Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

भारत हिँडेकी सरिता गिरीलाई प्रहरीले सीमाबाटै फर्काइदियो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०७ पटक पढिएको
भारत हिँडेकी सरिता गिरीलाई प्रहरीले सीमाबाटै फर्काइदियो

संविधान संशोधनको विषयलाई लिएर विवादमा तानिएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई भारत जाँदै गर्दा सिरहा प्रहरीले सीमा नाकाबाटै फर्काइदिएको छ।
मंगलवार दिउँसो सांसद गिरी सिरहाको भगवानपुर गाउँपालिकामा पर्ने ठाडी नाका हुँदै भारत प्रवेश गर्न खोजेकी थिइन् । तर नेपाल प्रहरीले उनलाई भारत तर्फ जान  दिएनन् । उक्त सीमा–नाकामा लकडाउन लगत्तै बाँसको तघारो हालेर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बाटो अवरुद्ध गरेका छन् ।
सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले सरकारले नाका सिल गरेका कारण ठाडी नाकाबाट भारत जान नदिएको बताए । उनले भने, ‘भारत जान चाहनेका लागि ठाडी नाका भारत र नेपाल सरकार दुबैले उताबाट आउनेलाई उतै र यताबाट यतै रोक्ने गरी सहमतिमा बन्द गरिएको छ । त्यसैले उहाँलाई सिमाबाट फर्कायौं ।’
भारत प्रवेश गर्न नपाएपछि उनी लहानतर्फ फर्केकी छिन् । भारत माइत भएकी उनको घर लहान नगरपालिकाको बस्तीपुर गाउँ हो । स्रोतका अनुसार उनी फर्केर बस्तीपुर पुगेकी छन् । लिपुलेक, लिपियाधुरा र कालापानी क्षेत्र भारतको रहेको भन्दै संविधान संशोधनमा पार्टीको सल्लाहबिना संशोधन प्रस्ताव दर्ता गराएपछि उनी विवादमा तानिएकी छन् । उनलाई पार्टीले कारबाही गर्ने चेतावनीसमेत दिइसकेको छ।
sorce -www.thahakhabar.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल