Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

धौलागिरीमा वेपत्ता ५ जनाकै शव भेटियो

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • ३११ पटक पढिएको
धौलागिरीमा वेपत्ता ५ जनाकै शव भेटियो

धौलागिरी प्रथम (८१६७मी.) हिमाल आरोहण क्रममा दुर्ई दिनदेखी वेपत्ता बनेका पाँचै जना रसियन आरोहीहरुको मंगलवार दिउँसो शव फेला परेको छ ।
असोज २० गते राती ११ बजे धौलागिरी हिमाल आरोहणक्रममा रसियन आरोही एलेक्सज्याण्डर डस्सिको, ओलेक क्लोब्भ, सिस्टीकोभ भाल्दमिर, नोसेन्को मिखाइल र एसएचपिलेभोर्सको शव हिमाली उद्धारकर्ताले फेला पारेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
‘धौलागिरी हिमाल आरोहणक्रममा वेपत्ता ५ जना नै रसियन आरोहीको शव फेला परेको र आजै हेलिकोप्टरबाट उद्धार गर्ने खवर आएको छ’ जिल्ला प्रहरी प्रमुख भरत श्रेष्ठले भने, ‘यतिवेला हिमालको मौषम र हेलिउद्धार संभव भए/नभएको पछिल्लो अपडेट म पनि छैन ।’
प्रहरी अनुसार धौलागिरी प्रथम (८ हजार १ सय ६८ मि.) हिमाल आरोहणक्रममा असोज २० गते राती ११ बजे ८ हजार मिटर उचाईमा पुग्दासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्क टुटेको थियो ।
रसियन आरोहीहरु आईएम ट्रेकिङ एण्ड एक्सपिडिसन काठमाण्डौ मार्फत धौलागिरी आरोहणमा गएका थिए । कम्पनीको फेसवुक पेजमा पेम्बा ज्याङ्वु शेर्पाले धौलागिरीमा ज्यान गुमाएका आरोही एलेक्सज्याण्डर डस्सिकोले खिचेको भिडियो सेप्टेम्बर २८ मा पोष्ट गरेका छन ।
जहाँ भारी हिमपात भएको र क्याम्पमा असर पुर्‍याएको देखिन्छ । अर्थात यो सिजनमा धौलागिरीमा खराव मौषमले विथोलेको अनुमान गरिएको छ ।
यो वर्ष धौलागिरी आरोहण गर्न १४ जना पुरुष आरोहीहरुले अनुमति लिएका छन । पर्यटन विभागले पछिल्लो पटक १६ सेप्टेम्बर (३१ भदौ ०८१)मा जारी गरेको अटोमन सिजनमा पर्वताारोहण अनुमतिबाट प्राप्त आरोहण रोयल्टी सम्बन्धी विवरण अनुसार धौलागिरी प्रथम हिमाल आरोहण गर्न १४ जनाले आरोहण अनुमति लिएका हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल