Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

बेनी–दरवाङ सडकको घुमाउने पहिरो २५ बर्षदेखी निरन्तर, कसरी गर्ने रोकथाम ? कि विकल्प खोज्ने ?

  • पुनहिल डट कम
  • ११ महिना अघि
  • ४१३ पटक पढिएको
बेनी–दरवाङ सडकको घुमाउने पहिरो २५ बर्षदेखी निरन्तर, कसरी गर्ने रोकथाम ? कि विकल्प खोज्ने ?

म्याग्दीको पश्चिम भेगका मंगला, मालिका र धवलागिरी गाउँपालिका समेत बाग्लुङको पश्चिम वुर्तिवाङ तथा ढोरपाटनहुँदै रुकुम जोड्ने सडक हो, बेनी–दरवाङ–मुना सडक ।
बेनी–दरवाङ–मुना सडकको सदरमुकाम बेनीदेखी १० किमी पश्चिम तातोपानी–बाबियाचौर सडक खण्डको घुमाउने भीरमा झरेको पहिरोले ८ दिनदेखी यातायात अवरुद्ध छ । घुमाउने भीरमा विगत २५ बर्षदेखी एकै स्थानमा पहिरो निरन्तर छ । पहिरो सडक खनेसँगै सुरु भएको हो । तर पहिरो रोकथाम गर्ने वा विकल्प खोज्ने प्रयास भने अहिलेसम्म कसैले गरेको छैन ।
‘म्याग्दीको पश्चिम भेग जोड्ने मुख्य सडक बेनी–दरवाङ सडकको घुमाउनेमा ७–८ दिनदेखी पहिरोले यातायात अवरुद्ध छ । वर्षाको कारण पहिरो निरन्तर रहेकोले अझै केही समय सडक खोल्न सक्ने संभावना पनि छैन’ पूर्वाधार काार्यालय म्याग्दीका सुचना अधिकारी समेत रहेका इन्जिनियर अर्जुन शर्माले भने, ‘यो पहिरो रोकथाम वा विकल्पको बारेमा फेसवुक र भाषणमा चर्चा हुने बाहेक कुनै निकायमा लेखापढी भएको छैन ।’
शर्माले थपे, ‘यो सडक हेर्ने जिल्लाको निकाय हामी नै हौं । विगतदेखी अहिलेसम्म यो पहिरो रोकथाम गर्ने कुनै अध्ययन भएको पनि भेटिदैन । म्याग्दी खोलामा एउटा १८–२० मिटर लामो ट्रष्टव्रिज हुने हो भने बैकल्पिक बाटो तयार हुन्छ । त्यैपनि जिल्लाका सरोकारवालाले चासो राखेका छैनन ।’


तत्कालिन जिल्ला विकास समितिले ०५६ साल मंसिरदेखी जिविसको २० लाख र पश्चिम भेगका २० गाविसको १–१ लाख बजेट जुटाएर बेनी–दरवाङ २४ किलोमिटर सडक खन्न सुरु गरेको हो । सुरु वर्ष फापरखेतसम्म १० किमी सडक निर्माण भएको थियो । बेनी–दरवाङ सडक खन्न सुरु गर्दा सदरमुकाम बेनीमा मोटर आई पुगेको थिएन ।
म्याग्दीकै जिल्ला विकास समितिको बजेटले पर्वत जिल्लाको मालढुङ्गादेखी सीमावर्ती मल्लाजवेनीसम्म ट्रयाक खोलेपछि सोही सडक खन्न ल्याएको डोजर कालीगण्डकी तारेर म्याग्दी ल्याई बेनी–दरवाङ सडक खन्न सुरु गरिएको थियो । फापरखेतबाट भने तत्कालिन स्थानीय विकास मन्त्रालय अर्न्तगतको कृषी तथा स्थानीय स्तरका सडक आयोजना अर्न्तगत मालढुङ्गा–बेनी–दरवाङ सडक आयोजना, त्यसपछि डिर्लिप समेतका आयोजना जोडिन आएका हुन ।
‘बेनी–दरवाङ सडक २५ बर्ष अघि ०५५ सालमा सर्वेगरी ०५६ देखी मेरै नेतृत्वमा खन्न सुरु भएको हो । र फापरखेतको घुमाउने पहिरो पनि त्यही बर्षबाट चल्न थालेको हो । सुरु सुरुमा थोरै मात्रामा खस्ने भएकोले डोजर/स्काभेटरले पन्छ्याएर सडक सुचारु गरिन्थ्यो, अहिले पहिरो फैलिएकोले समस्या भएको छ’ तत्कालिन जिल्ला विकास समिति म्याग्दीका सभापति रहेका नवराज शर्माले भने, ‘यो पहिरो ब्यवस्थापन गर्ने धेरै प्रयत्न गरियो, सकिएन । अव भने वैकल्पिक बाटो नै प्रयोग गर्नु पर्ने अवस्था आएको छ । प्रयासहरु थालिएका छन ।’
जिल्लाको पश्चिम भेगको लाईफलाइन भनी चर्चा गरिएको घुमाउने पहिरो बेनी नगरपालिका, ४ तातोपानीको फापरखेत र मंगला गाउँपालिका, २ सिमलचौर सिमामा पर्छ । करिव १ सय ५० मिटर दुरीमा फैलिएको यो सुख्खा पहिरो हो । माथी गेगर नै गेगर भएको भीर छ भने तल म्याग्दीनदी । पहिरोग्रस्त भिरालो पाखो गेग्रानयुक्त भएकोले सामान्य वर्षाहुँदा पनि गेग्रान बगाएर तल सडकमा थुपार्ने गरेको छ ।
अहिले बेनीबाट फापरखेतहुँदै म्याग्दी नदीमाथीको पक्की पुल तरेर पारी मंगला गाउँपालिका, ४ को पखेरबस्तीसम्म पुगिन्छ । पखेरमा यात्रु ओर्लेर करिव ५ सय मिटर पैदल दुरी हिंडेर म्याग्दीखोलाको अर्को झोलुङ्गे तरेर सिमलचौर पुगेर अर्को गाडी चढ्नु पर्ने बाध्यता छ । पखेर र सिमलचौर विचमा म्याग्दी नदीमााथी अर्को मोटर पुल निर्माण गर्ने हो भने करिव ५ सय मिटर थप दुरीमा घुमाउने भीरको बैकल्पिक सडक तयार हुन्छ ।
‘घुमाउनेको पहिरोमा अहिलेसम्म करोडौं रकम बग्यो । कुनै उपलब्ध भएन । अव यो पहिरोको विकल्प खोज्ने समय आएको छ । हामीले पहल र प्रयत्न सुरु गरेका छौं । बैकल्पिक सडककालागी जग्गा समेत ब्यवस्थापन गरेका छौं । दुभाग्य यस्तै छ, आवश्यकताले नभै पहुँचवालाको दयामायाँले बजेट पर्ने हुँदा हामीले सास्ती र गाली खाएका छौं’ मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भने, ‘लेखापढी अगाडी बढाउने कार्यालयहरु पनि उस्तै छन, जति भनेपनि नसुन्ने, नटेर्ने । हिउँदमा सुत्ने, बर्खा लागे चिच्याउने भएको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल