FLASH NEWS
  • Loading...

म्याग्दीमा अर्को फुच्चे गुराँस भेटियो, शरद ऋतुमा ढकमक्क सुनपाते गुराँस

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • ३९७ पटक पढिएको
म्याग्दीमा अर्को फुच्चे गुराँस भेटियो, शरद ऋतुमा ढकमक्क सुनपाते गुराँस

म्याग्दीमा फेरी अर्को फुच्चे गुराँस भेटिएको छ । प्रशिद्ध पर्यटकीय स्थल घोरेपानीदेखी महरेडाँडा क्षेत्रको जंगलमा शरद ऋतुमा सुनपाते (रेडोडेन्ड्रोन लिपिडोटम) गुराँस ढकमक्क फुलेको भेटिएको हो ।
शरद शरद ऋतुमा ढकमक्क फुलेको सुनपाते गुराँसको पर्यटनकर्मी एवं अभियन्ता चित्र तिलिजाले फोटो खिचेर सार्वजनिक गरेका हुन ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ वडामा पर्ने खोप्रा, घोरेपानी, पुनहिल, महरे, जलजलासम्मको जुराँसे जंगलदेखी माथीको वुकी क्षेत्रमा भदौ–कात्तिकसम्म सुनपाते गुराँस फुल्छ । सुनपाते गुराँस म्याग्दीमा फेला परेको नयाँ जातको ‘फुच्चे गुराँस’ हो ।
वैज्ञानिक नाम रेडोडेन्ड्रोन लिपिडोटम भनिने सुनपाते गुराँस फुल्दा गुलावी वा सेतो रंगमा मोती जस्तो हुन्छ । नेपाल, भारत, भुटान देखी तिब्बतका उच्च पहाडी क्षेत्रमा फैलिएको सुनपाते गुराँसलाई पनि भाले सुनपाते र पोथी सुनपाते भनिन्छन ।
‘मैले महरे–घोरेपानी–खोप्रा रुटमा सवै सिजनमा धेरै पटक यात्रा गरें तर यसपटक सुनपाते गुराँसको फोटो खिच्ने अवसर पाएँ । यसअघि यो फुलबारे कुनै चासो नै राखिएन । यो पटक जिल्लामा फुच्चे गुराँसको चर्चा धेरै भएकोले पदयात्रामा यो फुलले ध्यान तानेको हो’ सुनपाते गुराँसको फोटो सार्वजनिक गर्दै पर्यटनकर्मी चित्र तिलिजाले भने, ‘वनस्पती सम्बन्धी ज्ञान नहुँदा हामै वनपाखामा पाईने महत्वपूर्ण सुनपाते गुराँस ओझेलमा परेको रहेछ ।’
समुद्र सतहदेखी ३०००–४५०० सय मिटरको उचाईमा पाईने सुनपाते गुराँस चिसो र आद्र जलवायुमा राम्रो फस्टाउँछन । १ मिटरसम्म अग्लो हुने सुनपाते गुराँसको मानवीय गतिविधी र जलवायु परिवर्तनको कारण संकटमा पर्न थालेका छन ।
सुनपाते गुराँस बगैंचा सजावटमा आर्कषक मानिन्छ । यो फुल सुगन्ध र औषधिय गुणकालागी पनि परिचित छ । केही स्थानमा यो सुनपाते गुराँसको स्थानीय समुदायले रैथाने ज्ञानको आधारमा रस निकालेर रगत शुद्धिकरण गर्न, सुनपाते गुराँसको पातको चिया बनाई पिउँदा खोकी र श्वासप्रश्वास समस्या हट्ने, मानसीक तनाव कम गराउन प्रयोग गर्ने गरेको पाईन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल