Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

बेनीमा पनि बढ्न थाल्यो वायु प्रदूषण

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २२३ पटक पढिएको
बेनीमा पनि बढ्न थाल्यो वायु प्रदूषण

भारतको दिल्लीमा बढेको वायु प्रदूषणको असर नेपालतर्फ पनि देखिन थालेको छ। भारतसँग सीमा जोडिएका तराईका भू-भागमा वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स) राष्ट्रिय मापदण्डभन्दा माथि देखिएको छ।

विगत २४ घण्टाको अवधिमा पोखरा, विराटनगर, महेन्द्रनगरको भीमदत्त र धनगढीमा प्रदूषणको मात्रा बढेको पाइएको छ। सोमबार अपरान्ह्रसम्ममा विराटनगरमा एक्यूआई १९४, पोखरामा १८०, भीमदत्तमा १७४ र धनगढीमा १५४ पुगेको वातावरण विभागको तथ्यांक छ।

त्यसैविच म्याग्दी सदरमुकाम बेनीकाे वायु गुणस्तर सूचकांक (एक्यूआई) १ सय १६ पुगेकाे छ । याे अङ्कले बेनीकाे वायु खराव भएकाे देखाएकाे छ । हरेक घण्टाको तथ्यांकमा एक्यूआई एक सयभन्दा माथि छ। जनस्वास्थ्यका दृष्टिले एक्यूआई ५० सम्मलाई उत्तम र ५० देखि एक सयलाई सामान्य मान्ने गरिन्छ। एक सयदेखि दुई सयलाई मध्यम र दुई सयभन्दा माथिलाई निकै जोखिम मानिन्छ।

नेपालको सन्दर्भमा दम लगायत अन्य स्वास्थ्य समस्या भएका बिरामीका लागि ५० भन्दा माथिको एक्यूआई जोखिम मानिएको छ। केही दिनयता तराईका भू-भागमा प्रदूषण बढ्न थालेको वातावरण विभागका अधिकारी बताउँछन्।

प्रदूषण बढ्ने मौसम शुरु भएको बताउँदै विभागका उप-महानिर्देशक इन्दुविक्रम जोशीले भने, “अहिले देखिएको समस्या भारतीय भू-भागबाटै आएको हो या हाम्रै आन्तरिक कारणले बढेको भनेर पहिचान भएको छैन। तर, तराईका धेरै ठाउँमा धेरथोर प्रदूषण भने बढेको पाइएको छ।”

विभाग मातहत मुलुकका विभिन्न भेगमा २७ वटा स्वचालित प्रदूषण मापन स्टेसन छन्। सोमबार अपरान्ह्रसम्ममा पाकिस्तानको लाहोर, भारतको दिल्ली, चीनको छेन्दु र बंगलादेशको ढाकामा एक्यूआई सबैभन्दा धेरै छ। यी भेगमा एक्यूआई प्रतिघण्टा क्रमशः २८८, २१४, २०१ र १९४ छ। भारतको दिल्ली र अन्य क्षेत्रमा तिहारका बेला अत्यधिक मात्रामा पटका पड्काउँदा, खेतबारीमा पराल, गहुँको छ्वाली लगायतका वस्तु जलाउँदा प्रदूषण बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

विज्ञहरुका अनुसार वायु प्रदूषणले स्ट्रोक, मुटु रोग, फोक्सोको क्यान्सरजस्ता समस्या बढाउँछ। वायु गुणस्तर परीक्षणका लागि वन तथा वातावरण मन्त्रालयले २०६९ मा राष्ट्रिय मापदण्ड तयार गरेको थियो। वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ फागुन दोस्रो साताको मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

भूमध्य र अरब सागरको वायुले नेपालसहित दक्षिण एशियाको हिउँदे मौसम प्रभावित हुन्छ। उद्योग, कलकारखाना, सडक र पूर्वाधार निर्माण, सवारीबाट निस्कने धुलो, धुँवाले वायु प्रदूषण बढाउने गरेको पाइएको छ। इँटाभट्टा, घरभित्रको धुँवा, सार्वजनिक स्थलमा जलाइने घरायसी एवं कृषिजन्य फोहोर, वन डढेलोले पनि पनि प्रदूषण बढाउने गरेको विभागका अधिकारी बताउँछन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल