Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

मुस्ताङ्गका गाउँपालिकाले अस्वीकार गरेपछि चिनियाँ राहत बाटोमा अलपत्र

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १६६ पटक पढिएको
मुस्ताङ्गका गाउँपालिकाले अस्वीकार गरेपछि चिनियाँ राहत बाटोमा अलपत्र

चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाली छिमेकीलाई राहत स्वरुप पठाएको खाद्यान्न समेतका सामाग्री उपल्लो मुस्ताङ्गका गाउँपालिकाले अस्वीकार गरेपछि सडकमा ललपत्र परेको छ ।
विश्वब्यापी महामारीको रुमा फैलिएको कोरना भाईरस संक्रमण भित्रन सक्ने त्रासले गाउँपालिकाहरुले यस वर्ष तिब्बतको ढोङ्वासिं काउण्ट्रीले पठाएको सहयोग अस्वीकार गरेको हो । चीनको तिब्बत स्थित ढोङ्वासिं काउण्ट्रीले सीमावर्ती लोमन्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकालाई विगत वर्ष झै झै गत वैशाख २६ गते ६ वटा ट्रकमा राखेर पठाएको खाद्यान्न, तरकारी, स्वास्थ्य सामाग्री लोमन्थाङ–कोरला सडक छोसेर खण्डकमा कोरला नाकादेखी करिव १२ किमी तल नेचुङ्ग भन्सार नजिकै सडकमा अलपत्र छ ।
लोमन्थाङ–कोरला सडक नेचुङ्ग नजिकै विग्रेकोले नेपाली पक्षसँग सम्पर्क र समवन्यय नगरी राहत सामाग्री लिएर नेपाल पसेका चिनिय्रा ट्रक रोकिएका थिए । ट्रकहरु तल लोमन्थाङ्ग झर्न नसक्ने भएपछि तिब्बती पक्षले राहत सामाग्री लोमन्थाङ्ग गापा, ५ छोसेरका वडाध्यक्ष नवाङकुङ्गा लामालाई बुझाएर फर्केका थिए । वडाध्यक्ष लामाले सहयोग सामाग्री बुझेर सडक छेउमा त्रिपालले छोपेर छोडेका छन ।
‘नेपाली पक्ष (स्थानीय/प्रेदश/संघ)सँग समवन्यय नै नगरी सामाग्री पठाएछ । हामीले कोरनाको त्रासका विच बाहिरबाट केही सामाग्री नलिने निर्णय गरेका थियौं । जनताले राहत भन्दा ज्यान ठूलो भएकोले राहत अस्वीकार गर्न सुझाएकोले राहत फिर्ता लैजान छिमकीलाई अनुरोध गरेका छौं’ लोमन्थाङ्ग गाउँपालिका अध्यक्ष सुवर्णकुमार विष्टले भने, ‘चिनियाँ पक्षलाई यो वर्ष सहयोग स्वीकार गर्न सक्दैनौं । विगत बर्षका सहयोगमा आभारी छौं, भविश्यमा पनि सहकार्य गर्ने छौं तर यो वर्ष कोरना संक्रमणको त्रासले गर्दा सहयोग लिन सक्दैनौं, फिर्ता लैजानुस भनेका छौं ।’
चिनियाँ पक्षले १ हजार वोरा चामल, २ सय वोरा दाल, ३ हजार लिटर खानेतेल, ३० बेरा नुन, ५० बेरा चिनी समेत । मास्क, थर्मल गन, सेनिटाईजर लगाएत स्वास्थ्य सामाग्री रहेको बताईएको छ । तर लोमन्थाङ्ग गाउँपालिकाले भने बाटोमा अलपत्र रहेको राहत सामाग्रीमा के के छ जानकारी नभएको बताएको छ ।
मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले पहिला देखी नै सीमावर्ती काउन्ट्रीबाट सहयोग लिने गरिएको रहेछ । खाद्यान्न, स्वास्थ्य सामाग्री समेतका सहयोग सामाग्री रहेको अनौपचारिक जानकारी आएको छ । औपचारिक रुपमा तिब्बतबाट सहयोग सामाग्री पठाएको र स्थानीय सरकारहरुले सहयोग लिएको दुवै जानकारी प्राप्त नभएको बताए । चीनको तिब्बत सरकारले बर्षेनी मुस्ताङ समेत सीमावर्ती हुम्ला, जुम्ला, रसुवा, डोल्पाका वस्तीमा खाद्यान्न समेत सहयोग पठाउँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल