- Loading...
परिक्षण उत्पादन गर्न अनुमति पर्खदै घलेम्दी
- पुनहिल डट कम
- ५ साल अघि
- ३३२ पटक पढिएको

म्याग्दी, २९ साउन ।
अन्नपूर्ण गाउँपालिका, ३ नारच्याङमा निर्माणाधिन ५ मेगावाट क्षमताको घलेम्दी जलविधुत आयोजनाले परिक्षण उतपादनकालागी विधुत प्राधिकरणबाट स्वीकृत पर्खेर बसेको छ ।
आयोजनाले ड्याम, इन्टेक, सर्च ट्याङ्क, ग्राभेल ट्राप, डिसेन्टर, अडित प्लक, वेट तथा ड्राई टेष्ट, भोल्टेज तथा पावर टेष्टको पुनःपरिक्षण समेतका आन्तरिक परिक्षण सफल भएको जनाएको छ ।
‘आयोजनाको आन्तरिक परिक्षण सफल भएका छौं । अव परिक्षण उत्पादन गर्न विधुत प्राधिकरणको स्वीकृती प्रतिक्षामा छौं’ घलेम्दीका संञ्चालक प्रमोद श्रेष्ठले भने, ‘प्राधिकरणका प्राविधिकको प्रत्यक्ष निगरानीमा एक महिना परिक्षण उत्पादनपछि हामी ब्यवसायीक उत्पादन सुरु हुन्छ ।’
०७२ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको आयोजना ०७६ असारदेखी विद्युत उत्पादनको तयारीमा छ । पिपिए लाईसेन्स परिवर्तन, फाइनान्सियल क्लोजर परिवर्तन, भुकम्प र नाकावन्दी आदी कारणले निर्माणमा केही ढिलाई हुँदा आयोजना महंगो हुन पुगेको घलेम्दी जलविधुत आयोजनाले जनाएको छ । आयोजनाको लागत १६ करोडबाट बढेर २३ करोड भन्दाबढी प्रति मेगावाट पुगेको छ ।
बराह शिखरबाट झर्ने हिमखोला भएकोले घलेम्दी जलविधुत रन अप द रिभर प्रकारको हो । आयोजनाले बर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैया ४० पैसाका दरले विधुत विक्रि गर्ने सम्झौता छ । १ हजार ३ सय जना संस्थापकको ३५ करोड ५० लाख र लम्बिनी तथा टुरिजम विकास वैंकको ५५ करोड लगानी रहेको छ । बाँकी आईपिओबाट जुटाईएको हो ।
घलेम्दीबाट उत्पादित विधुत तत्कालकालागी भने २ मेगावाट क्षमताको तातोपानी सानो जलविधुत आयोजनामा सिङक्रोनाईज्ड गरिने भएको छ । अहिले मुस्ताङ्गको लेते स्थित १३ मेगावाट क्षमताको थापाखोलाबाट उत्पादित विधुत पनि यही ३ मेगावाट क्षमताको तातोपानी जलविुधतको सव स्टेसनमा जोडिएको छ । विधुत प्राधिकरणले म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दाना र पर्वतको कुश्मामा निर्माणाधिन २२०/१३२/३३/११ केभिए कालीगण्डकी करिडोर प्रशारण लाईनको सवस्टेशनमा जोडिने छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
