- Loading...
अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख

- पुनहिल डट कम
- ९ महिना अघि
- ५१४ पटक पढिएको
‘समृद्ध अन्नपूर्ण निर्माणको आधार ः दीगो कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने मूल नारासहित आर्थिक वर्ष २०८२्.८३ कालागी कुल ६० करोड ७६ लाख दुईहजार रुपैयाँ बराबरको बजेट ल्याएकाे छ ।
गाउँ सभाको २१औं अधिवेशनबाट कुल बजेटको चालुतर्फ ३७ करोड ५३ लाख १२ हजार चारसय ३५ रुपैयाँ अर्थात् ६१ दशमलव ७६ प्रतिशत र पूँजीगततर्फ २३ करोड २२ लाख ९० हजार तीनसय ५८ रुपैयाँ अर्थात् ३८ दशमलव २३ प्रतिशत बजेट विनियोजन गरिएको उपाध्यक्ष दीवा तिलिजाले बताइन ।
अधिवेशनले बजेट पेश हुन अघि गाउँपालिका अध्यक्ष भारतकुमार पुनले पेश गरेकाे अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम पारित गरेकाे थियाे ।
बजेटमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नौ करोड ३२ लाख, राजश्व बाँडफाँड १० करोड ५९ लाख ६१ हजार र सर्शत अनुदान २१ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
यसैगरी गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९६ लाख १६ हजार, विशेष अनुदान ४० लाख, समपुरक अनुदान ६० लाख, प्रदेशको सवारी कर बाँडफाँडबाट प्राप्त हुने रकम एक करोड चारलाख ९८ हजार र आन्तरिक राजश्वतर्फ दुई करोड १२ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
आगामी आर्थिक वर्षको लागि अल्यातर्फ अनुमानित आठ करोड ५५ लाख ५२ हजार चारसय ४८ रुपैयाँ अनुमान गरिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । प्रस्तुत बजेटमध्ये सामाजिक विकासतर्फ २७ करोड ६८ लाख ५२ हजार अर्थात् कुल बजेटको ४५ दशमलव ५६ प्रतिशत रहेको छ । भौतिक पूर्वाधार विकासतर्फ २० करोड ९६ लाख ४४ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३४ दशमलव ५० प्रतिशत बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, खेलकुद विकासअन्तर्गत खेलकुदजन्य कार्यक्रमहरु सञ्चालन गर्न १२ लाख रुपैयाँ, कला, संस्कृति तथा मनोरञ्जन क्षेत्रअन्तर्गत स्थानीय भाषा तथा संस्कृति संरक्षण एवं प्रवद्र्धनको लागि २४ लाख ५० हजार, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ५९ लाख ५० हजार, खानेपानी तथा सरसफाइतर्फ ५६ लाख ३० हजार तथा फोहोरमैला व्यवस्थापन गर्न छ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
बजेटमा पालिका भवन, आवास तथा सहरी विकासअन्तर्गत जग्गा प्राप्ति गर्न एक करोड १२ लाख रुपैयाँ, ७ नम्बर वडा हिस्तानसहित अन्य सामुदायिक भवन तथा आवासको लागि ११ करोड २९ लाख ९४ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























