Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

सेवा सुरु नहुँदा अन्नपूर्ण पालिका अस्पताल भवन प्रयोगहीन

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • २६७ पटक पढिएको
सेवा सुरु नहुँदा अन्नपूर्ण पालिका अस्पताल भवन प्रयोगहीन

ग्रामिण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन करोडौं खर्चेर निर्माण गरिएको यहाँको एक पालिका स्तरिय अस्पताल भवन प्रयोगहीन भै अलपत्र परेको छ ।
पालिका स्तरिय अस्पतालमा आवश्यक पर्ने डाक्टर समेत जनशक्ति, मेडिकल उपकरण समेतका पूर्वाधार सुनिश्चित नगरी बजेट सक्न निर्माण गरिएको अन्नपूर्ण गाउँपालिका, १ दोवा स्थित अस्पताल भवन उपयोगहीन भै अलपत्र परेको हो ।
‘गाउँलेलाई स्वास्थ्य सुविधा पुग्छ भनेर स्थानीयले दिएको १३ रोपनी जग्गामा अस्पताल भवन ठडिएको भएपनि अस्पतालको सेवा सुरु नहुँदा प्रयोगमा आउन सकेको छैन । गाउँलेले भवनले उपचार गर्दैन, डाक्टर नआउने भए भनी गिज्याउन थालेका छन’ अन्नपूर्ण गाउँपालिका, १ दोवाका दोस्रो कार्याकाल निर्वाचित वडाध्यक्ष दिलिप पुनले भने, ‘पालिकाको सवैलाई पाएक पर्ने स्थानमा जग्गा नपाईए पछि बजेट फिर्ता पठाउनु भन्दा अपाएक भएपनि दोवामै अस्पताल भवन बनाईयो । अहिले न श्वास्थ्यकर्मी, न औषधी भवन तीन वर्षदेखी भवन अलपत्र परेको छ ।’
अस्पताल संञ्चालन गर्न आवश्यक डाक्टरसहित जनशक्ति, औषधी तथा उपकरणहरु समेत आधारभुत सांगठनिक तथा भौतिक संरचना तयार नगरिएको र अस्पतालको आवश्यकता पुष्टी नगरी बजेट सक्न मात्र अस्पताल भवन बनाईएको प्रयोग हुन नसकेको हो ।
गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार तीन वर्ष अघि नै अस्पताल भवन पुरा भै पालिकालाई हस्तान्त्रण भैसकेपनि संघिय तथा प्रदेश सरकारले अस्पतल संञ्चालनमा आवश्यक जनशक्ति, औषधी र उपकरणहरु वा सो आवश्यक बजेट ब्यवस्था नगरिदिएकोले समस्या भएको हो ।
‘५ शैयाको पालिका अस्पताल संञ्चालन गर्ने वातावरण बनाई दिन सघीय तथा प्रदेश सरकारका मन्त्रालयमा तीन पटक चाहर्‍यौ । देशभर यस्तै समस्या छ भन्ने जवाफ दिए, अस्पताल चलाउने बजेट दिएनन’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले भने, ‘बजेट अभावले अस्पताल संञ्चालन नहुँदा बनेको संरचनामा राज्यको स्रोत खेर गएको छ ।’
५ करोड १२ लाख ६० हजार ६ सय ५२ रुपैयाँ लागतमा निर्मित ५ शैयाको अन्नपूर्ण पालिका अस्पताल भवनमा बहिरङ्ग, आकस्मिक, प्रयोगशाला, औषधी भण्डार, प्रशासनिक, उपचार कक्ष तथा श्वास्थ्यकर्मी निवास सहित ३२ कोठा रहेका छन । अस्पताल भवन ०७९ फागुनमा निर्माण सम्पन्न भएको थियो ।
त्यस्तै, पालिका स्तरिय अस्पताल संञ्चालन गर्न खोजेको धवलागिरी गाउँपालिकामा अहिले धमाधम अस्पताल भवन निर्माण भैरहेको छ । ८ करोडबढी लगानीमा निर्माणाधिन धवलागिरी पालिका अस्पताल अहिले अन्तिम चरणमा छ । धवलागिरी गापाको अस्पताल बढी जनघनत्व र पाएक पर्ने ताकम गाउँमा रहेकोले अन्नपूर्ण गापामा जस्तो अलपत्र नपर्ने पालिकाले जनाएको छ ।
‘हाम्रो अस्पताल भवन फिनिसिङ भैरहेको छ । अघिल्ला वर्ष बजेट रोकियो यो वर्ष भने आवश्यक सवै २ करोड ६५ लाख बजेट निकासा भैसकेकोले यसै वर्ष भवन बुझ्छौं’ धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले भने, ‘आगामी आव देखी नै मेडिकल अधिकृत, नर्स समेत जनशक्ति पूर्ति नभएपनि स्थानीय ताकम हेल्थपोष्टका ६ जना कर्मचारीबाट सेवा सुरु गर्छौ । हामीसँग आधारभुत तहको ल्याव, एक्सरे समेतका उपकरणहरु उपलब्ध छन । अस्पतालकै स्वरुप बनेन भनेपनि भएको स्वास्थ्य सेवामा थप सुधारसहित सेवा विस्तार गर्ने तयारीमा छौं ।’
त्यसैविच रघुगंगा गाउँपालिकाको पालिका अस्पताल बनाउन अझै जग्गा ब्यवस्थापन गर्न सकेको छैन । रघुगंगा गापामा अस्पताल बनाउने वस्ती अधिकांश सेवाग्राहीकालागी अपाएकमा परेको भन्दै विरोध समेत जारी छ ।
‘रघुगंगा गापाको पालिका अस्पताल १ नं वडाको बेगमा निर्माण गर्न जग्गा प्राप्ती प्रकृयामै छ । अस्पताल बनाउन निःशुल्क जग्गादाता विदेशमा रहेकोले जग्गा पालिकाको नाममा लिन रोकिएको छ’ रघुगंगा गापा अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘यस अघि पालिकाको नाममा आएको ७.५ रोपनी जग्गाको विचमा मोटरबाटो परेकोले थप जग्गा लिनु पर्ने भएको हो ।’
त्यसैगरी मंगला गाउँपालिकामा पालिका अस्पताल भवन निर्माण अलपत्र छ । मंगला गाउँपालिका, ५ हाडेभीरमा निर्माणाधिन भवन अधकल्चो छोडेर ठेकेदार सम्पर्क विहिन भएपछि मंगला पालिका अस्पताल भवन अलपत्र परेको हो ।
‘हाम्रो अस्पताल भवन निर्माण अधकल्चो अवस्थामा अलपत्र परेको छ । निर्माण ब्यवसायी खराव पर्दा समयमा काम हुन सकेको छैन, यही चैत मसान्तसम्म म्याद भएपनि सो समयावधीमा काम सम्पन्न हुने अवस्था छैन’ मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भने, ‘भवन बनेको खण्डमा पालिकाले नै मेडिकल अधिकृत राखेरै पनि अस्पताल चलाउँछौं । अन्य धेरै उपकरणहरु हामीसँग उपलब्ध पनि छन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल