Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

हिमालय क्षेत्र ‘देवताहरूको वासस्थान’

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३२ पटक पढिएको
हिमालय क्षेत्र ‘देवताहरूको वासस्थान’

हिमालय क्षेत्र ‘देवताहरूको वासस्थान’ हो भन्ने विश्वास र बुझाइलाई सम्मान गर्दै बढ्दै गएको फोहोर, पर्वतारोहीहरूको बढ्दो चाप र अन्य कारणले वातावरणमा परेको प्रभावको दीर्घकालीन समाधान बारे बहसका लागि पाँचौँ सस्टेनेवल समिट कन्फरेन्स २०२० हुने भएको छ ।
बिहीबार आयोजकले पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार समिट आउँदो ज्येष्ठ १९ गतेदेखि २३ गतेसम्म काठमाडौँमा हुने छ ।
पत्रकार सम्मेलनमा आयोजक समितिका सदस्य नीति अनुसन्धान परिषद्का अध्यक्ष डा. गणेश गुरुङले दिएको जानकारी अनुसार हिमालय क्षेत्र ‘देवताहरूको वासस्थान’ हो भन्ने विश्वास र बुझाइलाई सम्मान गर्दै त्यस भेगको वातावरणलाई विश्वका अन्य देशहरूमा भएका राम्रा अभ्यासबाट पाठ सिकी हिमाली क्षेत्रको पर्यटन विकासमा सघाउ पुर्‍याउने समिटको उद्देश्य रहेको छ ।

समिटलाई चार वटा मुख्य शीर्षकमा विभाजन गरी बहस गरिने बताइएको छ । दुई सय भन्दा बढी विदेशी सहभागी हुने समिटमा नेपालले हिमालय क्षेत्रको वातावरणबारे विश्वमा विकास भएका राम्रा अभ्यासबाट पाठ सिक्ने, सोही अनुरूप नीतिमा परिवर्तन ल्याउन सहयोग पुग्ने र नेपालको ७० वर्षको पर्वतीय पर्यटनको अनुभव विश्वलाई सुनाउने अवसर प्राप्त हुने पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा उल्लेख भएअनुसार सन् २०१२ मा अमेरिकाको कोलोराडोमा पहिलो समिट भएको थियो । दोस्रो समिट पनि अमेरिकामै भएको थियो भने तेस्रो न्यूजिल्याण्ड र चौथो समिट फ्रान्समा भएको थियो । विगतका समिटहरूमा नेपालबाट दावा स्टेफेन शेर्पा, डा. निमा शेर्पा र लिसा चोग्यालको सहभागिता जनाएको बताइएको छ ।
अघिल्लो सम्मेलनमा नेपालको हिमालय क्षेत्रमा देखिएका समस्याबारे कार्यपत्र प्रस्तुत गरेका दावाले हिमाली क्षेत्रको वातावरणको संरक्षण कसरी गर्ने, हिमालहरूको सरसफाइ कसरी गर्ने, हिमाली क्षेत्रको स्थानीय समुदायको जनजीवनलाई कसरी दिगो विकास गर्ने, हिमाली क्षेत्रको नीतिहरू के कस्ता हुने र विकाससँग कसरी हिमाली क्षेत्रलाई जोड्ने सकिन्छ भन्ने विविध विषयमा सम्मेलनमा बहस हुने बताए ।
पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले नेपालमा समिटको आयोजना सान्दर्भिक रहेको बताए । वातावरणीय परिवर्तनले नेपालको हिमाली क्षेत्रमा नराम्रो प्रभाव परेको कुरा यथार्थ भएको उल्लेख गर्दै आफ्नो क्षेत्रबाट हुनसक्ने नीतिगत सुधारको निम्ति पहल गरिने उनको बताए ।

यस्तै नेपाल भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज वैद्यले समिटले भ्रमण वर्षलाई सहयोग पुर्‍याउने बताए । ‘भ्रमण वर्षले लिएको जुन लक्ष्य हो त्यसलाई यस्ता किसिमका कार्यक्रमले सहयोग गर्छ’ उनले भने ।
आङछिरिङ शेर्पा, दावा स्टेफेन शेर्पा, डा. गणेश गुरुङ, लिसा चोग्याल र प्रशान्त झा आयोजक समितिका सदस्य रहेको यो समिटको आयोजना पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० ले संयुक्त रूपमा गरेको बताइएको छ । सहआयोजकको रूपमा इसिमोड, यूएनडीपी, विश्व वन्यजन्तु कार्यक्रम, पेजल फाउण्डेशनलगायतका संस्थाहरू रहेको छ । स्थानीय रूपमा क्लाइमेट एलाइन्स अफ हिमालयन कम्युनिटीले संयोजन गरिरहेको छ ।हाईलाईटटुरिजम 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल