- Loading...
नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु
- पुनहिल डट कम
- ४ साल अघि
- १६० पटक पढिएको

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार राति ७ बजे महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।
प्रतिष्ठानमा आउदा नै सिकिस्त अवस्थामा रहेका ती वृद्धलाई शुरुमा आइसियुमा राखेर उपचार गरिएको थियो । उनको पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि हिजो आइसियुबाट आइसोलेसनमा स्थानान्तरण गरिएको थियो । बिरामीमा रुघाखोकी र ज्वरो आएको थियो ।
अस्पताल ल्याएको दिन उनको स्वाब परीक्षण गरिएको थियो । सोही दिन पोजिटिभ आएको अस्पतालका प्रवक्ता डा दिनेश सापकोटाले जानकारी दिनुभयो ।
‘उहाँ वीपीमा उपचारमा आउँदा नै निक्कै सिरियस हुनुहुन्थ्यो, त्यसैले आइसियुमा राखेर उपचार भएको थियो,’ प्रवक्ता डा सापकोटाले भन्नुभयो, ‘पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेका थियौं, निधन भयो ।’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
