Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

नेपालबाट आयातभन्दा दोब्बर बढी विद्युत भारतमा निर्यात

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २६४ पटक पढिएको
नेपालबाट आयातभन्दा दोब्बर बढी विद्युत भारतमा निर्यात

नेपाल पहिलोपटक आयातभन्दा दोब्बर बढी परिमाणमा भारतलाई विद्युत निर्यात गरेको छ।

नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार भारतबाट २३ मेगावाट मात्रै विदयुत आयात हुँदा निर्यात भने ५६ मेगावाट भएको छ। आयातित ऊर्जा ५ लाख २७ हजार युनिट छ भने निर्यात करिब ५ लाख युनिट रहेको छ। यसअघि कहिल्यै नेपालबाट भारतमा निर्यात हुने विद्युतको परिमाण आयातभन्दा बढी नभएको भारप्रेषण केन्द्रले जनाएको छ।

पछिल्लो समय माथिल्लो तामाकोशीलगायत निजी क्षेत्रका आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि प्राधिकरणले आयात ह्वात्तै घटाएको हो।

पछिल्लो तथ्यांकअनुसार अहिले प्राधिकरणका आयोजनाबाट ४३७ मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४२२ मेगावाट र निजी क्षेत्रबाट ४८३ मेगावाट विद्युत उत्पादन भएर राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध छ। प्राधिकरणको ८५ लाख ८० हजार युनिट, सहायक कम्पनीबाट ७७ लाख २७ हजार युनिट र निजी क्षेत्रबाट एक करोड १७ लाख ५८ हजार युनिट खपत भइरहेको छ।

पछिल्लो समय भने दैनिक ४ लाखदेखि ५ लाख युनिटसम्म विद्युत भारतमा निर्यात भइरहेको छ। भारतबाट हिउँदमा भने दैनिक पौने २ करोड युनिटसम्म विद्युत आयात भएको रेकर्ड छ। निर्याततर्फ भने धेरैजसो समय दैनिक १ लाख युनिट हाराहारीमात्रै निर्यात हुने गरेको थियो।

यसअघि गत वैशाख १५ गते नेपालले भारतबाट एकैदिन करिब १ करोड ८३ लाख युनिटसम्म विद्युत आयात गरेको थियो। जुन अहिलेसम्मकै उच्च हो। त्यतिबेला प्राधिकरणले विकास गरेका आयोजनाबाट ५८ लाख ३६ हजार युनिट र प्राधिकरणका सहायक कम्पनीसहित निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट कुल ४८ लाख २३ हजार युनिट उत्पादन तथा आपूर्ति भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल