FLASH NEWS
  • Loading...

लकडाउनमा पनि आलोपालोमा खुल्छन म्याग्दीका बैंक

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २७५ पटक पढिएको
लकडाउनमा पनि आलोपालोमा खुल्छन म्याग्दीका बैंक

एक महिनालामो लकडाउनले अस्तब्यस्त बन्दै गएको जनजीवनलाई सहज बनाउन म्याग्दीका बैंक तथा वित्तिय संस्था साप्ताहिक पालो मिलाएर खुल्न थालेका छन ।
कोरना भाईरस कोभिड–१९ कन्ट्रोल जिल्ला कमाण्ड पोष्टले वार अनुसार दैनिक दुई बाणिज्य वैंक तथा १ विकास वैंक र वैंकसँगको कारोवारको आधारमा दैनिक चार वटा वचत तथा ऋण सहकारी संस्थाले कारोवार गर्न थालेका हुन ।
‘सर्वसाधारणको घरमा मौजाद नगद तथा खाद्यान्न सकिएको र बजारमा पनि खाद्यान्न समेत अत्यावश्यक वस्तुको भुक्तानी गर्न, स्थानीय तहमा शिक्षक, कर्मचारी तलव खुवाउन समेत वैंक तथा वित्तिय संस्था खोल्नु पर्ने भयो’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘साप्ताहिक आलोपालो सिस्टममा खोल्ने ब्यवस्था गरिएकोले लकडाउनको उल्ल◊न पनि खासै नहुने र सर्वसाधारणको दैनिकीमा समेत राहत पुग्ने ठानेका छौं । सेवा प्रदायकले यो वेला सामाजिक दुरी अनिवार्य कायम राख्ने लगाईएको छ ।’
सदरमुकाममा मात्र होईन यी वैंकले गाउँपालिकामा रहेका आ–आफ्ना शाखाहरु पनि सोही तालिका अनुसार खुल्ने ब्यवस्था मिलाईएको छ । जिल्लामा ४ विकास वैंक समेत २२ वटा बाणिज्य वैंकले सेवा प्रवाह गरिरहेका छन । त्यसैगरी सदरमुकाम क्षेत्रमा उत्तिकै सख्यामा वचत तथा ऋण सहकारी संस्थाले दैनिक निक्षेप संकलन तथा भुक्तानी गर्छन । लघुवित्त कम्पनीहरुलाई भने तत्कालकालागी कारोवार गर्न खुल्ला गरिएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल