FLASH NEWS
  • Loading...

कस्ले लगाउँछ बारम्बार डोजरमा आगो ?

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९६ पटक पढिएको
कस्ले लगाउँछ बारम्बार डोजरमा आगो ?

जिल्लामा पटक–पटक पार्किङ गरेका डोजर/स्काभेटरमा आगो लाग्ने गरेपनि प्रहरीले कुनै पनि घट्नामा दोषी पत्ता लगाउन सकेको छैन ।
पछिल्ला ६ महिनामा बेनी–दरवाङ्ग सडक छेउ म्याग्दी नदी किनारामा गिटीवालुवा उत्खननमा संलग्न रहेका २ छुट्टाछुट्टै घट्नामा ५ वटा डोजर/स्काभेटरमा आगो लगाई ध्वस्त पारिएको छ ।

पछिल्लो पटक सोमबार राती १२.३० बजे मालिका गाउँपालिका, ६ तोलवाङ स्थित म्याग्दी नदी किनारामा पार्किङ गरी राखेका बेनी–दरवाङ सडक कालोपत्रे गर्ने काममा संलग्न क्याराभान कन्ट्रक्सनका बा २ क ७००४ नम्बरको जेसिवी र बा २ क ९२१० नम्बरको सोही कम्पनीका स्काभेटरमा अज्ञात समुहले आगो लगाएको छ ।
‘सडक निर्माणमा संलग्न दुई वटा स्काभेटरमा राती आगो लगाईएको छ । विप्लव समुहले ठेकदारले चन्दा नदिँदा आगो लगाएको आशंका गरिएको छ तर प्रमाणित भएको छैन’ जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले भने, ‘घट्नाको विविध कोणबाट अनुसन्धान सुरु गरेका छौं ।’
यस अघि गत भदौ २५ गते राती निर्माण ब्यवसायी म्याग्दीका अध्यक्ष नारायण जिसीको बेनी नगरपालिका, ५ बगुवाखोला स्थित क्रसर उद्योग छेउमा पार्किङ गरी रोखका दुई वटा स्काभेटर र एउटा ट्रिपरमा आगो लगाईएको थियो । यस घट्नामा माओवादीको प्रिय रंग रातोको सट्टा कालो ब्यानरमा विप्लव समुहको जनपरिषद लेखिएकोले थियो । जिसीको क्रसरमा दुई बर्ष अघिपनि अज्ञात समुहले स्काभेटरमा आगो लगाई क्षति पुर्‍याईएको हो ।
दुवै घट्नामा प्रतिवन्धीत विप्तल समुहले गराएको भनिएपनि प्रहरीको छानविनमा विप्लव समुहले नै आगो लगाएको प्रमाणित गरेको छैन । प्रहरीले पटक–पटक विप्लव समुहका कार्यकर्ता पक्राउ गर्दै डोजरमा आगो लगाएको मुद्धा चलाउने गरेपनि अदालतमा प्रमाणित भएका छैनन । ०७६ कात्तिक ८ गते राती बेनी नगरपालिका, ३ भकिम्लीमा एनसेलको टावर मर्मत गरी फर्किएको र सडकमा पार्किङमा राखिएको बोलेरो जीप पनि अज्ञात समुहले आगो लगाएको थियो ।
‘डोजरमा आगो लगाउने अपराधीसम्म पुग्न सकेका छैनौं । सप्रमाण तथ्य प्रस्तुत नहुँदा अदालतमा हाम्रो अनुसन्धान फितलो बनेको छ’ जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत ध्रुवप्रसाद शर्माले भने, ‘घट्नामा क्षति ब्यहोरेका पीडित पक्षले कतिपय तथ्य लुकाउने र अनुसन्धानमा असहयोग गर्दा पनि अपराधीसम्म पुग्न कठिन भएको हो । हामी निरन्तर लागेका छौं ।’
तीन वर्ष अघि सदरमुकाम बेनी नगरपालिका, ५ बगुवाखोला स्थित नजिकै बेनी–गलेश्वर खण्डमा पर्ने सेती पहिरो स्थित डम्पङ साईट छेउमा पार्किङ गरिएका बा १ क २७५६ र एसीएस एभरेष्ट कन्ट्रक्सनको बा १ क ६५२३ नम्बरका डोजरमा आगो लगाईएको थियो । जीर्ण उपकरणमा आगो लगाईएकोमा ‘वीमा क्लेम गर्न’ अज्ञात समुह मार्फत आगो लगाईएको आशंका गरिएको उक्त घट्नालाई तत्कालिन प्रहरीले छानविन नै नगरी फाईल वन्द गरेको बताईन्छ ।
‘कसैले पनि भेटेर वा फोनमा पनि कुनै चन्दा वा अन्य विषयमा बार्गेनिङ गरेको छैन । तर घट्नास्थलमा ब्यानर राखिएको थियो । हामीलाई जानकारी भएको तथ्य प्रहरीलाई दिएका हौं’ निर्माण ब्यवसयाी संघका जिल्ला अध्यक्ष समेत रहेका जिसी क्रसर उद्योगका नारायण जिसीले भने, ‘सवै घट्नाको प्रकृति उस्तै नहुन सक्छ पनि । विप्लवलाई देखाएर स्वाद फेर्ने पनि होलान ।’
त्यसैगरी बेनी–दरवाङ्ग सडक खन्ने क्रममा ०५६ सालमा तत्कालिन माओवादीले बाबियाचौरमा पहिलो पटक डोजरमा विष्फोटन गराई क्षति पुर्‍याएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल