Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

रहुघाट र विधुत प्राधिकरणवीच विधुत खरिद सम्झौता

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४६५ पटक पढिएको
रहुघाट र विधुत प्राधिकरणवीच विधुत खरिद सम्झौता

राहुघाट जलविधुत आयोजना र विधुत प्राधिकरण विच सोमबार विधुत खरिद सम्झौता (पिपिए) भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र रघुगंगा हाईड्रोपावर लिमिटेडका प्रवन्ध संञ्चालक श्रीरामराज पाण्डेले सम्झौतामा हस्ताक्षर गरेका हुन । राहुघाट जलविधुत आयोजनाबाट उत्पादित विजुली वर्षायाममा ४.८० र हिउँदमा ८.४० रुपैयाँ प्रति युनिटमा खरिद विक्रि गर्ने गरी सम्झौता भएको रघुगंगगा हाईड्रो लिमिटेडले जनाएको छ ।

‘रघुघाट जलविधुत आयोजनाले एक स्टेप अगाडी बढेको छ । सोमबार प्राधिकरणसँगसोमबार विधुत खरिद सम्झौता (पिपिए) सम्पन्न भएकोले आयोजना निर्माण हुने सुनिश्चितता प्राप्त गरेको छ’ रघुगंगा हाईड्रो लिमिटेडका सहायक निर्देशक गोपाल पाठकले भने, ‘कार्यस्थलमा सवै भौतिक सामाग्री तयारी अवस्थामा रहेकोले अव आयोजनाले गति लिने छ ।’

अर्धजलाशययुक्त आयोजनाबाट सुख्खा मौषममा ४ करोड ९९ लाख ७८ हजार र वर्खा सिजनमा २४ करोड ५ लाख ९३ हजार युनिट प्रतिघन्टा कन्ट्राक इनर्जी रहेको छ । ब्याज बाहेक ८ अर्व ६० करोड लागत अनुमान गरिएको राहुघाट जलविधुत आयोजनाबाट उत्पादित विधुत आयोजनाको स्वीच आर्डबाट दाना–कुस्मा २२० केभिए प्रशारणलाईनमा ‘लुप इन, लुप आउट’ सिस्टममा जोड्ने प्रस्ताव छ ।

नेपाल विधुत प्राधिकरणले राघुघाट जलविधुत आयोजनाको डिजाईन, मोडेल र छुट्टै कम्पनी रघुगंगा हाईड्रो पावर लिमिटेड बनाई काम थालेको । राहुघाट हाईड्रोको क्षमता बृद्धी गरी ३२ बाट ४० मेगावाट बनाईएको छ । नयाँ मोडेल अनुसार रघुगंगा हाईड्रोमा ७० प्रतिशत विधुत प्राधिकरण र ३० प्रतिशत सर्वसाधारणको सेयर रहने कम्पनीले जनाएको छ ।

रघुगंगा हाईड्रो पावर लिमिटेडले भारतिय ठेकदार कम्पनी जयप्रसाद (जेपी) एशोसिएटस्सँग ६ अर्व रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । ०७५ जेठबाट नोटिस टु प्रोसिडर पाएको ठेकदारले ४५ महिना भित्र आयोजना सम्पन्न गर्ने सम्झौता छ । जग्गा अधिकरण गर्ने, वन सम्बन्धी काम, आवास निर्माण, १० किमी पहुँच मार्गको ट्रयाक खोल्ने, सिभिल एण्ड हाईड्रोमेकानिकल तर्फको लट १ सम्झौता भै कार्यस्थलमा परिचालन भएको, ४ वटै अडिकको पोर्टल तयार भएको, निर्माण उपकरण कार्यस्थल पुगेको, विष्फोटक पदार्थ राख्न वंकर निर्माणसमेत कुल १२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

आयोजनाले इलेक्ट्रो मेकालिनक ‘लट २’ को प्राविधिक परिक्षण (वोलपत्र) मुल्याङ्कन भैरहेको छ । लट २ मा तीन वटा कम्पनीको वोलपत्र परेकोले ऋणदाता भारतिय एक्जीम वैंकमा स्वीकृतिको लागी पठाईएको जनाएको छ ।

नेपाल विधुत प्राधिकरणले रहुघाट जलविधुत आयोजनाले २०६५ देखी सिभिल इन्जिनियरिङ्गको काम सुरु गरेको हो । ऋणको सर्त अनुसार नै प्राधिकरणले २०६७ कात्तिकमा दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरी भारतिय कम्पनी आइभिआरसिएल इन्फास्टक्चर प्रोजेक्टस् इण्डिया लिमिटेडसँग  ठेक्का सम्झौता गरेको थियो । प्राधिकरणले ०६८ साउनमा कन्सल्टेन्टको रुपमा भारतिय कम्पनी वापकोषलाई नियुक्त गरेको थियो । तर समयमा काम गर्न नसकेपछि प्राधिकरणले २०७० मा ठेकदार कम्पनी आईभिआरसिएलसंगको सम्झौता टर्मिनेट (भङ्ग) गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल