केरुङ र तातोपानी नाकापछि कोरोला तेस्रो नाका हो । नेपाल–चीन विच सात वटा द्विदेशीय ब्यापारिक नाकाहरु (ताप्लेजुङको अलाङचुङगोला, संखुवासभाको किमाथाङ्का, दोलखाको लामाबगर, गोर्खाको लार्के, हुम्लाको यारी र मुगु) पनि छिट्टै खोल्ने सहमति छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
