Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

चट्याङले ४० भेडा मरे

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २८१ पटक पढिएको
चट्याङले ४० भेडा मरे

सोमबार राति परेको चट्याङले ४० वटा भेडा मरेपछि गुठीचौरका किसान चिन्तित भएका छन्। जुम्लाको गुठीचौर गाउँपालिका–४ स्थित डाबालेक पाटनमा चट्याङ लागेर ती भेडा मरेका हुन्।

चट्याङका कारण १५ भेडा घाइते भएका छन्। किसानले बर्खायाममा पाटनमा भेडा चराउने क्षेत्र हो। त्यहाँ गुठीचौर गाउँपालिकाका ४ जना किसानका २ सय भेडा थिए। चट्याङ लागेर नानो भण्डारीका १० वटा भेडा मरेका छन् भने २ वटा घाइते भएका छन्। 

त्यसैगरी मुनबहादुर भण्डारीका ४ वटा भेडा मरेका छन् भने २ वटा घाइते भएका छन्। त्यस्तै मुनिप्रसाद अधिकारीका १७ वटा मरेका छन् भने ७ वटा घाइते भएका छन्।

त्यसैगरी देवीप्रसाद अधिकारीका ९ वटा भेडा मरेका छन् भने ४ वटा घाइते भएको गुठीचौर गाउँपालिका इलाका प्रहरी कार्यालयका इन्चार्ज कमल श्रेष्ठले बताए। उनले भने, ‘चट्याङले ४० वटा भेडा मरे र १५ वटा घाइते छन्।’

प्रहरीका मुुचुल्का अनुसार साढे ६ लाख बराबरका भेडा मरेका छन्। स्थानीय मुनिप्रसाद अधिकारीले आयस्रोतको माध्यम भेडा मारिएकोमा दुःख लागेको बताए।

 

यहाँका किसानले भेडा बेचेर घरपरिवारका लत्ताकपडा, छोराछोरीको स्कुल खर्च चलाउने गरेका छन्। चट्याङले भेडापालक किसानमाथि बज्रपात परेको गुठीचौर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरिले बताए।

उनले भने, ‘विपद् कति बेला आउँछ, थाहै हुँदैन। हामीले चाहेर पनि रोक्न सक्दैनौं।’ उनले भेडापालक किसानहरूलाई राहत दिन गाउँपालिकामा छलफल गरिने बताए।

गुठीचौर क्षेत्रका अधिकांश नागरिकको मुख्य आम्दानीको स्रोत भेडापालन हो। पशु अस्पताल तथा पशु सेवा कार्यालयका जुम्लाका प्रमुख गोविन्द महतले प्रहरीको मुचुल्का, मरेका भेडाका फोटा, वडाको सिफारिस र सम्बन्धित किसानको नागरिकताको प्रतिलिपि लिएर किसानले जिल्ला प्रशासन कार्यालयले दिनुपर्ने हुन्छ ।  *थाहाखवरबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल