Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

महासंघको वरिष्ठ उपाध्यक्षमा ५४.२६% मतसहित चन्द्र ढकाल विजयी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ४७६ पटक पढिएको
महासंघको वरिष्ठ उपाध्यक्षमा ५४.२६% मतसहित चन्द्र ढकाल विजयी

निकै कडा प्रतिस्पर्धाका बीच नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले जित हासिल गरेका छन् ।

भर्खरै सम्पन्न मतगणनाअनुसार वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी ढकालले जित हासिल गरेका हुन् । निर्वाचन समितिका अनुसार ढकालले ५४.२६ मत ल्याएर जित हासिल गरेका हुन् । उनका प्रत्यासी प्रधानले ४५.७४ प्रतिशत मत मात्र ल्याए ।

ढकालले ५० प्रतिशत मतभार रहेको जिल्लानगरबाट आफ्ना प्रत्यासी किशोर प्रधानभन्दा १ मत मात्र काम पाए । तर, ३० प्रतिशत मतभार रहेको एशोसिएट र २० प्रतिशत मतभार रहेको वस्तुगततर्फ भने प्रधानलाई केही फराकिलो अन्तरले पछार्न सफल भए ।

जिल्लानगरतर्फ खसेको कुल १०५ मतमध्ये ५३ मत किशोर प्रधानले पाएका थिए भने ५२ मत चन्द्र ढकालले पाएका थिए । यस्तै, वस्तुगततर्फ ढकालले ५९ मत प्राप्त गरेका थिए भने किशोर प्रधानले ३९ मत प्राप्त गरे । यसरी वस्तुगतमा चन्द्र ढकालले कुल खसेको मतको ५८.४१ प्रतिशत, किशोर प्रधानले ३८.६१ प्रतिशत मत प्राप्त गरे ।

वस्तुगतर्फ १०१ मत खसेको थियो । जसमध्ये ३ मत बद्धर भएको थियो । यो समूहतर्फको मतभार २० प्रतिशत रहेको छ । यसैगरी, एशोसिएटतर्फबाट वरिष्ठ उपाध्यक्षका लागि खसेको मतगणना गरिएको थियो । जसअनुसार वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार चन्द्र ढकालले ५२२ मत पाए । उनका प्रत्यासी किशोरकुमार प्रधानले ३७४ मत मात्रै पाए । यसरी एशोसिएटतर्फ चन्द्रप्रसाद ढकालले कुल खसेको मतको ५८.०६४ प्रतिशत मत पाएका छन् भने प्रधानले ४१.६० प्रतिशत मत पाएका छन् । ०.२२२ प्रतिशत मत बद्धर भएको छ ।

एशोसिएटतर्फ खसेको कुल ८९९ मतमध्ये २ मत बद्धर भएको थियो । यसतर्फको मतभार ३० प्रतिशत हो । एशोसिएटतर्फको उपाध्यक्षमा पनि चन्द्रप्रसाद ढकाल प्यानलका रामचन्द्र संघाई विजयी भए । यस्तै, जिल्लानगरतर्फका उपाध्यक्ष पदमा प्रधान प्यानलका दिनेश श्रेष्ठ र वस्तुगततर्फ पनि प्रधान प्यानलकै अञ्जन श्रेष्ठ विजयी भए ।

जिल्लानगरबाट कार्यसमिति सदस्यमा प्रधान समूहका बहुसंख्यक उम्मेद्वार विजयी भए । वस्तुगततर्फ दुवै पक्षका बराबर सदस्य निर्वाचित भएका छन् । एशोसिएटतर्फका सदस्य पदमा पनि मिश्रित परिणाम आयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल