- Loading...
हिमाल चढ्न नेपाल आए बहराइनका राजकुमार
- पुनहिल डट कम
- ४ साल अघि
- ३१३ पटक पढिएको

बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली हिमाल आरोहणका लागि बुधबार नेपाल आएको छ।। टोलीमा १५ जना बहराइनका र ३ जना बेलायती रहेका छन्। राजकुमार नासिरले लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछन्।
कोरोना महामारीका कारण रोकिएको हिमाल आरोहण राजकुमार नासिरका लागि खोलिएको हो। सरकारले राजकुमार नासिरलाई हिमाल आरोहणका लागि अनुमति दिने निर्णय यसअघि नै गरेको थियो।
पर्यटन विभागका अनुसार टोलीका सदस्य बहरानको सैनिकसँग आबद्ध छन्। राजकुमार आफैं पनि बहराइन सैनिक (बहराइन गार्ड) का कमान्डर हुन्।
राजकुमार नासिरको यो नेपाल भ्रमण निजी भ्रमण भएकाले कुनै औपचारिक भेटवार्ताको कार्यक्रम भने नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रका प्रवक्ता भरतराज पौडेलले राजकुमार भ्रमण निजी भएकाले नेपाल सरकारको तर्फबाट त्यस्तो कुनै औपचारिक कार्यक्रम तय नगरिएको बताए।
चार्डर्ट उडानमार्फत नेपाल उड्ने बहराइनी राजकुमारको टोलीलाई बहराइनस्थित नेपाली राजदूतासको टोलीले विदाई गरेको थियो। बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससहितको टोलीले उनलाई विदाई गरेको थियो। राजदूत सुन्दासले राजकुमार नासिरले हिमाल चढने कार्यक्रम रहेको जनाए। तस्वीर सौजन्य : नेपाली दूतावास (मान्मा)

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
