Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

विश्वामित्र सहकारीको अध्यक्षमा पुन: याम बानियाँ निर्वाचित

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३१० पटक पढिएको
विश्वामित्र सहकारीको अध्यक्षमा पुन: याम बानियाँ निर्वाचित

सदरमुकाम स्थित विश्वामित्र वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन: याम बानियाँ चयन भएको छन ।
शनिवार सम्पन्न संस्थाको दशैं साधारण सभाले बानियाँलाई अध्यक्ष चयन गरेको हो । सभाबाट उपाध्यक्षमा भोजबहादुर रिजाल, सचिवमा भिमबहादुर खत्री, कोषाध्यक्षमा गिता बोगटी, सहसचिवमा सुन्दर केसी चयन भएका छन ।
त्यसैगरी सदस्यहरुमा क्रमश : खेमबहादुर केसी, लक्ष्मण केसी, अर्जुन पौडेल, हिराबहादुर कुँवर, प्रेमबहादुर थापा, कृष्णबहादुर बोगटी, मुक्ति खड्का र प्रेमबहादुर जिसीलाई चयन गरेको छ । त्यसैगरी लेखा समितिमा कमला थापा बानियाँ, कल्पना खत्री र रामबहादुर खत्री तथा ऋण उपसमितिमा कृष्णबहादुर बानिया, चन्द्रबहादुर बानियाँ, जयबहादुर अधिकारी चयन भएका छन । शिक्षा समतिमा देवी सुवेदी जिसी, लालबहादुर कार्की र खरिद उपसमितिमा इश्वर पौडेल संयोजक चयन भएका छन ।


कुल ५ सय ४० जना शेयर सदस्य रहेको संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा २ करोड ८२ लाख ७७ हजार ४ सय ९ रुपैयाँ आम्दानी गरेकोमा २ करोड १७ लाख पाँच हजार पाँच सय ५० रुपैयाँ खर्च गरी ६१ लाख १ हजार ८ सय ५८ रुपैयाँ बचत गरेको कोषाध्यक्ष गीता बोगटीले साधारण सभामा पेश गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । संस्थाले आव ०७७/०७८ मा २० करोड ८४ लाख ६९ हजार कर्जा लगानी गरेको जनाएको छ ।
जिल्ला सहकारी संघका जिल्ला अध्यक्ष प्रेमबहादुर कार्की (दिपक)को प्रमुख आथित्थ्यतामा सम्पन्न साधारण सभामा संस्थाका उपाध्यक्ष भोजबहादुर रिजालको संञ्चालन, यामबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन सत्रमा साधारण सदस्यहरुको तर्फबाट देवी जिसी, सल्लाहकारहरु एकेन्द्र रावल, विरबहादुर थापा, मीनबहादुर कार्की, पूर्व अध्यक्ष कृष्णसिं बानियाँले शुभकामना मन्तब्य राखेका थिए ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल