Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

बृद्ध भत्तामा जालझेल

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४७८ पटक पढिएको
Post Thumbnail

वैंकले भुक्तानी नगर्दा बेनी नगरपालिकाका जेष्ठ नागरिक, एकल महिला, दलित र विधवाले समयमै सामाजिक सुरक्षा भत्ता र उपचार खर्च समयमा पाउन सकेका छैनन ।

‘छोरा/नातीको पिढ्युउँमा बोकिएर वैंक गयो पैसा छैन भन्छ । वडामा सोध्यो, खातामा जम्मा भा छ भन्छन । हामी बुढाबुढीले सास्ती पाईम’ बेनी नगरपालिका, ६ छापाका बृद्ध चक्रबहादुर कार्कीले भने, ‘सरकारले दिएको भत्ता पनि सवैले आँखा लाउँछन । समयमा र सजिलोसँगै कहिल्यै पाएनौं । चर्को घाम र चिसो हिउँदमा पनि दिनभर लाईन लगाएर बस्नु पर्ने हुन्छ ।’

बेनी नगरपालिकाले दोस्रो चौमासिकको रकम समयमै निकासा पठाएपनि भुक्तानी जिम्मा पाएको कृषी विकास वैंकले सामाजिक सुरक्षा भक्ता रकमलाई ‘होल्डिङ’ गरी राखेको आरोप छ । नगरपालिकाको लेखा शाखाको अनुसार एक चौमासिकमा सामाजिक सुरक्षा भत्ता वापत कृषी वैंकमा एक करोड ५० लाखबढी रकम निकासा दिने गरिएको छ । 

‘हामीले माघ तेस्रो हप्ताको अन्तीमा रकम वैंकमा निकासा दिएका छौं । निजी क्षेत्रका दुवै वैंकले समयमै सेवाग्राहीको खातामा जम्मा गरेपनि सरकारी स्वामित्वको कृषी विकास वैंकले फागुन ६ गतेसम्म भुक्तानी गरेको छैन’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘सामाजिक सुरक्षा भत्ता सेवाग्राहीले समयमा नपाएको गुनासो आएको छ । सामाजिक सुरक्षा भत्ता होल्ड गर्नु न्यायोचित होईन ।’

बेनी नगरपालिका १० मध्य ८ वडाको जेष्ठ नागरिक (अन्य), जेष्ठ नागरिक (दलित) एकल महिला र विधवालाई उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता वितरण कृषी विकास वैंकले जिम्मा लिएको छ । वडा २ ज्यामरुककोटका सेवाग्राहीले कैलाश विकास वैंक, वडा १० पात्लेखेतले ग्रिन डेभलपमेन्ट वैंकबाट भत्ता बुझ्ने गरेका छन । अपाङ्गता र अति असक्त भक्ता वैंक अफ काठमाण्डौले वितरण गरेको छ ।

सामाजिक सुरक्षा शाखाका अनुसार बेनी नगरपालिकामा जेष्ठ नागरिक (अन्य) एक हजार, पाँच सय ७४ जना, जेष्ठनागरिक (दलित) चार सय ४४ जना, एकल महिला दुई सय ६५ जना र पाँच सय ८९ जना विधवाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन ।

नगरभित्रका प्रायः सवै जेष्ठ नागरिक, एकल महिला, दलित र विधवाले पाउने सामाजिक सुरक्षा भत्ता एउटै वैंकमा केन्द्रीयहुँदा लाभग्राहीले समयमा भुक्तानी नपाएको गुनासो बढेपछि बेनी नगरपालिकाले सम्बन्धीत वडा कार्यालयको पाएक पर्ने स्थानको वैंकको नाम संकलन सुरु गरेको छ । नगरपालिकाको बेनी बजारमा पर्ने ७ र ८ वडाका लाभग्राहीले भने खाता रहेको वैंकमा नै भुक्तानी ब्यवस्था मिलाउने नगरपालिकाले जनाएको छ ।

‘एउटै वैंकमा सवै सुरक्षा भत्ता जम्मा गर्दा बृद्धबृद्धाले समयमा भुक्तानी नपाएको गुनासो सम्बोधन गर्न बढीमा दुइ वडालाई एक वैंक पर्ने गरी वडा कार्यालयको शिफारिसमा पायक पर्ने स्थानको वैंक छनौटमा लागेका छौं’ बेनी नगरपालिका, ६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले भने, ‘तेस्रो चौमासिकको रकम अव कृषी विकास वैंकबाट झिकेर अन्य पाएक पर्ने वैंकमा घरदैलोमा पुगेर भुक्तानी दिनेगरी सामाजिक सुरक्षा भत्ता वितरण गर्दैछौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल