- Loading...
भारतीय दुतावासको अनुदानमा निर्मित भवन म्याग्दी क्याम्पसलाई हस्तान्त्रण
- पुनहिल डट कम
- १ महिना अघि
- २०७ पटक पढिएको

नेपाल स्थित भारतीय राजदुतावासकाे आर्थिक अनुदानमा १२ बर्ष अघि निर्मित ३ वटा भवन साेमबार एक समाराेह विच म्याग्दी क्याम्पसलाइ हस्तान्त्रणा भएको छ ।
भारतीय दुतावसको आर्थिक अनुदानमा म्याग्दी बहुमुखी क्याम्पसमा निर्मित ८/८ वटा कोठा भएका तीन वटा भवनहरु सोमबार दुतावासका कन्सुलर अविनासकुमार सिंह र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थाफाले सोमबार एक कार्यक्रम विच संयुत्त हस्तान्त्रण गरे ।
भवन बनाउन तत्कालिन समयमा दुतावासले लागत इष्टिमेट अनुसारको २ करोड ७९ लाख अनुदान दिएको हो । भारतीय दुतावासको अनुदानमा ठेक्का मार्फत भवन निर्माण भएपनि नियमानुसार लाग्ने १३ प्रतिशत भ्याट रकम वापत हुने ३९ लाख रुपैयाँ भने साविकको जिल्ला विकास समितिले ब्यहोरेको थियो । सदरमुकाम बेनीमा सामुदायीक प्रयासमा ३३ बर्षदेखी संञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा अाव ०६७ बाट निर्माणा सुरू गरी ०६९ सालमा यी भवन निर्माणा पुरा भएका थिए ।
क्याम्पसका तत्कालिन क्याम्पस प्रमुख तथा भवन निर्माण संयोजक प्रध्यापक रामजी सुवेदीका दुतावसको आर्थिक अनुदानमा निर्मित दुई वटा भवनमा स्नातक तथा स्नाकोत्तर तहका मानविकी, शिक्षा र ब्यवस्थापन संकायका कक्षा संञ्चालन गरिएको छ । छुट्टै ८ कोठे अर्को भवनमा छात्राबास (गर्ल्स होस्टेल) संञ्चालन गरिएको छ । भवनहरूकाे ठेक्का लाग्दा २५ वटा कम्प्युटरसहितकाे एक कम्प्युटर ल्याव समेत बनाउने सर्त भएपनी ठेकेदारले २५ थान कम्प्युटर टेवुल दिएर ल्याव नबनाइ छाेडेकाे तत्कालिन क्याम्पस प्रमुख सुवेदीले बताए ।
सामुदायीक प्रयासमा ०४८ सालमा मानविकी तथा सामाजिकशास्त्र अर्न्तगत प्रविणता प्रमाणपत्र तहबाट पढाई सुरु गरेको म्याग्दी क्याम्पसमा हाल ब्यवस्थापन तर्फ स्नाकोत्तर तहका एमविएस (मास्टर अफ विजनेस स्टडिज) र शिक्षाशास्त्र तर्फ एम.एड र स्नातक तहमा विज्ञान र सूचना तथा प्रविधी शिक्षा (विआईसिटिइ) विषयमा पढाई हुने गरेको छ । क्याम्पसले छुट्टै कक्षा ११ र १२ तह पनि संञ्चालन गरेको छ ।
क्याम्पस प्रमुख श्रीधर सुवेदीका अनुसार जिल्लामै गुणस्तरीय उच्च शिक्षा प्राप्त भएपनि क्याम्पसमा बर्षेनी विद्यार्थी संख्या भने कम हुँदै गएको छ । जिल्लाको अग्रेणी र एक मात्र उच्च शिक्षा दिने शैक्षिक संस्था म्याग्दी क्याम्पसमा हाल स्नातक तथा स्नाकोत्तरतहमा गरी ८ सय ९७ जना विद्यार्थी अध्ययनरत छन । अधययनरत विद्यार्थी मध्य ७० प्रतिशत भने छात्रा हुन । क्याम्पसबाट शैक्षिक नतिजा प्राप्तीमा ३६.६ प्रतिशत उत्तिर्ण दर रहेको क्याम्पसले दावी गरेको छ ।
क्याम्पसका अनुसार स्नातक तर्फ २८ दशमलव १३ प्रतिशत, सेमिष्टर विआइसिटी तर्फ ३८ दशमलव ४६ प्रतिशत, सेमिष्टर एमविएस तर्फ ४३ दशमलव ५५ प्रतिशत र समग्रमा २९ दशमलव ६५ प्रतिशत उत्तिर्ण प्रतिशत रहेको छ । क्याम्पसले अध्ययनरत स्नातक तथा स्नाकोत्तर तहमा पनि विद्याथीर्को कक्षा छोड्ने (ड्रप आउट) गरी विदेश पलायन हुने समस्या झेल्दै आएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
