- Loading...
पाकिस्तानका कान्छा आरोही मनास्लुको चुचुरोमा
- पुनहिल डट कम
- ३ साल अघि
- २६८ पटक पढिएको

पाकिस्तानका १९ वर्षीय शेरोज काशिफ नेपालको मनास्लु हिमालको सफलतापूवक पाइला टेकेका छन्। विश्वको सर्वोच्च शिखर ‘सगरमाथा’ र दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’ चढिसकेका कान्छा हिमाल आरोही काशिफ आज(शनिबार) बिहान ६ बजेर २५ मिनेटमा मनास्लु हिमाल चढेका छन्।
पाकिस्तानका १९ वर्षीय शेरोज काशिफले शनिबार बिहान ६ बजेर २५ मिनेटमा मनास्लुमा पाइला टेकेका सेभेन समिट ट्रेक्सले फेसवुक पेजमा जनाएकाे छ ।
काशिफले कलिलो उमेरदेखि नै हिमाल चढ्न सुरु गरेका हुन् । काशिफले यसै वर्षको जुलाई २८ मंगलबार बिहान १० बजेर १० मिनेटमा ‘माउन्ट केटु’ (८६११ मीटर) चढेका थिए । यसअघि मे ११, २०२१ को दिन १९ वर्षको उमेरमै उनले विश्वकै सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि.) चढेर पाकिस्तानकै कान्छा हिमाल आरोही बनेर कीर्तिमानी कायम गरेका थिए । उनले १७ वर्षको उमेरमै ८०४९ मिटरको ब्रोड पिकसमेत चढेका थिए ।
त्यसैगरी, उनले ११ वर्षको उमेरमा मकरा पीक (३८८५), १२ वर्षको उमेरमा मुसा कामुसल्ला (४०८० मिटर) र चम्ब्रा पीक (४६०० मीटर), १३ वर्षमा मंगलिकसर (शिमशल, ५०५० मिटर), १४ वर्षमा गोन्डोगोरो ला के२ बेस क्याम्प (५५८५ मीटर), १७ मा खुर्दो पिन पास (५८०० मिटर), १७ मा ब्रोड पीक (८०४७ मि) र १८ वर्षको उमेरमा खुसार गङ (अल्पाइन शैली ६०५० मिटर) चढिसकेका छन् ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
