FLASH NEWS
  • Loading...

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना तर्खर, पास लिएर सवै नेपाली वोर्डर वारपार गर्न पाइने

  • पुनहिल डट कम
  • ९ महिना अघि
  • ४३३ पटक पढिएको
कोरला नाकामा अध्यागमन कार्यालय स्थापना तर्खर, पास लिएर सवै नेपाली वोर्डर वारपार गर्न पाइने

हिमालपारीका जिल्ला मुस्ताङमा पर्ने मुस्ताङको लोमन्थाङ गाउँपालिका, १ नेचुङ स्थित नेपाल–चीन विचको २४ नम्बरको सीमास्तम्भ रहेको कोरला नाकामा दशैं अघिदेखी अध्यागमन कार्यालय खोल्ने तयारी अन्तिम चरणमा छ । अध्यागमन कार्यालय स्थापना गर्न अहिले कोरला नाकामा नेपाल विधुत प्राधिकरणको केन्द्रीय विधुत र नेपाल टेलिकमको इन्टरनेटसहित मोवाईल लाईन पुगेको छ । मिती तय नभएपनि दशैं अघि कोरला नाकामा अध्यागमन कार्यालय संञ्चालन गर्ने गरी काम भैरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
कोरोला नाकामा चिनियाँ भन्सारको आमने–सामने निर्मित प्रिफ्याव प्रविधीको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना भएको छ । भवनमा केन्द्रीय विधुतीकरण गरिएको हो । भवन गण्डकी प्रदेश सरकारले निर्माण गरेको हो । त्यसैगरी यही हप्ताभित्र नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सहित मोवाईल फोन संञ्चालनमा ल्याईदै छ ।
‘कोरला नाकामा अध्यागमन कार्यालय खोल्न तयारी अन्तिम चरणमा छ । अध्यागमन कार्यालय भवनमा विधुतिकरण भैसक्यो, इन्टरनेट सहित संञ्चार सुविधाकालागी भवनमा इन्टरनेट वायरिङको काम भैरहेको छ, उपकरणहरु सेट अप गर्ने काम चलिरहेको छ’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भने, ‘कोरलामा अध्यागमन कार्यालय खोल्ने तयारी करिव पुरा भएको छ । गृहमन्त्री ज्यूको समय टुङ्गो भएपछि अध्यागमन कार्यालय उद्घाटन मिती तय गर्छौ ।’
नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट वोर्डले कोरोला नाकामा दशगजा छोडेर १ हजार रोपनी र १२ किलोमिटर तल नेचुङमा गरी दुई स्थानमा भौगोलिक अवस्था पहिचान, बन्दरगाह निर्माणको विस्तृत खाका र लागत अनुमान (डिपिआर) बनाएको थियो । सोही डिपिआर कार्यान्वयन गर्ने क्रममा पहिलो चरणमा विधुत र संञ्चार सुविधा पुर्‍याईएको हो ।
चीनियाँ पक्षले भने दशगजा छोडेर आधुनिक सूचानाप्रविधी जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाईन, एनिमल क्वारेन्टाईन, कर्मचारी आवस गृह, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेरन पाकिङ्ग र सुरक्षा प्रन्ध गाएतका पूर्वाधार खडा गरिसकेको छ । समुद्र सतहदेखी ४ हजार ६ सय ५० मिटर उचाईमा अवस्थित सिल वोर्डर कोरोला नाका ०८० कात्तिक २७ गते चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र नेपालको मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नाकाको औपचारिक उद्घाटन गरेका थिए ।
नेपाल–चीन वीच ०७५ सालमा हस्ताक्षर भएको पारवाहन तथा यातायात सम्झौताको प्रोक्टोकल अनुसार सुख्खा बन्दरगाहसम्म आवत–जावत गर्ने खुल्ला भए पनि कोरोला नाकामा अहिले स्न १९८१ को नेपाल–चीनबीच ब्यापार सम्झौता अनुसार सीमाबाट मुस्ताङवासीले मात्र जिल्ला प्रशासन कार्यालय मुस्ताङको पास लिएर सीमा वारपार गर्न छुट दिईएको छ । नेपाली अध्यागमन स्थापना भएपछि सवै नेपालीले पास लिएर कोरला सीमाबाट ताेकिएकाे बजारसम्म वारपार गर्न पाउने छन ।
‘जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङगीले मात्र ब्यापारकालागी कोरला सीमा नाका वारपार गर्न पाउँछन । नेपाली अध्यागमन कार्यालय संञ्चालनमा आएपछि सवै नेपालीलाई पास लिएर सीमा वारपार गर्न पाउने छन’ प्रजिअ पन्तले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल