Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

ज्याला नपाउँदा बेनी–जोमसोम सडकका मजदुर आन्दोलित

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४७० पटक पढिएको
ज्याला नपाउँदा बेनी–जोमसोम सडकका मजदुर आन्दोलित

म्याग्दी, १६ साउन ।

बेनी–जोमसोम सडक स्तर उन्नत गर्न पहिलो च्यानेजमा संलग्न मजदुरले ज्याला नपाएपछि आन्दोलनमा उत्रेका छन ।

राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक अर्न्तगत पहिलो प्याकेज गलेश्वर–तातोपानी २० किलोमिटर खण्डमा कार्यरत २ सय मजदुरले ज्याला ज्याला पाएका छैनन । ज्याला नपाएपछि मजदुरले रघुगंगा गाउँपालिका, १ तिप्ल्याङ्ग स्थित साईड अफिसमा तालावन्दी गरेका छन ।

‘हामी करिव २ सय मजदुरलाई ठेकदारले ज्याला दिएको छैन । ज्यला माग्दा ठेकदारले भोली–भोली भन्ने, कहिले खाली चेक दिने, काठमाण्डौ आउ उतै दिन्छु भन्दै पछिल्ला केही समयदेखी सम्पर्क विहिन भएपछि हामी न्याय माग्न सिडओकोमा आएका हौं’ मजदुर नाईके राजु परियारले भने, ‘हामी साईडको काम प्रभावित नहोस भनेर काम गर्दै आन्दोलनमा छौं । साईड अफिसको कार्यालयमा मात्र तालवन्द गरेपनि निर्माण काम भने रोकेका छैनौं ।’

निर्माण क्षेत्रमा नेपालकै चर्चित ठेकदार कम्पनी शर्मा–युनाईटेडले भीरपहरा र खोलामा जोखिमपूर्ण क्षेत्रमा काममा लगाएका मजदुरको ७० लाखबढी रकम भुक्तानी नगरेको हो । ज्याला नपाउने अधिकांश मजदुर रुकुम, रोल्पा, सल्यान, जाजरकोट, बझाङ्गका छन ।

‘निर्माण क्षेत्रका ठूला ठेकदारहरुले दुर्गम र टाढाबाट मजदुर ल्याए सस्तो मुल्यमा काममा लगाउने, काम गरेको पारिश्रमिक लामो समय नदिएर मजदुरलाई भोकभोकै तड्पाउने, झुलाउने, गलाउने र अन्त्यमा थकाएर भोकोपेट फर्कन बाध्य पर्ने गरेका छन’ जिफन्ट म्याग्दीकी अध्यक्ष बलदेवी बरुवाल राईले भनिन, ‘यो चरम श्रम शोषण मात्र होईन मानवता विरोधी अपराध पनि हो । मजदुरमाथी भएको श्रम शोषणबारे नागरिक प्रशासन, राजनैतिक दलको मौनता खेदजनक छ ।’

ट्रेड युनियन महाँसघ (जिफन्ट)को नेतृत्वमा मजदुरले तालावन्दी गर्ने र कानुनी लडाई सुरु गरेको बताए । ब्यवस्था मिलाई दिन निर्देशन गरेको छ ।

‘सम्बन्धित ठेकदार र मुख्य सरोकारवाला निकाय सडक आयोजनालई फोन गरी र लिखित रुपमा तुरुन्त ज्याला भुक्तानीकालागी दवाव दिएका छौं’ सहायक प्रमुख अधिकारी महेश सुवेदीले भने, ‘एउटै ठेकदारलाई एउटै साईडमा उस्तै काम लगाएर ज्याला नदिएर ठगी गरेको उजुरीमा एक सातामा तीन वटा पत्र लेखेका छौं ।’

ठेकदार कम्पनीले मजदुरको ज्याला भुक्तानी बाँकी रहेको स्वीकार गरेको छ । काम गरेको वीलको भेरिएसन चलिरहेकोले सडक विभागबाट भुक्तानी रोकिएकोले मजदुरलाई समयमै ज्याला दिन नसकिएको ठेकदार कम्पनीले दावी गरेको छ ।

‘मजदुरको अलिअलि ज्याला भुक्तानी बाँकी छ । काम गरेको वीलको सडक विभागबाट भुक्तानी नआएकोले मजदुरको ज्याला भुक्तानी केही दिन ढिला भएको हो । कामको वील भुक्तानी लिन म सडक विभाग आएको छु । समस्या सुल्झाउन शुक्रवारसम्म म कार्यस्थल आउँछु’ ठेकदार कम्पनी शर्मा–युनाईटेडका प्रतिनिधी बलराम अर्यालले भने, ‘सडक विभागबाट आउने ३ करोड बढी भुक्तानी लिँदै गर्नेगरी हाललाई अन्य श्रोतबाट पैसाको जोहोगरी एक हप्ता भित्र मजदुरको ज्याला भुक्तानी दिन्छौ ।ं’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल