FLASH NEWS
  • Loading...

अाज साथी जनावर कुकुर पुज्ने दिन

  • पुनहिल डट कम
  • १ साल अघि
  • ६६९ पटक पढिएको
अाज साथी जनावर कुकुर पुज्ने दिन

६० बर्षिय खड्गबहादुर पुर्जाको झ्यारुङ्गोमा पाठा बोकेर भेडाको बथान धपाउँदै उँधौली/अभौली गर्दा खेपेका दुखसास्ती अनि कुकुरको अटुट साथ सम्झे । छेउको भोटे कुकुर सुम्सुम्याउँदै पुर्जाले सम्झे, ‘मेरा जीवनका सवै भन्दा भरपर्दा र प्रीय साथी भनेकै यी कुकुर हुन । बर्षमा श्रीमति र छोराछोरीसँग मुस्किलले एक साता वित्दा बाँकी दिनका सहयात्री यीनै कुकुर हुन । भेडाका असली गोठाला ।’

खड्गबहादुर पुर्जाको मात्र होईन लेकका गोठ देखी तराईका खरिहानसम्म घर, खेतीवाली र पशुको सुरक्षामा कुकुर प्रयोग हुँदै आएको छ । लेकका खर्कहरुमा पशु चौपायालाई चितुवा समेतका हिंस्रक जनावरबाट जोखाउन, पहाडका वस्तीमा बाँदरबाट खेतीवाली र स्यालबाट कुखुरासमेतका पंक्षि जोगाउन र गाउँ–शहरमा घरमा चोरीबाट जोगाउन कुकुर पाल्ने प्रचलन छ ।

कुकुरले मान्छेलाई लगाएको अतुलनीय गुनको भारा (अमुल्य सम्मान गर्न) तिर्न हिन्दु सनातन धर्ममा यमपञ्चकको दास्रो दिन तिहारमा रातो अक्षेताको टिका, सयपत्री फुलको माला लगाई सकेसम्मको मिठो खानेकुरा खुवाएर कुकुरको पुजा गरिन्छ ।

‘कुकुरले दिएको दोस्रो जीवन बाँचेको मान्छे, वन र गोठमा बस्ने मेरोलागी कुकुर सँधैको देउता’ दुर्गम गुर्जाका पृथमान छन्त्यालले विगत कोट्याए, ‘एक पटक भेडा चराउन गएको बेला भालु र चितुवा लाग्ने भीरबाट लडें । खुट्टा भाँचिएर उठेर सकिन । तीन वटा कुकुर थिए, एउटा गोठ कुर्ने दुई वटा भेडा चराउने । चराउन आएको एउटा कुकुरले भेडा खर्कमा लगेछ, अर्कोले मलाई रातभरी भुक्दै कुरेर बस्यो । म गोठ नफर्केपछि अरु गोठालाले कुकुर भुकेको आवाज खोज्दै आएर भोलीपल्ट मलाई उद्धार गरे । कुकुर नभएको भए सायद म चितुवाको आहारा भैसक्थें ।’

एक गास कलो, दुई मुठी खोले र खाएर फालेका हाडखोरको भरमा कुकुरले मानिसको इमान्दारी पूर्वक सेवा गर्दै आएको छ । त्यसैले सवैभन्दा इमान्दार र वफादार प्राणी कुकुरले जनावरमा सवैभन्दा धेरै मानिसको मायाँ पाएको छ । अहिले पनि खाना खाईसकेपछि अन्तिम गाँस (कलो) आगनको डिलमा ल्याई कुकुरलाई खुवाउने चलन छ । भित्र ढिँडो खाएर बाहिर भातमा घ्यु हालेको कलो कुकुरलाई खुवाउने चलनले कुकुर प्रतिको शान र मानको रुपमा लिईन्छ ।

कुकुरको असाधारण सुँध्न सक्ने क्षमताको कारण मान्छेले घुमन्ते युगदेखी हिंस्रक जनावरको आक्रमणबाट वच्न र सिकार गरी आहारा जोहो गर्न कुकुरको प्रयोग गर्न थालेको हो । आज उप्रान्त लेकाली भेडा, गाईभैसी र चौरी गोठमा असली गोठाला यीनै कुकुर उपस्थित छन । कुकुरको घर/गोठको रक्षकमा बाहेक मान्छेले सिकार गरी आफ्नो आहारा जुटाउन पनि युगौंदेखी कुकुरको सहयोग लिँदै आएको छ ।

अनुभवी गोठालाहरुका अनुसार कुकुरले दाईने तर्फ पुच्छर हल्यायो भने उ खुी भएको, देव्रेपट्टी हल्लायो भने डराएको, विस्तारै हल्लायो भने लजाएको र जोडसँग पुच्छर हल्लायो भने कुकुर रिसाएको छ भन्ने बुझ्नु पर्छ । कुकुरले पनि मान्छेले जस्तै आँखामा हेरेर हाउभाउ पहिचान गर्छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल