- Loading...
कोरोना कहरविच विश्वामित्र सहकारीको ४५ लाखबढी संञ्चालन मुनाफा
- पुनहिल डट कम
- ४ साल अघि
- २५५ पटक पढिएको

विश्वामित्र वचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष ०७६/०७७ मा ४५ लाख ३८ हजार २ सय ४३ रुपैयाँ संञ्चालन मुनाफा आर्जन गरेको छ ।
संस्थाको बेनी न्युरोड स्थित मुख्यालयमा मंगलवार सिमिति सदस्यहरु विच आयोजित १० औं स्थापना दिवस तथा ९ औं साधारण सभामा मुनाफा प्रस्ताव गरेको हो । कोरोना महामारीको विषम परिस्थितीका कारण संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन सवै शेयर सदस्यको हातमा पुर्याई लिखित सुझाव मागेपछि समावेश गरी प्रतिवेदन अनुमोदन गर्ने संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष यामबहादर बानियाँको अध्यक्षता र सचिव तुलसी सापकोटाले संञ्चालन गरेको साधारण सभामा प्रमुख अतिथि बेनी नगरपालिका, ६ का वडाध्यक्ष एवं संस्थाा पूर्वअध्यक्ष कृष्णबहादुर बानियाँले स्थापना दिवस तथा साधारण सभा पूर्ण सफलताको शुभकामना ब्यक्त गरे ।
४ सय ८७ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ३ करोड २२ लाख ४३ हजार रहेको छ । संस्थाले गत आवमा कर्जा लगानी १६ करोड ७ लाख २५ हजार ५ सय ३० र १६ करोड ३२ लाख ५४ हजार १ सय ६ रुपैयाँ निक्षेत्रप संकलन भएको कोषाध्यक्ष गीता बोगटीले बताईन ।
संस्थाले मानवीय सहायता कोषबाट बेनी नगरपालिका, ६ नम्बर वडा कार्यालय मार्फत बाढीपहिरोबाट पूर्ण विस्थापित भएको बेनी नगरपालिका, ६ का पीडितको घर पुन:निर्माण गर्न ५० हजार आर्थिक सहयोग गरेको छ । त्यस्तै बौद्धिक अपाङ्गता अभिभावक संघलाई १० हजार आर्थिक सहयोग गरेको जनाएको छ ।
‘कोरोना कहरको विषमपरिस्थितीले गर्दा अघिल्ला बर्ष झै संस्थाको साधारण सभा तामझामसाथ गर्न संभव नभएपछि हरेक शेयर सदस्यको हातमा प्रतिवेदन पुर्याई, लिखित वा मौखिक सुझाव प्राप्त गरेपछि सुझाव समावेशगरी प्रतिवेदन कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने कार्यसूचि रहेको छ’ संस्थाका अध्यक्ष यामबहादुर बानियाँले बताए ।
संस्थाको ९ औं साधारण सभाले उत्कृष्ट कारोवार गर्ने शान्तबहादुर क्षेत्री, तेजबहादुर बानियाँ, मुक्ति खड्का, उत्कृष्ट वचतकर्तामा लक्ष्मी खत्री, मुनस्टोन प्रालि ध्रुव महत र सुरत खत्री तथा असल ऋणीमा रेखा बानियाँ कुँवरलाई नगद, करुवा र कदर पत्रले सम्मान गरेको थियो ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
