- Loading...
कालीगण्डकीमा र्याफ्टिङ्ग भन्दै क्याकिङ संञ्चालन
- पुनहिल डट कम
- ५ साल अघि
- १६७ पटक पढिएको

कालीगण्डकी नदीको गलेश्वर–बेनी ३ किलोमिटर क्षेत्रमा साहसिक जलयात्रा र्याफ्टीङ संञ्चालन संभावना अध्ययन गर्न खोजिएकोमा ‘क्याकिङ्ग’ मात्र गरिएको छ ।
म्याग्दी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको पहलमा ब्यवसायी कम्पनी रेजिङ रिभर रनर प्रालिका ब्यवसायीक चालकलाई बोलाईएकोमा कम्पनीले र्याफ्ििटङ भन्दै कायकिङगरी फर्केको हो ।
अघि म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी महोत्सवमा गलेश्वर–बेनी ब्यवसायीक नौकाविहार (र्याफ्टिङ्ग)को सफल प्रयोग गरेको हो । जलयात्रा बेनीबाट शुरु हुने भएपनी यात्राको दिन लम्बाउन कालीगण्डकीको बेनी–गलेश्वर खण्डमा छोटो तर रमाईलो र्याफ्ििटङ संञ्चालन गर्न संघले प्रयास थालेको हो ।
‘कालीगण्डकीको बेनी–गलेश्वर खण्डमा छोटो जलयात्राको ब्यवसायीक ब्यवसायीक संभावन अध्ययन गर्न प्राविधिक टोली बोलाएका हौं’ होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष बाबुराम (ताराप्रसाद) आचार्यले भने तर कम्पनीले क्यायकिङ पठाएछ । नदीमा ब्यवसायीक र्याफ्टिङको टेक्निकल पाटो अध्ययन भैरहेको छ । छिट्टै टुङ्गोमा पुग्छौं ।’
सामान्यतः सलल बग्ने नदीमा १२–१५ जना एउटै हावा भरिएको रवरको विशेष बोटमा बसेर सवैले वा २ जनाले प्याडल चलाउँदै जलयात्रा गरिने माध्यमलाई र्याफ्टिङ भनिन्छ । तर लामो अघि र पछि चुच्चो परेको वलियो र कडा प्लास्टिकबाट बनेको क्यायकिङ सामान्यत ः एक जना यात्रु बसेर बुर्कुसी मार्ने र छाँगा परेको नदीमा गरिने साहसिक जलयात्रा हो । क्याकिङ र र्याफिटीङ उही नदीमा गरिने जलयात्रा भएपनी नदीको बहाव फरक फरक हुन्छ ।
सन् १९९१ देखी बेनीबाट कालीगण्की नदीमा ब्यवसायीक जलयात्राको शूरु भएको हो । बेनीदेखी स्याङ्जाको मिर्मीसम्म ६० किलोमिटर कालीगण्डकी नदीमा र्याफ्टिङ्ग तथा क्याकिङ्ग गर्ने गरिन्छ । यो सिजन नदीमा र्याफ्टिङ्ग तथा क्याकिङ्गकालागी उपयुक्त सिजन हो । साहसिक जलयात्रा गर्ने बढी विदेशी पर्यटक हुन्छन ।
पर्यटकहरुले गलेश्वरबाट शुरु गरेका छन् । र्याफ्टीङ ब्यवसायीका अनुसार जलपर्यटककालागी भिरालो पहाडबाट बुर्कुसी मार्दै झरेको कालीगण्डकी उपयोगी र रमाईलो नदी हो । कालीगण्डकी र म्याग्दी नदीमा जलपर्यटक बढेपनी नदी किनाराका बस्तीबाट सोझै मिसाईएका ढल तथा फोहोरले नदी प्रदुसित बन्दै गएको जलयात्रीले गरेका छन् ।
कालीगण्डकी जलयात्राकालागी पहिलोदिन बेनीदेखी मोदीखोलासम्म, दोस्रो दिन पुर्तिघाट र तेस्रो दिन मिर्मीसम्म जलयात्रा गर्ने गरिन्छ । यसरी कालीगण्डकीमा जलयात्रा गर्दा पहिलो दिन नदीको छाल तरङ्गको आधारमा पहिलो, दोस्रो, तेस्रो र चौथो छलाङ्गको छुट्टाछुट्टै नामले चिन्ने गरिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
