- Loading...
एमाले राष्ट्रिय महाधिवेशन १०-१३ मंसीरमा, नेपालको साथ छाडेका नेताहरू बैठकमा सहभागी
- पुनहिल डट कम
- ३ साल अघि
- २५० पटक पढिएको

मंगलबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकले मंसीरमा महाधिवेशन गर्ने निर्णय गरेको एमाले सचिव प्रदीप ज्ञवालीले बताए। स्थायी कमिटीका निर्णयबारे जानकारी दिंदै सचिव ज्ञवालीले महाधिवेशनको मिति तय गरिएको बताए।
महाधिवेशनको मिति तय भएसँगै विधान अधिवेशन पनि सरेको छ। अब एमाले विधान अधिवेशन ५ र ६ असोजमा हुने भएको छ। यसअघि २७ र २८ भदौमा गर्ने तय गरिएको थियो।
त्यसैवीच पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको साथ छाडेका दोस्रो पुस्ताका नेताहरू नेकपा (एमाले) स्थायी कमिटी बैठकमा सहभागी भएका छन्।
उनीहरू मंगलबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकमा सहभागी भएका हुन्। सर्वोच्च अदालतको फैसलाले गत २३ फागुनमा एमाले र माओवादी ब्युँतिएपछि नेपाल पक्षका नेता अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी भएका थिएनन्।
नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका छन्। एकीकृत समाजवादी पार्टीमा नगएर एकताका लागि पहल गर्दै आएका अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई लगायतका नेताहरू बैठकमा सहभागी भएका हुन्।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
