- Loading...
फेरि पूर्ण लकडाउन हुँदैन, त्रस्त नबन्नू: सरकार
- पुनहिल डट कम
- ४ साल अघि
- १९१ पटक पढिएको

सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले पुनः पूर्ण लकडाउन हुन्छ कि भनेर त्रस्त नहुन नागरिकहरुलाई आग्रह गरेका छन् ।
मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचारमन्त्री समेत रहेका डा. खतिवडाले त्यस्तो आग्रह गरेका हुन् ।
उनले पहिलाजस्तो पूर्ण लकडाउन लगाउने विषयमा सरकारले नसोंचेको र त्यस्तो नहुने पनि प्रष्ट पारे ।
‘पहिलाजस्तै पूर्ण लकडाउन हुन्छ कि भनेर त्रस्त हुनुपर्ने कुनै कारण छैन ।’ उनले थपे-‘चैत ११ गतेकोजस्तो लकडाउनको विषयमा सरकारले केही पनि सोंचेको छैन ।’
डा. खतिवडाले संक्रमण बढेको ठाउँलाई शिल गरी आवातजावत तथा मानवीय गतिविधिलाई नियन्त्रण गर्ने र यही नीति अनुरुप देशका कतिपय जिल्लामा पूर्ण लकडाउन लागेको अवस्था रहेको उल्लेख गर्दै देशैभर एकैपटक सोलोडोलो ढंगले लकडाउन नहुने प्रष्ट पारे ।
कोरोना भाइरसको संक्रमण दर र जोखिमको अवस्था हेरेर स्थानीय सरकार र प्रशासनले लकडाउनको विषयमा निर्णय गर्नसक्ने उनको भनाई छ। पूर्ण लकडाउन हुँदा अर्थतन्त्र डामाडोल भएको स्वीकार गर्दै सरकार फेरि त्यो पक्षमा नरहेको बताए ।
भदौ १ गतेदेखि सुरु गर्ने भनिएको हवाई उडान, लामो दूरीको यातायातका साधन लगायतको विषयमा यसअघि भएका निर्णय पुनरविचार हुनसक्ने उनको भनाई थियो ।source-bizshala.com

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
