Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

कोरोना तेस्रो भेरियन्ट फैलँदै, आईसोलेसन भताभुङ्ग ?

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३५५ पटक पढिएको
कोरोना तेस्रो भेरियन्ट फैलँदै, आईसोलेसन भताभुङ्ग ?

कोरोना भाईरसको तेस्रो लहरको रुपमा ओमीक्रोनको संक्रमण तिव्र फैलदै गएपनि जिल्लामा ब्यवहारीक तयारी भने गरिएको छैन ।
कोरोनाको पहिलो र दोस्रो संक्रमणकालमा स्थापना गरिएको अक्सिजन जडित भेन्टीलेटर र आईसियु सहितको आईसोलेसनका संरचना भताभुङ्ग भएको छ । संक्रमणको प्रभाव कमजोर भै लकडाउन हटेसँगै कोरोना परिक्षण तथा उपचार मोडेल परिवर्तन गरिएको थियो ।
बेनी अस्पतालमा संञ्चालनमा ल्याईएको जनरल वार्ड राखिएको छ । आईसोलेसन भवनबाट मात्र होईन, पुरै संञ्चालन उपकरण, स्वास्थ्यकर्मी सहित सिस्टम नै भताभुङ्ग भएको हो । अस्पतालले जनशक्ति अभाव देखाउँदै ज्वोरो समेत पिसिआर विधीबाट कोरोना परिक्षणकालागी स्वाव संकलन गरिएका शंकास्पद संक्रमितलाई समेत अन्य विरामीसँगै राखेर उपचार गरीरहेको छ ।
‘कोरोना संक्रमणको तेस्रो भेरियन्टको जोखिम सामना गर्न जिल्लामा तयारी थालेका छौं । निस्कृय बनेका श्वास्थ्यकर्मीसहितको टिम, आईसोलेसन, आइसियुहरु तयारी राख्न जुटेका छौं’ जिल्ला कोभिड संकट ब्यवस्थापन समितिका सदस्य सचिव रहेका श्वास्थ्य कार्यालय प्रमुख एक नारायण लम्सालले भने, ‘बेनी अस्पतालमा २० बेड र सवै ५ वटा पालिकामा रहेका कोभिड अस्पतालमा ५–५ बेडका आईसेलोसन तयारी राखिएको छ ।’
डिसिसिएमसीले आईसोलेसन र आइसियु तयारी अवस्थामा राखेको भनेपनि जनशक्ति नहुँदा अक्सिजन, भेन्टिलेटर अलपत्र अवस्थामा छन । अन्नपूर्ण गाउँपालिकाको कोभिड अस्पतालमा डाक्टर समेत छैनन । श्वास्थ्य कार्यालय प्रमुख लम्सालका अनुसार साधारण संक्रमितलाई घरमै होम आईसोलेसनमा बस्न लगाउने, जटिल भएका विरामी मात्र कोभिड अस्पताल ल्याउने तथा सदरमुकाम बेनी समेत बजार क्षेत्रमा घरमै आईसोलेसन/क्वारेन्टाईन बस्न नसक्ने (डेरामा बस्ने) संक्रमितलाई बेनीमा एक क्वारेन्टाईन बनाउने पनि निर्णय गरेको छ ।
गण्डकी प्रदेश सरकारले पठाएका ४ वटा भेन्टीलेटर मात्र बेनी अस्पतालमा रहेका छन । बेनी अस्पतालमा मात्र होईन, स्थानीय तहमा संञ्चालित कोरोना अस्पतालमा पनि आईसियु र भेन्टीलेटर छैनन । बेनी अस्पतालमा भेन्टीलेटर भएपनि यी प्रयोगमा छैनन ।
बेनी अस्पतालले ५ बेड क्षमताको आईसियु र भेन्टीलेटर उपलब्ध भएपनि जनशक्ति अभावहुँदा आईसियु संञ्चालन गर्न नसकिने जनाएको छ । आईसियु संञ्चालन गर्ने र विरामीलाई भेन्टिलेटर चलाएपछि २४ सै घन्टा चल्नु पऱ्यो । त्यसकालागी कम्तीमा ३ जना मेडिकल डाक्टर र १२ जना स्टाफ नर्स आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

अधिकांशलाई अक्सिजनको आवश्यकता नपर्ने

अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएका छन्। सङ्क्रमणको दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने भएको चिकित्सकले बताएका हुन्।

अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढी पनि जटिल खालका बिरामी नआएको चिकित्सकले बताएका छन्। अधिकांश बिरामी घाँटीमा अप्ठेरो बनाउने, नाकबाट पानी बग्ने, शरीर दुख्ने, शरीर तातो हुने, रुघा लाग्नेजस्ता समस्या देखिएका छन्।

यस्तै अहिले ओमिक्रोन भेरियन्टले मानिसको माथिल्लो स्वासप्रस्वास नलिमा सङ्क्रमण गराई स्वासप्रस्वास गर्नमा समस्या गराउने गर्दछ। यसअघिका डेल्टा भेरियन्टले तल्लो स्वासप्रस्वास नलि वा फोक्सामा सङ्क्रमण गराउने गर्दथ्यो।

त्यसैविच स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका १८ बर्ष माथिका ५८ हजारबढी नागरिकले कोभिड विरुद्धको पूर्ण खोप पाएका छन । थप १० हजार बढीले पहिलो मात्र खोप लगाएका छन । त्यस्तै १२–१७ बर्ष उमेर समुहका ११ हजार २ सय ७८ जना बालबालिकाले कोरोना विरुद्धको पहिलो मात्र खोप लगाएका छन । बालबालिकाको लक्षित संख्याको ९० प्रतिशत खोप समेटिएको हो ।
‘यो इष्टिमेटेड जनसंख्या हो । ब्यवहारमा हेर्ने हो भने वयस्कहरुमा ७० प्रतिशत बढीले खोप पाएको र बालबालिकामा करिव सवैले पहिलो खोप पाएको स्वास्थ्यकर्मीको रिपोर्ट छ’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले दावी गरे ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल