- Loading...
लोघेकर दामोदरकुण्ड गाउँपालिकाे बजेट ३२ करोड ५८ लाख, चालुमा भन्दा पुँजीगत बढी

- पुनहिल डट कम
- ९ महिना अघि
- ४९१ पटक पढिएको
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले चालु भन्दा पुजिंगत बजेट बढी विनियाेजन गरेकाे छ । आगामी आर्थिक वर्ष २०८२्र/०८३ का लागि प्रस्तुत विनियोजित बजेटमा चालु खर्च भन्दा पुंजिगत खर्च बढी रहेको जनाएको छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिके २० औं गाउँसभा अधिवेशनमा कुल ३२ करोड ५८ लाख ९५ हजार बराबरको बजेट सार्वजनिक गरिएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष छिरिङ ल्हामो गुरुङले गाउँपालिकाको कुल बजेट मध्ये १५ करोड ३१ लाख अर्थात ४७ प्रतिशत बजेट चालु र १७ करोड २७ लाख २४ हजार बजेट पुँजिगत रहेको जानकारी दिनुभयो ।
गाउँपालिकाको विनियोजन गरेको कुल बजेटमा चालु वर्षसम्मको बैंक मौज्याद ५ करोड र आगामी आर्थिक वर्ष संकलन हुने राजश्व २५ लाख प्रक्षेपण गरिएको उपाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।
मुस्ताङकाे मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले चालु भन्दा पुजिंगत बजेट बढी विनिया रहेको छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिके २० औं गाउँसभा अधिवेशनमा कुल ३२ करोड ५८ लाख ९५ हजार बराबरको बजेट सार्वजनिक गरिएको हो ।
उपाध्यक्ष छिरिङ ल्हामो गुरुङले पेश गरेकाे कुल बजेट मध्ये १५ करोड ३१ लाख अर्थात ४७ प्रतिशत बजेट चालु र १७ करोड २७ लाख २४ हजार बजेट पुँजिगत रहेको छ । बजेटमा संघीय राजश्व बाँडफाँड ९ करोड ९५ लाख ५० हजार र प्रदेश राजश्व बाँडफाँड ४२ लाख ३८ हजार रहेको छ । संघीय वित्तिय समानिकरण अनुदान ७ करोड र प्रदेश वित्तिय समानिकरण अनुदान ५० लाख रहेको बजेट वक्तव्यमा उल्लेख छ ।
संघीय सशर्त अनुदान ६ करोड ७६ लाख छ भने प्रदेश सशर्त अनुदान २ लाख रहेको छ । यसैगरी संघीय विशेष अनुदान ७५ लाख र प्रदेश विशेष अनुदान ४० लाख, संघीय समपुरक अनुदान ९३ लाख, प्रदेश समपुरक अनुदान ६० लाख रहेको गाउँपालिका उपाध्यक्ष गुरुङले बताइन ।
पूर्वाधार विकासतर्फ १३ करोड ७७ लाख र सामाजिक विकासतर्फ ६ करोड ३६ लाख बजेट विनियोजन भएको छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























